• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

अमित श्रेष्ठको शंकास्पद कारोबारको अनुसन्धानमा प्रहरीको ‘गलत नियत’: ‘बलियो’ प्रमाण हुँदा हुँदै कमजोर मुद्दा चलाउन सिफारिस

मुद्दा परिसरमा, अनुसन्धान प्रहरी प्रधान कार्यालयबाट!
64x64
नारायण अधिकारी सोमबार, साउन २३, २०७९  १६:४१
1140x725

काडमाडौं– शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका विशाल सिमेन्टका पूर्व सञ्चालकसमेत रहेका अमित श्रेष्ठ माथिको अनुसन्धानमा प्रहरीकै भूमिका ‘शंकास्पद’ देखिएको छ। प्रहरीले श्रेष्ठमाथि २५ दिन अनुसन्धान गरे पनि उनीविरुद्धको मुद्दा कमजोर पर्नेगरी अनुसन्धान प्रतिवेदन तयार पारेको पाइएको हो। 

प्रहरीको अनुसन्धानका क्रममा श्रेष्ठले देश र देशबाहिर समेत गरेर ४८ करोडभन्दा बढी रकमको शंकास्पद कारोबार गरेको ‘प्रमाण’ फेला परेको थियो। तर, अनुसन्धान प्रतिवेदनमा भने प्रहरीले ‘पुष्टि हुन गाह्रो पर्ने’ र पुष्टि भएपनि धेरै कम (१ वर्ष मात्रै) कैद सजाय हुने कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो।  

श्रेष्ठमाथि अनुसन्धान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अन्तर्गतको कसुरमा मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो। 

सरकारी वकिललाई बुझाइएको प्रहरीको अनुसन्धान प्रतिवेदनमा श्रेष्ठले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को (घ) अनुसारको कसुर गरेको ठहर गरिएको छ। अनुसन्धान प्रतिवेदनमा सोही कसुरअनुसार सजाय मागदाबी गर्न सिफारिस गरिएको छ। 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १०३ को उपदफा (१) को (घ) मा इजाजत विना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न प्रतिबन्ध लगाइएको छ। 

सोही ऐनको दफा १०४ को उपदफा (१) को  (ग) मा  इजाजत विना विदेशी विनिमयसम्बन्धी कारोबार गर्नेलाई बिगो भए बिगो जफत गरी बिगो बराबरको जरिवाना र १ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरिएको छ। 

तर, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले भने श्रेष्ठविरुद्ध ४८ करोडभन्दा बढी जरिवाना र ७ वर्षसम्म कैद सजायको मागदाबी गर्दै मुद्दा दायर गरेको छ। प्रहरी अनुसन्धानबाटै तयार भएका प्रमाण र उनको शंकास्पद कारोबारको ‘हिस्ट्री’ हेर्दा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर ठहर हुने जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीको भनाइ छ। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गर्नेलाई बिगोको तेब्बरसम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘व्यक्ति विशेषले भन्दा पनि विशेषगरी कुनै वित्तीय संस्थामार्फत् बिना इजाजत यस्तो कारोबार गरेको अवस्थामा उक्त कसुर पुष्टि गर्ने आधार बलियो बन्छ। प्रहरीले दिएको रायअनुसार मुद्दा चलाउँदा श्रेष्ठको हकमा दाबी कमजोर बन्ने र उन्मुक्ति पाउसक्ने सम्भावना देखिएकाले हामीले प्रहरीको रायभन्दा विपरीत बलियो मुद्दा दर्ता गरेका हौं,’ सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकारीले नेपाल लाइभसँग भने।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रुपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो। 

श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्था विपरीत (गैरकानुनी) रुपमा भर्चुअल मुद्राको कारोबार गरेको अभियोगपत्रमा दाबी गरिएको छ। श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ। दफा ९५ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध दफा ९६ को उपदफा (१) अन्तर्गत बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो।

जबकि प्रहरीले पुष्टि गर्न गाह्रो पर्ने  र १ वर्षसम्म मात्रै कैद हुने कसुरमा मुद्दा चलाउन भन्दै राय दिएको थियो। सरकारी वकिलले भने ७ वर्षसम्म कैद र बिगोको तीन गुणासम्म जरिवनाको मागदाबी गरेको छ। श्रेष्ठले ४८ करोड ४ लाख ७२ हजार ५४८ रुपैयाँ अवैध कारोबार गरेको देखिएकाले सो बमोजिम बिगो कायम गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मुद्दा परिसरमा, अनुसन्धान प्रहरी प्रधान कार्यालयबाट
नेपालमा अवैध रहेको क्रिप्टो कारोबार गर्ने गरेको आशंकामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले स्थायी ठेगाना नुवाकोटको बिदुर नगरपालिका–२ भइ काठमाडौं बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई पानीपोखरीबाट पक्राउ गरेको थियो। 

श्रेष्ठमाथि अनुसन्धान गरेर कारबाही गर्न भन्दै अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो।  प्रहरी परिसरले सुरुमा श्रेष्ठविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो। 

