• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

बिशाल सिमेन्टका पूर्वसञ्चालक श्रेष्ठको मुद्दा : जिल्लाको आदेश उच्चले उल्ट्यायो, अर्ब बढी बिगो मागिएका श्रेष्ठ १५ लाखमै रिहा

64x64
नेपाल लाइभ आइतबार, भदौ २६, २०७९  १६:४८
1140x725

काठमाडौं- शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठलाई धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ।

गत बिहीबार उच्च अदालतका न्यायाधीशद्वय राजेन्द्र खरेल र किरणकुमार पोखरेलको इजलासले श्रेष्ठलाई १५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। यसअघि साउन २४ गते श्रेष्ठलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

क्रिप्टो करेन्सीको कारोबार गरेको अभियोग लागेका श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो। 

उक्त आदेशपछि श्रेष्ठ पुनरावेदनका लागि उच्च अदालत पुगेका थिए। अन्तत: उच्चले उनलाई धरौटीमा रिहा हुने आदेश दिएको हो।  

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबार गरेको पाइएपछि पक्राउ परेका श्रेष्ठ विरुद्ध ४८ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको भन्दै श्रेष्ठ विरुद्ध बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको थियो।

४८ करोडको तीन गुणा करिब डेढ अर्ब हुन्छ। डेढ अर्ब बिगो मागदाबी भएका श्रेष्ठ १५ लाखमै छुटेका छन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो। 

Ncell 2
Ncell 2

श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत (गैरकानुनी) रुपमा भर्चुअल मुद्राको कारोबार पाइएको थियो। 

नेपालमा गैरकानुनी मानिएको क्रिफ्टो करेन्सीमार्फत अवैध रुपमा आर्जन गरेको र नेपालबाट हुण्डीमार्फत विदेशमा रकम पठाएर सञ्चित गरेको उनी विरुद्ध दायर भएको थियो। श्रेष्ठले क्यानडा, अस्ट्रेलिया लगायतका देशहरुका बैंकमा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको थियो।

उनको साथबाट बरामद भएका २ थान मोबाइल तथा २ थान ल्यापटप अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गर्दा ठूलो रकमको कारोबार भएको देखिएको थियो। 

श्रेष्ठको कमन वेल्थ बैंक अफ अस्ट्रेलियामा १ लाख ९४ हजार २ सय ८५.५६ डलर तथा रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४ सय २१.३८ डलर कारोबार भएको पाइएको थियो। 

यस्तै, रोयल बैंक अफ क्यानडाबाट सेयर कारोबार समेत गरेको देखिएको, एभरेस्ट बैंक लिमिटेडको खाताबाट २ करोड ६ लाख ६ हजार ६ सय ९२ र एनआईसी बैंकको खाताबाट ६५ लाख २४ हजार ९ सय १०९ गरी नेपालमा विभिन्न कम्पनीमा सेयर लगानी रहेको पाइएको प्रहरीले जनाएको छ।

क्रिप्टो करेन्सीको कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले हुण्डीमार्फत विदेशमा रकम पठाएको समेत भेटिएको थियो।

प्रहरीले २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान सकेपछि श्रेष्ठ विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसुरमा मुद्दा चलाउनुपर्ने राय सहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो। 

सरकारी वकिललाई बुझाइएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को (घ) अनुसारको कसुर गरेको बताइएको थियो। 

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को (घ) मा इजाजत विना विदेशी विनिमय सम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाइएको छ। 

सोही ऐनको दफा १०४ को उपदफा (१) को (ग) मा इजाजत विना विदेशी विनिमय सम्बन्धी कारोबार गर्नेलाई बिगो भए बिगो जफत गरी बिगो बराबरको जरिवाना र १ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ। 

तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा ९१० र ९२० बमोजिमको कसुर गरेको ठहर गर्दै ४८ करोडभन्दा बढी जरिवाना र ७ वर्षसम्म कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको थियो।

यो पनि पढ्नुहोस्

अमित श्रेष्ठको शंकास्पद कारोबारको अनुसन्धानमा प्रहरीको ‘गलत नियत’: ‘बलियो’ प्रमाण हुँदा हुँदै कमजोर मुद्दा चलाउन सिफारिस

विशाल सिमेन्टका पूर्व सञ्चालक अमित श्रेष्ठ जेल चलान

 

प्रकाशित मिति: आइतबार, भदौ २६, २०७९  १६:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन...
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
जब शुक्रकिटदाताको शरीरमा भेटियो क्यान्सर गराउने जीन... सोमबार, मंसिर २९, २०८२
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा सक्कल फाइल अख्तियारबाट मगाउने आदेश सोमबार, मंसिर २९, २०८२
एमाले महाधिवेशन : उम्मेदवारी दर्ता समय सकियो सोमबार, मंसिर २९, २०८२
सरकारले बनायो उच्चस्तरीय राजनीतिक संवाद समिति सोमबार, मंसिर २९, २०८२
एसीसी यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार, बंगलादेशसँग सात विकेटले पराजित सोमबार, मंसिर २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
एमाले नेतृत्वका लागि पोखरेल समूहबाट अहिलेसम्म टुंगो लागेका उम्मेदवारहरु सोमबार, मंसिर २९, २०८२
यस्तो छ ओली पक्षबाट प्रस्तावित पदाधिकारी उम्मेदवार सोमबार, मंसिर २९, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्