काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सका लागि बाटो खुल्ला गर्ने गरी नियमावलीको मस्यौदा संशोधन गरेको प्रति नेपाल पूँजीबजार लगानीकर्ता संघले स्वागत गरेको छ । संघकी अध्यक्ष राधा पोखरेलले आज मस्यौदा संशोधनको स्वाागत गरेकी हुन्।
आज सामाजिक सञ्जाल मार्फत नयाँ ब्रोकर लाइसेन्सका बाटो खुल्ला हुँदा बामे सर्दै गरेको पूँजी बजारमा कोसेढुंगा सावित हुने उल्लेख गरेकी छिन्।
‘पूँजीबजार राजधानी खाल्टो र देशका प्रमुख शहरहरुमा मात्र सीमित नभई देशको हरेक कुनाकुनामा रहेका लगानीकर्ताको पहुँचमा पुग्नु जरुरी छ’ उनले लेखेकी छन्, ‘जबसम्म जग बलियो हुँदैन तबसम्म घर बलियो हुँदैन। यसर्थ, नेपाल सरकारले गरेको यो व्यवस्थाहरुले लगानीकर्ताहरुको चहराइरहेको घाउमा मल्हमपट्टी लाग्ने आशा राख्दै, बामे सर्दै गरेको पुँजीबजारमा कोसेढुंगा सावित हुनेछ। धितोपत्र बोर्डको यो कार्य स्वागत योग्य छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।