दाङ– प्रहरीले म्याद थप गर्न लागेका एक जना बन्दी जिल्ला अदालतबाट फरार छन। घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा बिहीबार ५ बजेतिर जिल्ला अदालतबाटै भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन गौतले जानकारी दिए।
विश्वकर्मा सुन चोरी अभियोगमा बुधबार पक्राउ परेका थिए। विश्वकर्मालाई न्यायाधिशसमक्ष पेश गर्ने क्रममा शौचालय गएका थिए। त्यही क्रममा उनी शौचालयको झ्यालबाट भागेको प्रवक्ता गौतमले बताए।
लामो समयसम्म शौचालयको ढोका नखुलेपछि ढोका खोलेर हेर्दा उनी त्यहाँ फेला नपरेको डिएसपी गौतमको भनाइ छ।
विश्वकर्मा शौचालयको झ्यालबाट निस्किएर अदालतको पर्खाल नाघेर भागेका हुन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।