१. संसद्को कार्यकाल संशोधनबाट पछि हट्दै सरकार, विधेयकलाई सांसदहरुले हाल्ने संशोधनमार्फत् सच्याइने, समानुपातिकको बन्दसूची पेस हुने अघिल्लो दिनसम्म मात्र संसद्को आयु रहने निर्वाचन आयोगको धारणा। (पछि हट्दै सरकार)
२. रवि लामिछानेले भेटे पर्यटनमन्त्री श्रेष्ठले थुनाएका सुरक्षागार्ड, धन्यवाद दिएर आएको प्रतिक्रिया, सुरक्षागार्डसँग रविले फोटो खिच्दा डीएसपीमाथि छानबिन, इन्स्पेक्टरको जिम्मेवारी खोसियो । (सुरक्षागार्डसँग फोटो खिच्दा डीएसपीमाथि छानबिन)
३. लागुऔषध राखेर निर्दोष फसाउने षडयन्त्र गरेकोमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षविरुद्ध नवलपरासी अदालतद्वारा पक्राउ पूर्जी जारी, एसपीको छानबिन अन्तिम चरणमा । (गाउँपालिका अध्यक्षविरुद्ध पक्राउ पूर्जी)
४. बेलायतको सत्ताधारी कन्जर्भेटिभ पार्टीद्वारा लिज ट्रसलाई बोरिस जोनसनको उत्तराधिकारीका रूपमा चयन, ४७ वर्षीया लिज बन्ने भइन् बेलायतकी तेस्रो महिला प्रधानमन्त्री । (लिज कन्जर्भेटिभ पार्टीको नेता निर्वाचित) ५. र, भोलिबाट नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालको कप्तानी एन्जिलाले गर्ने, उपकप्तानमा अमृता जैसी चयन, उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्ने । (साफमा नेपालको कप्तानी एन्जिलाले गर्ने)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।