सांकेतिक तस्बिर
दार्चुला– संक्रमणका कारण दार्चुलामा पाँच वर्षीया एक बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामी रहेको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए।
ति बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो बढेपछि भदौ २० गते जिल्ला अस्पताल दार्चुलामा पुर्याइएको थियो। त्यहाँ स्वास्थ्य परीक्षण गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिएको संयोजक ओझाले बताए।
त्यसलगत्तै बालिकाकलाई अस्पताल भर्ना गरेर उपचार गर्ने सुझाव दिइएको तर आफन्तहरुले भर्ना गरेर उपचार गर्न नमानेकाे अस्पतालकाे दाबी छ।
आफन्तहरुले अन्यत्रै ठूलो अस्पताल लैजाने भनेर बिरामी बालिकालाई अस्पताल नलगेर घरमै लगेको खुल्न आएको छ। बालिकालाई घरमा ज्वरोले च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार गराइरहेको अवस्थामा बिहीबार बिहान ५ बजेतिर उनको मृत्यु भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।