काठमाडौं– साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ९ सय, तेजावी सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार छापावाल सुनको मूल्य ९३ हजार ८ सय, तेजावी सुनको मूल्य ९३ हजार ३ सय
यस्तै चाँदीको प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य एक हजार १३५ रुपैयाँ थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।