काठमाडौं– सुरक्षागार्ड शेरजंग गुरुङले गल्ती महसुस गरेको उल्लेख गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयउन मन्त्री जीवन श्रेष्ठको सचिवालयले साेमबार विज्ञप्ति जारी गरेर थुनामुक्त गर्न भनेकाे छ।
मन्त्री श्रेष्ठका स्वकीय सचिव भीमसेन राजवाहकले विज्ञप्ती निकाल्दै गृह मन्त्रालयसँग सुरक्षागार्डलाई रिहा गर्न आग्रह गरेका छन्। मन्त्री श्रेष्ठको ठाडो आदेशमा आइतबार पक्राउ परेका गुरुङलाई थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएसँगै उनी प्रहरी वृत्त दरबारमार्गको हिरासतमा थुनामा छन्।
शुक्रबार मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा भिसा आवेदनका लागि पुगेका थिए। बायोमेट्रिक दिन पुगेका मन्त्री श्रेष्ठलाई सुरक्षागार्ड गुरुङले लाइनमा बस्न लगाएका थिए।
मन्त्रीका पीएसओले श्रेष्ठ मन्त्री भएको भनेर सम्झाउँदा पनि उनले ‘मन्त्रीसन्त्री चिन्दिनँ’ भन्दै लाइनमा बस्न लगाएर दूव्यर्वहार गरेको आरोप लगाइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।