काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मुलुकका लागि राजदूूत नियुक्ति गरेकी छन्।
राष्ट्रपति भण्डारीले सरकार मन्त्रिपरिषदको सिफारिसमा बिहीबार हरिश्चन्द्र घिमिरेलाई म्यान्मार र डिल्लीराज पौडेललाई मलेसियाका लागि राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
यस्तै संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत ज्ञानचन्द्र आचार्यलाई माल्टा र अमेरिकाका लागि नेपालको आवासीय राजदूत प्रा. श्रीधर खत्रीलाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ।
संविधानको धारा २८२ को उपधारा (१)बमोजिम उनीहरुलाई राजदूत पदमा नियुक्त गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।