काठमाडौं- छैटौं साफ च्याम्पियनसिप २०२२ अन्तर्गत समूह बीको अन्तिम खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेको छ।
आज ५:३० बजे सुरु हुने खेलमा डेंगी पोजिटिभ देखिएकी फरवार्ड सावित्रा भण्डारीलाई विश्राम दिइएको छ। उनको स्थानमा रश्मीकुमारी घिसिङ मैदानमा उत्रिने छिन्। यसैगरी अमिशा कार्कीलाई पनि विश्राम दिएर रेखा पौडेलले उतारिँदैछ।
टोलीको गोलरक्षकमा कप्तान एन्जिला तुम्बापो सुब्बा रहेकी छिन्। डिफेन्समा हिरा भुजेल, गीता राना, पुनम जर्घा मगर र अमृता जैशी निरन्तरता दिइएको छ।
मिडफिल्डमा अनिता बस्नेत, सरु लिम्बु, दीपा शाही र अनिता केसीले खेल्नेछन्। रेखा र रश्मी फरवार्डका रुपमा अघि बढ्नेछन्।
सोमबारको खेलमा नेपाल जित्नैपर्ने दबाबमा छैन। बराबरी वा दुई गोल अन्तरको हारले पनि नेपालले सेमिफाइनलमा स्थान बनाउनेछ।
नेपालले समूहको पहिलो खेलमा भुटानलाई ४-० ले हराएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई ५-० ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।