काठमाडौं– नेपाली कांग्रेसको विधान संशोधन अवधारणा पत्रमा पार्टीलाई समयसापेक्ष, प्रविधिमैत्री, समावेशी र लोकतान्त्रिक बनाउने विभिन्न प्रस्ताव अघि सारिएको छ।
रमेश लेखकले प्रस्तुत गरेको अवधारणा पत्रमा सदस्यता वितरण तथा नवीकरणलाई डिजिटल प्रणालीमा लैजाने, १८ देखि ३५ वर्ष उमेर समूहका युवाको कम्तीमा २० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्ने र महिला, दलित, जनजाति, मधेसीलगायत समुदायको सहभागिता बढाउने प्रस्ताव गरिएको छ।
त्यस्तै, उम्मेदवार छनोटमा योग्यता, क्षमता, योगदान र विज्ञतालाई आधार बनाउने, एउटै व्यक्ति पटक–पटक अवसर पाउने प्रवृत्तिलाई निरुत्साहित गर्ने तथा पार्टीको आन्तरिक जीवनलाई पारदर्शी र जवाफदेही बनाउन डिजिटल एप सञ्चालन गर्ने प्रस्ताव पनि गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।