काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारी सरकारले ल्याउन लागेको नयाँ स्टक एक्सचेन्जको विरोधमा देखिएका छन्।
मन्त्रिपरिषद् बैठकले धितोपत्र सञ्चालन नियमावली २०६४ संशोधन गर्दै नयाँ स्टक एक्सचेन्ज ल्याउने बाटो खोलेपछि नेपाल स्टक एक्सचेन्जका कर्मचारी विरोधमा उत्रिएका हुन। सरकारलाई सुनको अण्डा दिने कुखुरो काटेर मास्न लगाएको उनीहरूको आरोप छ। नेप्सेमा कार्यरत कर्मचारी युनियनले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विरोध गरेका जनाएको छ।
विश्वभर स्टक एक्सचेन्ज मर्ज भइरहेको अवस्थामा नयाँ ल्याउनु भनेको उल्टो बाटो हिँड्न खोज्ने अवैज्ञानिक र अव्यवहारिक कदम भएको नेप्से कर्मचारी संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
उक्त विज्ञप्तिमा भनिएको छ, ‘सन् १९८०को दशकदेखि नै संसारभर स्टक एक्सचेन्जको संख्या घटिरहेको छ। क्यानडामा दर्जनौँ स्टक एक्सचेन्जहरू थिए। अमेरिकामा सयौंको सङ्ख्यामा थिए । भारतमै २६ वटा थिए। अहिले धेरैजसो एक आपसमा गाभिएका छन्। सारा युरोपलाई अव ४ वटा स्टक एक्सचेन्जहरूको समूहले धान्ने स्थिति बनेको छ। यो गाभ्ने प्रक्रियाको अग्रसरता त्यहाँको नियामक निकायले नै गरेको थियो।’
हाम्रो जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा अर्को स्टक एक्सचेन्ज खोल्ने कुरा गर्नु र स्टक एक्सचेन्जमा प्राइभेट कम्पनी समेतलाई लगानी गर्न दिनु अवैज्ञानिक र अव्यवहारिक भएको विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ नेप्सेको विज्ञप्ति:
1662640775.jpg)
1662640775.jpg)
1662640774.jpg)
1662640774.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।