काठमाडौं– मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा दरबार मार्ग प्रहरीको हिरासतमा थुनामा रहेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन्।
उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि दूर्व्यहार गरेको आरोपमा प्रहरीले आइतबार पक्राउ गरी जिल्ला प्रशासन कार्यालयको आदेशमा अनुसन्धान लागि भन्दै थुनामा राख्दै आएको थियो। उनलाई साधारण साेमबार साँझ तारेखमा रिहा गरिएकाे हाे।
गुरुङलाई थुनामुक्त गरिसकेकाे जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
शुक्रबार ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदन बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए। त्यही विषयलाई लिएर अभद्र व्यवहारकाे कसूरमा गुरुङलाई पक्राउ गरी थुनामा राख्दै आएकाे थियाे।
गुरुङको पक्राउलाई लिएर सर्वसाधारणबाट समेत मन्त्री श्रेष्ठको चर्को आलोचना भएको थियो । उनकाे रिहाइकाे माग गर्दै साेमबार सर्वाेच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट निवेदन समेत दर्ता भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।