प्रतिकात्मक तस्बिर
धनगढी– कैलालीमा डेंगुका कारण थप एक जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर ६ आमवासाकी १२ वर्षीया बालिकाको बुधबार मृत्यु भएको हो।
टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले बालिकाको उपचारका क्रममा बुधबार नै नेपालगञ्ज भेरी अस्पतालमा मृत्यु भएको र यसबारे बिहीबारमात्र जानकारी आएको बताए।
सिकिस्त बिरामी भएका कारण बालिकालाई १९ गतेदेखि भेरी अस्पतालको आइसीयूमा उपचारका लागि भर्ना गरिएको थियो।
यसअघि धनगढी उपमहानगरपालिका वडा नं. १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।