दाङ– भारतमा आज भएको सवारी दुर्घटनामा परी ज्यान गुमाउने मध्ये दाङका एक जना पुरुष रहेका छन् र उनीसहित ४ जनाकाे मृत्यु भएकाे खुलेकाे छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा निवासी अन्दाजी ४२ वर्षीय चक्रबहादुर वलीसिहत ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए।
उत्तर प्रदेश बाराबंकीमा शनिबार बिहान भएको दुर्घटनामा वलीसँगै अन्य तीन जना नेपालीको पनि मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके राप्ती सोनारी गाउँपलिका-५ का शितल थारु, प्रेम थारु र नेपालगञ्ज उपमहानगरपालिका-१८ अमरनगर टोलका छविलाल वली रहेका छन् । मृतक सबै मजदुरीका लागि भारत जाँदै गर्दा दुर्घटनामा परेका थिए ।
नेपालगञ्ज सीमावर्ती बजार रुपैडिहाबाट गोवा जान लागेको युपी ३२ पिटी ३९४४ नम्बरको बसलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिँदा दुर्घटनामा परेकाे थियो।
भारतीय प्रहरीका अनुसार डबल डेकरको बस बारबंकी नजिकै टायर पञ्चर भएपछि टायर बदल्नका लागि रोकिएको थियो। तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको हो।
वलीसँगै उनको गाउँबाट गएका अर्का एक जना सकुशल छन्। लामो समयदेखि ड्राइभर पेशामा रहेका वली मजदुरी गर्न पहिलोपटक भारत जान लागेका थिए। तर उनको त्यो सपना भारतीय भूमिमै बिलाएको छ। मृतक वलीको घरमा उनकी श्रीमती दुई छोरी र एक छोरा रहेका छन।
उनकाे शवलाई नेपाल ल्याउने तयारी भइरहेको परिवारले जनाएका छ्न।
दुर्घटनामा परि मृत्यु हुनेमा बाँके राप्ती सोनारी गाउँपलिका - ५ का शितल थारु, प्रेम थारु र नेपालगन्ज उपमहानगरपालिका -१८ अमरनगर टोलका छविलाल वली रहेका छन । मृतक सबै मजदुरीका लागि भारत जादैं गर्दा दुर्घटनामा परेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।