काठमाडौं– नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो।
यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
शुक्रबार प्रतितोला १ हजार १५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।