• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

धनगढीमा दर्ता बिनाका अस्पतालको बिगबिगी, कानुन कार्यान्वयनमा सरकारी उदासीनता

64x64
शेरबहादुर ऐर सोमबार, भदौ २०, २०७९  १०:१५
1140x725

धनगढी– एक महिनाअघिदेखि विशेषज्ञ सेवासहित कैलालीको धनगढी उपमहानगरपालिका - १ मा सञ्जीवनी अस्पताल सञ्चालनमा आएको छ। २४ सै घण्टा सुदूरपश्चिमका सम्पूर्ण नागरिकलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएपनि अहिलेसम्म सम्बन्धित निकायबाट इजाजतपत्र स्वीकृत लिएको छैन।

 सञ्जीवनी जस्तै धनगढी उपमहानगरपालिका - १ मा सञ्चालनमा रहेको धर्मरुद्र अस्पतालले पनि दर्ता बिनै सेवा दिइरहेको छ।

बिना दर्ता सञ्चालनमा रहेको अस्पतालबारे सरोकारवाला निकाय जानकार भएपनि कानूनी दायरामा ल्याउन कुनै पहल भएको छैन। स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी (दोस्रो संशोधन) निर्देशिका २०७३ बमोजिम अनुमति बिना कुनै पनि स्वास्थ्य संस्थाले सेवा प्रदान गर्न नपाउने व्यवस्था छ। निर्देशिकाको दफा ३.१ (क) मा ‘अनुमति नलिइ स्वास्थ्य सेवा सञ्चालन गरेको पाईएमा सो कार्य रोक्न तथा त्यस्तो स्वास्थ्य संस्थालाई आवश्यक कारबाहीका लागि गृहमन्त्रालयमार्फत वा सोझै सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा लेखी पठाइने छ  र त्यस्ता संस्थाका सञ्चालकलाई भविष्यमा स्वास्थ्य सेवा सञ्चालन अनुमति प्रदान नगर्ने गरि अभिलेख समेत राखिने छ,’  उल्लेख छ।

देश संघीय संरचनामा गएसंगै १५ शैय्यासम्मका अस्पताल सञ्चालन, इजाजतपत्र प्रदान तथा नवीकरण गर्ने अधिकार स्थानीय तहलाई छ। एक महिनाअघि सेवा प्रदान गर्न शुरु गरेको सञ्जीवनी अस्पतालले धनगढी उपमहानगरपालिकामा इजाजतपत्रका लागि निवेदन दर्ता गरेको दाबी गरेको छ। तर, दर्ता प्रक्रिया पूरा नगरी कुनै पनि अस्पतालले सेवा सञ्चालन गर्न नपाउने कानुनी प्रावधान छ।

दर्ता बिनै सेवा दिँदै आएको सञ्जीवनी अस्पतालका अध्यक्ष दुश्यन्त बस्नेतले अस्पतालले दर्ता नगरी सेवा प्रदान गर्ने प्रक्रियानै बसिसकेको बताए। उनले भने –‘यहाँ दर्ता बिनै अधिकांश अस्पतालहरु सञ्चालनमा छन्। यो त धनगढीमा एक प्रकारको चलन नै बनिसकेको छ। हामीले मात्र सेवा दिन किन रोक्ने ?’

उनले दर्ता गर्न सम्पूर्ण कानुनी प्रक्रिया अघि बढाएको दाबी गरे। उनले भने, ‘अस्पताल सञ्चालनका लागि हामीले उपमहानगरपालिकामा इजाजतपत्रका लागि निवेदन पेश गरेका छौं। अस्पताल निर्माण गर्दा उपमहानगरपालिकाले नै अनुगमन गरी निर्माण सम्पन्नको जानकारी दिन भनेको थियो। हामीले त्यो पनि जानकारी दिएका थियौं। तर, अहिलेसम्म सञ्चालन अनुमति दिइएको छैन।’ उनले अस्पतालमा ठूलो लगानी भएको र भवन पनि भाडामा भएपछि लगानी सुरक्षित गर्न पनि सेवा सञ्चालन गरेको दाबी गरे। 

अस्पतालका अध्यक्ष बस्नेतले अस्पतालले अहिले शल्यक्रिया, भिडियो एक्स–रे, इसीजी, फार्मेसी, मुटुको भिडियो एक्सरे, डिजिटल एक्स–रे, अत्याधुनिक ल्याब सेवा लगायत सेवा दिइरहेको बताए। १५ शैय्याको अस्पतालले सेवा शुरु गरेपनि ५० शैय्या बनाउने आगामी लक्ष्य रहेको उनले बताए। ‘आठ करोड रुपैयाँ लगानी गर्ने भनिएको सो अस्पतालमा अहिलेसम्म हामीले तीन करोडसम्म लगानी गरिसकेको छौँ,’ उनले भने, ‘आगामी दिनमा यसलाई थप व्यवस्थित गर्दै अस्पतालमा सीटी स्क्यान सेवा पनि शुरु गरिने छ।’

उपमहानगरपालिका पर्ख र हेरको अवस्थामा
धनगढी उपमहानगरपालिकामा सञ्जीवनीसँगै १२ वटा अस्पतालहरुले सेवा सञ्चालनका लागि इजाजतपत्र तथा नवीकरणका लागि निवेदन दर्ता गराएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

सञ्जीवनीसँगै सेवा शुरु गरेको धनगढी उपमहानगरपालिका - १ स्थित धर्मरुद्रलगायतका अस्पतालले दर्ता बिनै सेवा शुरु गरेका छन्। उनीहरुले उपमहानगरपालिकामा दर्ताका लागि निवेदन पेश गरेको भएपनि उपमहानगरपालिकाले कागजपत्र दराजमा थन्काएको छ। 

