काठमाडौं- डेंगु नियन्त्रणका लागि सरकारले विभिन्न ४ योजना अघि सारेको छ। मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले विभिन्न ४ निर्णय गरेको छ।
बैठकले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहबाट डेंगु रोकथाम र नियन्त्रणका लागि पहल गर्ने र त्यसको समन्वय र सहजीकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने निर्णय गरेको छ।
त्यस्तै, डेंगु रोग सार्ने लामखुट्टेको लार्भा ‘खोज र नष्ट गर’ अभियानलाई तीव्र बनाउन सचेतनामूलक तथा सूचनामूलक श्रव्य तथा श्रव्य-दृश्य सामाग्री विभिन्न माध्यमबाट प्रचार प्रसार गर्ने निर्णय गरेको छ।
रोग रोकथाम तथा नियन्त्रणका लागि यथाशिघ्र मोबाइल रिङ्गटोन बनाई प्रचार प्रसार गर्ने बैठकले निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संजयकुमार ठाकुरले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।