काठमाडौं- दरबारमार्गको राइजिङ मलमा रहेको क्लब प्लाटिनममा ग्याङ फाइट भएको छ। बुधबार राति भएको ग्याङ फाइटमा ६ जना घाइते भएका छन्।
ग्याङ फाइटमा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ। क्लबमा नाचिरहेका बेला धकेलाधकेल भएपछि झडप भएको थियो। झडपको क्रममा घाइते भएका ६ जनामध्ये एक जानको अवस्था भने गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ।
गम्भीर घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बाँकी पाँच जनालाई भने सामान्य उपचारपछि पुनः वृत्त दरबारमार्गमा ल्याएर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकामध्ये एक जना अहिले उपचाररत छने भने बाँकी ९ जना दरबारमार्ग वृत्तको हिरासतमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।