सञ्जीवनी र धर्मरुद्र अस्पताल सेती प्रादेशिक अस्पताल नजिकै रहेकाले उपमहानगरपालिकाले दर्ता प्रक्रिया अघि बढाउन नसकेको स्वास्थ्य महाशाखा प्रमुख कुम्भराज शर्माले बताए। ‘प्रदेश सरकारले बनाएको जनस्वास्थ्य ऐनले सरकारी अस्पताल क्षेत्रदेखि तीन सय मिटरसम्म कुनै पनि स्वास्थ्य संस्था, क्लिनिक, पोलिक्लिनिक सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ,’ उनले भने, ‘सोही ऐनलाई आधार मान्दै नगर प्रमुख गोपाल हमालले विवादमा आउने भन्दै केही दिनलाई कुनै पनि फाइल अघि नबढाउन निर्देशन दिएका छन्।’ उनले उपमहानगरपालिकाको स्वास्थ्य शाखा पर्ख र हेरको अवस्थामा रहेको बताए। उनले उपमहानगरपालिकाभित्र इजाजतपत्र तथा नवीकरणका लागि १२ वटा अस्पतालहरुको निवेदन दर्ता भएको बताए।

धनगढी उपमहानगरपालिकाले दराजमै फाइल अड्काउँदा बिना दर्ता सेवा सञ्चालन गरिरहेका अस्पतालबाट प्राप्त हुने राजश्व गुमाउनुपरेको छ। उपमहानगरपालिकाको आर्थिक ऐन २०७९/८० मा १५ शैय्या अस्पतालले इजाजतपत्र तथा नवीकरणका लागि ७५ हजार रकम तिर्नुपर्ने व्यवस्था छ। २०७४ सालदेखि स्थानीय तहमार्फत अस्पताल रहेको भएपनि उपमहानगरपालिकाले अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट लिनुपर्ने दर्ता तथा नवीकरण शुल्क असुल गर्न सकेको छैन।
 
सञ्जीवनी अस्पतालका अध्यक्ष बस्नेतले अहिलेसम्म प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थानीय तहमा सरकारी अस्पताल परिसर नजिक रहेका निजी अस्पतालहरुलाई दर्ता तथा नवीकरण नगर्न भनी कुनै पनि पत्राचार नगरेको बताए। उनले भने, ‘मन्त्रालयले पत्राचार गरेको हो भने हामीलाई अन्यत्र सार्न भनी समय तोकिनुपर्ने थियो। न त यहाँ अस्पताल दर्ता गरिएको छ। न त कुनै विकल्प नै दिइएको छ।’

प्रदेश सरकारले सरकारी अस्पताल परिसरको तीन सय मिटरसम्म स्वास्थ्य संस्था सञ्चालन गर्न नपाउने व्यवस्था गरेको भएपनि कार्यान्वयन भने गर्न सकेको छैन। स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर जगदीश जोशीले प्रदेश सरकारले ऐन पारित गरेको भएपनि नियमावली निर्माण प्रक्रियामै रहेकाले कार्यान्वयनमा ढिलाई भएको बताए।

पाइलैपिच्छे एकै प्रकृतिका स्वास्थ्य संस्था
सेती अञ्चल अस्पतालको निकासद्वारको सडक पारिपट्टी धर्मरुद्र अस्पताल, सिटी पोलिटेक्निक, सञ्जीवनी अस्पताल, अञ्चल अस्पतालको प्रवेश गेटको झण्डै एक सय मिटरमा पुग्नुभन्दा सडकको वारिपट्टी सारथी र पारिपट्टी नोभा अस्पताल छन्।

स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका बमोजिम ‘एकै प्रकृतिका स्वास्थ्य संस्थाहरु एक किलोमिटर आसपास राख्न नपाइने’ व्यवस्था छ। 

नोभा, धर्मरुद्र, सञ्जीवनी, सारथी र सिटी पोलिक्लिनिकले प्रदान गर्दै आएका सेवामा कुनै पनि भिन्नता नरहेको स्वास्थ्यकर्मीहरु बताउँछन्। ‘सबैले आएका बिरामीलाई चेकजाँच, भिडियो एक्सरे, एक्सरेलगायतका सेवामात्र दिएका छन्’ एक स्वास्थ्यकर्मीले नाम नबताउने सर्तमा भने, ‘गम्भीर प्रकारका बिरामी आए अझै भारत तथा कोहलपुर रिफर गर्नुपर्ने अवस्था छ।’ यस्तै, एकै प्रकारका क्लिनिकहरुका लागि पनि दूरी कायम गरिएपनि त्यो मापदण्ड लागू हुन सकेको छैन।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  १०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गोल्छाकी पत्नीले श्रीमानलाई गैरकानूनी थुनामा राखिएको आरोपमा बन्दी प्रत्यक्षीकरणको रिट हालेकी थिइन् । उक्त रिटमा सुनवाइ गर्दै नृपध्वज... मंगलबार, वैशाख १५, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज कायममुकायम प्रधानन्यायधीश सपना प्रधान मल्ल, न्यायधीशहरू कुमार रेग्मी, डा मनोजकुमार शर्मा, शारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमानको संव... सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? जनअपेक्षा अनुसार सेवा प्रवाह नभएको र समयानुकूल सरकारले काम गर्न नसकेको भन्दै गत भदौ २३ र २४ गते युवा पुस्ताको अगुवाइमा ‘जेनजी’ आन्दो... सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
संविधान संशोनमा न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार समेट्न विज्ञहरुको सुझाव मंगलबार, वैशाख १५, २०८३
शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश मंगलबार, वैशाख १५, २०८३
पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्ने देउवा समूहका नेताहरुको माग मंगलबार, वैशाख १५, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्