• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर

64x64
नेपाल लाइभ बुधबार, साउन २७, २०८३  १३:२७
1140x725

काठमाडौं –नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. अमित तोमरले नेपाललाई मेडिकल हबका रूपमा विकास गर्न अस्पतालहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

 कुराकानीमा डा. तोमरले नेपालमा स्वास्थ्य सेवा विस्तारको गति तीव्र रहेको र नयाँ प्रविधि भित्रिने क्रम बढेकाले स्वास्थ्य क्षेत्रमा ठूलो सम्भावना रहेको बताए।

‘अहिले नेपालमा स्वास्थ्य सेवा विस्तारको गति तीव्र रूपमा बढिरहेको छ । पछिल्लो बर्ष नयाँ अस्पतालहरू खुलेका छन् र स्वास्थ्य सेवामा हरेक दिन नयाँ प्रविधिहरू भित्रिइरहेका छन्। त्यसैले आउँदो समयमा हेल्थकेयर म्यानेजमेन्टका विद्यार्थीहरूका लागि यहाँ धेरै ठूलो सम्भावना छ,’ उनले भने।

अस्पताल व्यवस्थापनमा सफल हुन सञ्चार, बिरामी सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । एआईको विकाससँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ व्यवस्थापन प्रणाली र प्रविधिको आवश्यकता बढ्दै गएको उनले बताए।

‘व्यवस्थापनमा सफलताको साँचो सञ्चार हो। स्वास्थ्य सेवामा आफ्ना साझेदार, बिरामी र बाह्य सरोकारवालासँगको सञ्चार अत्यन्त महत्वपूर्ण हुन्छ,’ उनले भने । 

एआइको प्रयोगबारे उनले स्वास्थ्य क्षेत्रका विद्यार्थी तथा व्यवस्थापकहरू प्रविधिमैत्री बन्नुपर्ने बताए।

‘एआइको आगमनसँगै यो क्षेत्र निकै फराकिलो भएको छ । आज काम गरिरहेको कुराले भोलि काम नगर्न सक्छ। त्यसैले उनीहरू एआईको बारेमा अपडेटेड हुनुपर्छ र एआई प्रणाली कसरी चलाउने भनेर सिक्नुपर्छ। अन्ततः भविष्य त्यही नै हो,’ उनले भने।

अस्पतालका हरेक निर्णय बिरामी केन्द्रित हुनुपर्नेमा जोड दिँदै उनले बिरामीको अनुभव र उपचारको परिणामलाई प्राथमिकतामा राख्नुपर्ने बताए। अस्पताल सञ्चालनमा प्रणाली र प्रक्रियाको महत्वपूर्ण भूमिका हुने भन्दै उनले व्यवस्थापन तहमा रहेका व्यक्तिले त्यसलाई राम्रोसँग बुझ्नुपर्ने बताए। निर्णय प्रक्रियामा धेरैभन्दा धेरै व्यक्तिलाई सहभागी गराउँदा प्रभावकारी निर्णय लिन सकिने उनको भनाइ छ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल मेडिसिटीले बिरामी सुरक्षा र स्वास्थ्य सेवाको गुणस्तरलाई प्राथमिकतामा राखेको उनले बताए । अस्पतालमा छुट्टै गुणस्तर तथा बिरामी सुरक्षा विभाग रहेको र विभिन्न प्रणाली तथा प्रक्रियाको नियमित अडिट गरिँदै आएको उनले जानकारी दिए।

‘हामी नियमित तालिम दिइरहेका छौँ र नियमित अडिट गरिरहेका छौँ। नेपालकै पहिलो अस्पताल हौँ जहाँ छुट्टै गुणस्तर र बिरामी सुरक्षा विभाग छ । त्यसले संगठनमा भएका विभिन्न प्रक्रिया र प्रणालीहरूको अडिट गर्छ र मानिसहरूले प्रणाली तथा प्रक्रियाको पालना गरिरहेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्छ,’ उनले भने।

बिरामी सुरक्षाका लागि संक्रमण नियन्त्रण, सुरक्षित शल्यक्रिया र औषधि सुरक्षामा विशेष ध्यान दिइएको उनले बताए । शल्यक्रियाका क्रममा मानवीय त्रुटि न्यूनीकरण गर्न सुरक्षित सर्जिकल चेकलिस्ट प्रयोग गरिँदै आएको उनको भनाइ छ ।नेपालमा स्वास्थ्य प्रविधि भित्र्याउन भने केही चुनौती रहेको उनले बताए। भारतलगायत छिमेकी मुलुकमा सहजै उपलब्ध हुने कतिपय प्रविधि नेपालमा ल्याउन समय लाग्ने र अधिकांश उपकरण आयात गर्नुपर्ने भएकाले लागत बढ्ने उनको भनाइ छ

अस्पतालले आर्थिक रूपमा कमजोर बिरामीलाई उपचारमा सहयोग गर्दै आएको र ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको उनले जानकारी दिए । 

Xtrem

Xtrem

उनले भने,‘कुनै समय बिरामीले खर्च व्यहोर्न नसकेको अवस्थामा हामी त्यो बिरामीको हेरचाह गर्छौँ। धेरै ग्रामीण स्थलहरुमा स्वास्थ्य जाँच शिविरहरू सञ्चालन गरिरहेका छौँ। ती निःशुल्क छन् ।’

टेलिमेडिसिन सेवामार्फत विदेशमा रहेका नेपालीलाई समेत स्वास्थ्य परामर्श दिइरहेको उनले बताए।

‘हामी टेलिमेडिसिनको प्रविधि भित्र्याउने नेपालका पहिलो अस्पतालहरूमध्येका हौँ। विदेशमा बसोबास गर्ने नेपालीहरू, विशेषगरी सेकेन्ड ओपिनियन चाहने नेपालीहरूलाई नियमित रूपमा टेलिमेडिसिन परामर्श दिइरहेका छौँ,’उनले भने।

नेपाल मेडिसिटीले रोबोटिक शल्यक्रिया सेवा सुरु गर्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए।

‘हामी रोबोट ल्याउने प्रक्रियामा छौँ। त्यो छिट्टै सुरु हुनेछ र तपाईंले छिट्टै नेपाल मेडिसिटीमा रोबोटिक शल्यक्रियाका सेवाहरू देख्नुहुनेछ,’ उनले भने । 

नेपाललाई मेडिकल हब बनाउन प्रविधिसँगै दक्ष जनशक्तिको उपयोग गर्नुपर्नेमा उनले जोड दिए । विदेशमा रहेका नेपाली चिकित्सक तथा नर्सलाई स्वदेश फर्काएर सेवा दिने वातावरण बनाउन सके नेपालले ठूलो फड्को मार्न सक्ने उनको विश्वास छ।

उनले भने,‘यदि हामीले नयाँ प्रविधि भित्र्याउन सक्यौँ र हाम्रा मानिसहरूलाई विदेशबाट फिर्ता ल्याएर नेपालमै स्वास्थ्य सेवा प्रदान गर्न लगायौँ भने नेपाललाई एउटा ठूलो मेडिकल हब बन्न कसैले रोक्न सक्दैन ।’

नेपाललाई मेडिकल हब बनाउन एउटा मात्र अस्पतालको प्रयास पर्याप्त नहुने भन्दै उनले सबै अस्पताल व्यवस्थापक र सीईओहरूलाई सहकार्यका लागि आग्रह गरे।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १३:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्