काठमाडौं– न्याय परिषद्को बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि तीन जनाको नाम सिफारिस गरेको छ।
परिषद्को मंगलबारको बैठकले उच्च अदालतका दुई न्यायाधीश र एक जना कानुन व्यवसायीको नाम सिफारिस गरेको परिषद् उच्च स्रोतले जनाएको छ।
परिषद्ले वरीयताक्रममा पहिलो नम्बरमा रहेकी उच्च अदालत तुलसीपुरकी मुख्य न्यायाधीश निता गौतम दीक्षित, उच्च अदालत जनकपुरका विनोद शर्मा र कानुन व्यवसायीबाट वरिष्ठ अधिवक्ता डि एन पराजुलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो।
उनीहरुको संसदीय सुनुवाइ हुनेछ। पहिलो नम्बरमा रहेका नृपध्वज निरौलालाई भने परिषद्ले छोडेको छ। न्यायाधीशका लागि सिफारिस भएका यी कुनै पनि प्रधानन्यायाधीश भने हुन पाउने छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।