काठमाडौं– न्याय परिषदको बैठकले उच्च अदालतको मुख्य न्यायाधीशका लागि १५ जनाको नामावली सार्वजनिक गरेको छ।
६ उच्च अदालतको मुख्य न्यायाधीशका लागि परिषदको बैठकले उच्च अदालतमा कार्यरत रहेका न्यायाधीशहरु मध्येबाट सूची सार्वजनिक गरेको हो। एक उच्च अदालतमा मुख्य न्यायाधीश रहेका छन् भने अन्यमा रिक्त रहेको छ। नृपध्वज निरौला मुख्य न्यायाधीशका रुपमा रहेका छन्।
परिषदको सोमबारको बैठकले उच्च अदालत तुल्सीपुरकी मुख्य न्यायाधीश निता दीक्षित र जनकपुरका मुख्य न्यायाधीश विनोद शर्मा र डीएन पराजुलीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो। उनीहरुको सिफारिसपछि रिक्त मुख्य न्यायाधीशमा नियुक्ति गर्नका लागि पहिलो सूची सार्वजनिक गरेको हो।
यी मध्येबाट उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ति हुनेछन्। परिषदले पहिलोपटक यस्तो सूची सार्वजनिक गरेको हो।
सूचीमा परेका नामावली
१. केशवराज जोशी
२. गुणराज ढुंगेल
३. डिल्लीराज आचार्य
४. प्रमोदकुमार श्रेष्ठ वैद्य
५. प्रेमराज कार्की
६. प्रेमराज ढकाल
७. भानुभक्त शर्मा न्यौपाने
८. महेशप्रसाद पुडासैनी
९. माधवप्रसाद पोखरेल
१०. डा. रत्नबहादुर बागचन्द
११. रमेशप्रसाद राजभण्डारी
१२. रमेशबहादुर थापा
१३. वीरबहादुर डाँगी
१४. सारंगा सुवेदी
१५. सत्यमोहन जोशी थारु
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।