काठमाडौं- नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बरबरको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउन लागेको हो।
यो रिपो दुई हप्ताको लागि जारी गरिएको राष्ट्र बैंकले जनाएको छ। भदौ २३ गते जारी गरेको रिपो असोज ६ गते परिपक्व हुनेछ।
बोलकबोलमार्फत जारी हुने रिपोको क, ख, ग वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङमार्फत खरिद गर्न सक्नेछन्।
राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/०७९ बाट बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको व्यवस्थापन गर्न यसअघि पनि रिपो जारी गरी बैंकिङ क्षेत्रमा पैसा पठाइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।