दाङ– घरकाे भर्याङबाट लडेर दाङमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका–३ भैसहवा निवासी आन्दाजी २४ वर्षीय अमिताभ यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।
यादव रातिको समयमा आफ्नै घरको छतमा सुत्न गएको र तल झर्ने क्रममा भर्याङबाट लडेर गम्भीर घाइते भएका थिए। दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा भैरहवामा मृत्यु भएको प्रहरीले बताएको छ।
मृतक यादव केही दिनअगाडि मात्र छोराको बाबु बनेका थिए। तीन भा छोरामध्ये मृतक यादव माइला छोरा हुन्। उनका चार दिदी बहिनी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।