उनीबाट बरामद भएका मोबाइल, ल्याटपलगायतका डिभाइसहरु जाँचका लागि फरेन्सिक ल्याबमा पठाइएको थियो। फरेन्सिक ल्याबले बरामद ती डिभाइसहरुबाट क्रिप्टो  करेन्सीको कारोबार हुने तथ्य फेला परेको रिपोर्ट दिएको थियो। 

फरेन्सिकको रिपोर्ट प्राप्त भएपछि श्रेष्ठविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा म्याद लिएर प्रहरी परिसर काठमाडौंले अनुसन्धान सुरु गरेको थियो। त्यपछि प्रहरी प्रधान कार्यालयबाटै खटाइएका डीएसपी गोविन्द थापाले मुद्दाको अनुसन्धान फाइल आफ्नो ‘नियन्त्रण’ मा लिएका थिए। 

प्रहरी परिसरमै मुद्दाको अनुसन्धान गर्ने अधिकारी भए पनि यो मुद्दामा हेडक्वार्टरले चासो देखाएको थियो। अनुसन्धान गर्ने अधिकारी हुँदा हुँदै हेडक्वार्टरले छुट्टै अनुसन्धान अधिकारी पठाएर मुद्दामा हस्तक्षेप गर्नुलाई प्रहरी अधिकारीहरु नै अस्वाभाविक मान्छन्। 

अस्ट्रेलियादेखि क्यानडासम्मका बैंकमा स्रोत नखुलेको रकम
श्रेष्ठको अस्ट्रेलियादेखि क्यानडासम्मका बैंकमा रकमहरु रहेको पाइएको छ। उनकाे रोयल बैंक अफ क्यानडा, कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा रकम रहेको पाइएको छ। सन् २०१९ जुलाई २ देखि सन् २०१९ अगस्ट ८ सम्मको एक महिनाकै अवधिमा रोयल बैंक अफ क्यानडामा १ करोड ९५ लाख ४६ हजार २५२ रुपैयाँ बराबरको डलर श्रेष्ठले जम्मा गरेको खुलेको छ। 

त्यस्तै, सन् २०१९ जनवरी ७ देखि सन् २०१९ अप्रिल २४ सम्मको अवधिमा कमनवेल्थ बैंक अस्ट्रेलियाको खातामा १ करोड ५० लाख ६२ हजार २७९ रुपैयाँ बराबरको डलर जम्मा भएको अनुसन्धानबाट खुलेको छ। 

सन् २०१८ को डिसेम्बर २४ मा अस्ट्रेलिया पुगेका श्रेष्ठले त्यसको केही दिनमै अस्ट्रेलियाको बैंकमा खाता खोलेर अस्वाभाविक रुपमा रकम जम्मा गरेको देखिएको हो। 

अस्ट्रेलियापछि पहिलोपटक सन् २०१९ जुन २९ मा क्यानडा पुगेका श्रेष्ठले त्यहाँ पनि २ वटा बैंक खाता खोलेर ठूलो परिमाणमा शंकास्पद रकम जम्मा गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

उनी क्यानडा र अस्ट्रेलिया बसेको बेला उक्त रकम स्वाभाविक रुपमा आर्जन गरेको नभइ शंकास्पद तवरले विदेश पुगेको र त्यसलगत्तै रकम जम्मा गरेको अभियोगपत्रमा दाबी गरिएको छ। ‘१६ महिनासम्म क्यानडा बसेको भनिएको बेला कोभिड महामारीका कारण रोजगारी नै गुमेका बेला उक्त रकम श्रेष्ठले आफ्नो कमाईबाट आर्जन गरेको भन्ने सक्ने देखिँदैन,’ अभियोगपत्रमा भनिएको छ।

श्रेष्ठले विशाल सिमेन्ट बिक्री वापतको ७ करोड ९८ लाख २२ हजार रुपैयाँ समेत जिएमई रेमिट कम्पनीको खातामा जम्मा गरी तथा हुण्डीमार्फत् क्यानडा र अस्ट्रेलिया पुर्‍याएको दाबी अभियोगपत्रमा गरिएको छ। 

हुण्डीमार्फत् क्यानडामा रकम पठाउन जिएमई रेमिट कम्पनीको खातामा रकम पठाएको एनआईसी एसिया बैंकको स्टेटमेन्टबाट पुष्टि भएको जनाइएको छ।

विभिन्न फरेन्सिक परीक्षण, क्यानडियन स्टकको होल्डिङसम्बन्धी विवरणअनुसार ४८ करोड रुपैयाँभन्दा बढी श्रेष्ठको स्वामित्वमा रहेको देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

यी शंकास्पद रकम श्रेष्ठ समेत सदस्य रहेको भाइबर ग्रुप ‘फिटबेला एक्सचेन्ज’ बाट क्रिप्टो करेन्सी कारोबार हुने गरेको देखिएको अभियोगपत्रमा उल्लेख गरिएको छ।

प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १६:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्