• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

दार्चुलामा बाढी-पहिरो वितण्डा : ठूलो मात्रामा जन-धनकाे क्षति, जोखिम अझै उच्च

निर्माणाधीन सडकले खोला थुन्दा ठूलो क्षति निम्त्यायोः रेडक्रस
64x64
शेरबहादुर ऐर शनिबार, भदौ २५, २०७९  २१:२०
1140x725

धनगढी– तीन वर्षअघि दार्चुलाको महाकाली नगरपालिका वडा नं. १ र २ जोड्न ठाउँठाउँमा सडक खनिए । सो सडकको निर्माण गर्दा माथिबाट आएको माटो, ढुङ्गा तथा बोटविरुवा खोला थुनिदै गयो ।

शुक्रबार राति अचानक भएको वर्षाबाट निम्तिएको बाढी तथा पहिरोमा परी खोला किनारमा रहेका पाँच जनाको मृत्यु, सात जना घाईते र १० जना वेपत्ता बनाएको छ ।

‘राती दुई घण्टा लगातार वर्षा भइरह्यो । तीन बजे वर्षा शान्त भएपनि बाढी तथा पहिरो जाने क्रम भने रोकिएन’ नेपाल रेडक्रस सोसाईटी दार्चुलाका सभापति गोपाल सिंह महराले भने ‘साउनपछि वर्षा सामान्य हुने अनुमान गरेको भएपनि अचानक आएको बेमौसमी वर्षाले ठूलो जनधनको क्षति पुग्यो ।’ उनले महाकाली नदीको बहाव पनि सामान्य रहँदा पनि जनधनको क्षति पुर्याउने गरि निम्तिएको बाढी तथा पहिरोलाई जथाभावी खोलिन लागेको सडक ट्र्याकलाई मुख्य कारण बताए । उनले खोलाको माथिल्लो भागमा वर्षाको पानी जम्मा भएर एकैपटक बग्दा ठूलो क्षति भएको बताए ।

स्थानीय लास्कु खोलामा आएको बाढीका कारण दार्चुलाको १, २, ३ र ४ नम्बर वडा प्रभावित भएका छन् । महाकाली नगरपालिका–४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले लस्कु खोला यस अघि त्यसरी क्षति पुर्‍याउने गरी कहिल्यै नआएको बताए । 

‘चार वर्षअघि खोला सामान्यरुपमा आफ्नै लयमा थियो’ वडा अध्यक्ष चुनाराले भने, ‘तर, सडक निर्माण भएपछि बेलाबेला खोलाले केही स्थानमा सामान्य पहिरो पुर्‍याए पनि यसरी ठूलो जनधनको क्षति हुने गरी कहिले आएको थिएन ।’ उनले यसपटक सामान्य खोलाले अकल्पनीय क्षति पुर्‍याएको बताए ।

उनले सडक खन्दा खोलामा ढुंगा माटो थुप्रिएको बताए । भने, ‘त्यसले खोला थुनेर ड्याम बनेको हुन सक्ने देखिएको छ। ड्याम एकैपटक फुट्दा बढी क्षति भएको हो कि भन्ने अनुमान गरिएको छ, तर यो नै कारण हो भनेर भन्न सकिने अवस्था भने छैन ।’

‘पहिलो पटक जनप्रतिनिधि निर्वाचित भएर आएपछि तीन/चार वर्षअघि खोलाको माथिल्लो क्षेत्रमा सडक खनिएका थिए,’ उनले भने, ‘त्यतिबेला पहिलोपटक खोलामा पानीको सतह धेरै बढेको थियो, अहिले बाटो मर्मत गर्दा झनै उर्लुर जन धनको ठूलो क्षति गरेको छ ।’ वडा अध्यक्ष चुनाराका अनुसार लस्कु खोलाको उद्गमस्थल महाकाली नगरपालिकाभित्रै पर्छ । वडा नं. २ भएर बग्ने लस्कु खोला वडा नं. ३ र १ हुँदै वडा नम्बर-४ मा महाकालीमा मिसिने गर्दछ ।

नेपाल रेडक्रस सोसाईटी दार्चुलाका सभापति महराले लस्कु खोलामा थुप्रिएका ढुङ्गा, माटो र बोटविरुवाले अहिले महाकाली नदीलाई पनि थुनेको बताए । ‘लस्कु खोलाबाट आएको पहिरोले थुन्दा महाकाली नदी पनि अहिले एकतर्फी बगिरहेको छ’ उनले भने, ‘अझै वर्षात भएमा थप जोखिम निम्त्याउने देखिन्छ ।’

Ncell 2
Ncell 2
nimb
nimb

महाकाली र लास्कु खोलामा आएको बाढीपछि महाकाली नदी थुनिएको छ । लास्कुखोलादेखि नदी थुनिएर कलौनसम्म बाँध बनेको छ । थुनिएको नदी खुलाउन तथा जोखिममा रहेका स्थानीयको तत्काल उद्धार गर्न माग भइरहेको छ ।

नदी थुनिएपछि दुहुँ र व्यास क्षेत्रबाट सदरमुकाम खलंगा आउने–जाने बाटो समेत बन्द भएको स्थानीय समाजसेवी हरदेब जोशीले बताए । बाढी पहिरोकै कारण दुहुँ र नौगाड क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध भएको छ । नदी थुनिएपछि धार परिवर्तन भएर नेपालतर्फ थप क्षति हुने भन्दै स्थानीयले थुनिएको नदी खुलाउन सरकारसँग माग गरेका छन् ।

पाँचको मृत्यु, १० बेपत्ता
दार्चुलामा शुक्रबार रातिको अबिरल वर्षापछि आएको बाढी पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता रहेका छन् । 

