काठमाडौं– युनाइटेड सिमेन्ट्स उद्योगले धादिङको धुनिबेसी नगरपालिका–९ वडा कार्यालयलाई विभिन्न सामग्री सहयोग गरेको छ ।
उद्योगले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वडा कार्यालयलाई १५ थान सिलाइ मेशिन, १० थान कम्प्युटर र टेबल तथा कुर्सी प्रदान गरेको हो ।
कम्पनीले बुधवार एक कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको जानकारी दिएको छ । कार्यक्रममा धुनिबेसी नगरपालिकाका उपप्रमुख सुरज उप्रेती, वडा नं ९ का अध्यक्ष माधवप्रसाद सिलवाल, पूर्ववडाध्यक्ष साहिला राई लगायतको उपस्थिति थियो ।
कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले विगतमा पनि कम्पनीले शिक्षा, स्वास्थ्य लगायत आधारभूत क्षेत्रमा सहयोग गर्दै आएको र भविष्यमा समेत यस्ता कार्यलाई निरन्तरता दिइने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।