धनगढी– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले इँटा उद्योगी व्यवसायीलाई सहुलियत दरमा बैकिङ कर्जा प्रवाह गर्ने आश्वसन दिएका छन्।
नेपाल इँट्टा उद्योग महासंघको १४औं वार्षिक साधरणसभाको सोमबार धनगढीमा उद्घाटन गर्दै मन्त्री बडूले इट्टा उद्योगको व्यवसायीलाई पलायन हुनबाट रोक्न सो व्यवस्था गर्न पहल गरिरहेको बताएका हुन्। ईट्टा उद्योगीलाई सहुलियत दरमा बैंकिङ ऋण प्रदान गर्ने लागिपरेको उनको भनाइ छ।
उनले बन्द रहेका उद्योग सञ्चालन गर्न सरकारले पहल गरिरहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताए।
उनले इँटा उद्योगी व्यवसायीले देशको विकास र अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको बताए। इँटा उद्योगी व्यवसायीका समस्या समाधानका लागि सरकार गम्भीर रहेको उनको भनाइ थियो।
उनले सरकारले उत्पादनशील तथा रोजगारमुखी व्यवसायको विकासलाई प्राथमिकता दिएको बताए। उनले निर्यातमुखी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति रहेको उल्लेख गर्दै ‘उत्पादनशील उद्योग व्यवसायमा उद्योगीहरुले जोड दिनुपर्नेमा मेरो आग्रह छ।’
उनले देशलाई आत्मनिर्भर बनाउन स्वदेशी उत्पादनलाई बढावा दिनुपर्ने बताए। उनले देशलाई आत्मनिर्भर बनाउन सरकारले आयात बढाउने र निर्यात घटाउने नीति लिएको बताए।
शाखा अध्यक्ष जोशी र वरिष्ठ पत्रकार थापा सम्मानित
सोही साधारण सभामा नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी र वरिष्ठ पत्रकार चित्रांग थापा सम्मानित भएका छन्।
अध्यक्ष जोशी र वरिष्ठ थापालाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खादा, माला र सम्मानपत्र दिएर सम्मान गरे। समाज परिवर्तनमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान गरेको भन्दै अध्यक्ष जोशी र पत्रकार थापालाई सम्मान गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।