काठमाडौं– साताको दोस्रो कारोबार दिन प्रिओपन सेसनमा नेप्से परिसूचक १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात आइतबार ६.६८ अंक बढेर १९७७.३० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १ अंक बढेर १९७८.३० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेको छ।
सोमबार प्रिओपन सेसनमा ११ कम्पनीको ४ लाख १७ हजार ७८१ रुपैयाँ बराबरको १ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ वटा कम्पनीको मूल्य बढेको छ भने ३ वटाको घटेको छ। बाँकी १ कम्पनीको मूल्य प्रिओपन सेसनमा स्थिर रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।