बाढी पहिरोमा परी मृत्यु हुनेमा नौगाड गाउँपालिका–१ सल्लाका अन्दाजी ३५ वर्षीया जानकी ठगुन्ना, सोही ठाउँका १४ वर्षीया धनमती ठगुन्ना, नौगाड गाउँपालिका-२ दल्लेखका मोहनराम पार्की, महाकाली नगपालिका–२ मैखोलीका ७७ वर्षीय नन्दराम बोहरा र महाकाली नगरपालिका-१ का ४५ वर्षीया मानमती कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बाढी र पहिरोमा परी बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका वडा नम्बर १ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना, नौगाड गाउँपालिका–२ दल्लेकका ४० वर्षीय मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दीपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की र महाकाली नगरपालिका-२ मुल्लाका ७५ वर्षीया मानमती साहु रहेको मगरले बताए ।

Darchula flood-landslide (1)1662823718.jpg

दार्चुलाका सयौं मानिस बाढी र पहिरोबाट प्रभावित भएका छन् । आठ जना घाइते भएका छन् । गम्भीर घाइते पाँच जनाको हेलिकप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको छ । सुर्खेतबाट आएको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका–१ सल्लाका गम्भीर घाइते ४५ वर्षीय विरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीया फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीया रम्भा देवी ठगुन्ना र ३० वर्षीय देवसिंह ठगुन्नालाई उद्दार गरी जिल्ला अस्पताल दार्चुला ल्याइएको प्रहरी निरीक्षक मगरले बताए । घाइतेमध्ये विरेन्द्र ठगुन्नाको अवस्था गम्भीर छ । सल्ला गाउँमा घर माथिबाट पहिरो खस्दा उनीहरु घाइते भएको बताइएको छ । 

बाढी पहिरोमा परी दुई सय ६३ पशुचौपाया क्षति भएको प्रहरीको तथ्यांक छ । महाकाली नगरपालिकाका ६२ र नौगाड गाउँपालिकामा २९ गरी ९१ घरमा क्षति पुगेको छ । प्रहरी निरीक्षक मगरका अनुसार, ४२ घर पूर्ण क्षति भएको, ९ घर आशिंक क्षति भएको र ४० घर बाढी–पहिरोको उच्च जोखिममा रहेका छन् । 

सरकारी संरचनातर्फ दुर्गेश्वरी आवि पण्डोरा र दशरथ आवि बंगाबगर बगाएको छ । डुङरी विद्युत पावर हाउस पूर्णरुपमा क्षति भएको छ । लास्कुखोलामा एउटा झोलुंगे पुल र एउटा मोटरेबल पुल बगाएको छ । नौगाडमा दुई वटा झोलुङगे पुल, दुई वटा आरसीसी पुल र दुई वटा घट्ट बगाएको छ । सवारी साधनतर्फ छ वटा जिप, एउटा ट्याक्टर, एउटा जेसीबी बगाएको छ । नौगाड गाउँपालिका–१ नागुमा चट्याङ लागेर स्थानीयका दुई सय भेडा बाख्रा मरेको स्थानीय श्याम धामीले बताए ।

उद्धार र राहतका लागि पहल
एक्कासी परेको अबिरल वर्षाका कारण आएको बाढी पहिरोले वितण्डा मच्चाएपछि दार्चुलाका सयौं मानिस प्रभावित भएका छन् । बाढी पहिरो प्रभावितहरुको खोजी र उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै नेपाल रेडक्रम, स्थानीय र राजनीतिक दलहरु सक्रियतापूर्वक लागिरहेका छन् । 

घाइतेको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढीबाट राहत सामाग्री समेत पुर्याइएको छ । राहत वितरणका लागि नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोली समेत दार्चुला पुगेको छ । 

Darchula flood-landslide (2)1662823725.jpg

प्रतनिधिसभा सदस्य गणेशसिंह ठगुन्नाले उद्धार र राहतका लागि शुक्रबार रातिदेखि नै निरन्तर पहल गरिरहेका छन । संघीय र सुदूरपश्चिम प्रदेश सरकारका साथै स्थानीय तहबाट समेत राहत र उद्धार कार्यका लागि पहल भइरहेको छ । 
स्थानीय तहहरुले तत्काल बाढी पहिरो प्रभावितलाई त्रिपाल, राशन लगायत सहयोग गरेका छन् । कार्यपालिकाको निर्णय अनुसार थप राहतको व्यवस्थापन गरिने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसीरले बताए ।

राहत र उद्धारका लागि विभिन्न राजनीतिक दलहरुले समेत नेता, कार्यकर्तालाई अनुरोध गरेका थिए । मन्त्री दिलेन्द्रप्रसाद बडू, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग वन तथा वातावरण मन्त्री मानबहादुर धामी, आन्तरिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावललगायत नेताहरुले समेत उद्धार र राहतका लागि निरन्तर पहल र समन्वय गरिरहेका छन् ।
 

प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  २१:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ लागुऔषध नियन्त्रण ब्युरोको टोलीले मंगलबार दुई राउन्ड हवाई फायर गरेर एक जनालाई पक्राउ गरेको हो। मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ वातावरणमैत्री उत्पादन प्रणाली र जलवायु परिवर्तनका चुनौती सामना गर्न आवश्यक सहकार्यबारे छलफल हुने सम्मेलनमा भाग लिएर सांसद रानामगर बि... मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त भेटमा सुदृढ अमेरिका–नेपाल साझेदारीलाई थप अघि बढाउनेबारे छलफल भएको जनाइएको छ। मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
पूर्व उपसभामुख इन्दिरा राना बैंककतर्फ मंगलबार, असोज २७, २०८३
एमालेको राष्ट्रिय भेलाको तयारी सुरु, ३ हजार १६४ जना सहभागी हुने मंगलबार, असोज २७, २०८३
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्