• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, पुस ८, २०८२ Tue, Dec 23, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

जिससको परिपत्र लत्याउँदै घोडाघोडी नगरपालिकाद्वारा विवादित खोलामा ठेक्का आह्वान

64x64
शेरबहादुर ऐर शनिबार, भदौ ११, २०७९  २२:०५
1140x725

धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) उत्खनन्का विषयमा विवाद भएको ठाउँमा ठेक्का आह्वान गरेको छ। 

जिल्ला समन्वय समिति कैलालीले विवादित भएका खोलामा ठेक्का नलगाउन स्थानीय तहलाई परिपत्र गरेको भए पनि सो नगरपालिकाले विवादित खोलामा ठेक्का लगाउन बोलपत्र आह्वान गरेको हो।

आफ्नो कुनै खोलामा विवाद नभएको भन्दै घोडाघोडीले नदीजन्य पदार्थ संकलनका लागि ठेक्का लगाउन सुरु गरेको हो। घोडाघोडी नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले  आफूलाई विवाद बारेमा जानकारी नभएको बताए। 

तर अन्य पालिकाले भने घोडाघोडीले ठेक्का लगाएका खोलामा आफ्नो पनि दाबी गर्दै आएका छन्। घोडाघोडीले ठेक्का लगाएको झिङ्गाला खोलामा मोहन्याल गाउँपालिकासँग विवाद रहेको छ भने कान्द्रा नदीमा गौरिगंगा नगरपालिकासँग विवाद रहेको छ। 

झिङ्गला खोलामा घोडाघोडीसँग सुरुदेखि नै विवाद रहेको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर साउँदले बताए। त्यसैगरी कान्द्रा नदीमा गौरिगंगाको पनि दावी रहेको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिषदत्त भट्टले बताए। 

जिल्ला समन्वय समिति कैलालीले पनि ती खोलामा विवाद रहेको जनाएको छ। जिल्ला समन्वय समिति कैलालीका प्राविधिक दिपेश ठाकुरले घोडाघोडीले विवादित खोलामा पनि आईई प्रतिवेदन बनाएर ठेक्का लगाएको बताए।

‘जिससले गतवर्ष नै सो खोलामा ठेक्का नलगाउन सुझाव दिएको थियो,’ उनले भने, ‘तर घोडाघोडीले यसवर्ष पनि तीनै खोलामा ठेक्का लगाएको छ।’

घोडाघोडी नगरपालिकाले भने यसवर्ष गतवर्षकोभन्दा बढी नदी जन्य पदार्थ संकलन गर्ने गरी ठेक्का लगाएको इन्जिनियर सन्तोष चन्दले बताए। उनले विगतदेखि नदीजन्य पदार्थ संकलन हुँदै आएको खोलामा यस वर्ष पनि ठेक्का लगाउने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए। 

Ncell 2
Ncell 2

गतवर्ष २ लाख घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का लगाएको घोडाडोडीले यसवर्ष दुई लाख २१ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का आह्वान गरेको इन्जिनियर चन्दले बताए। 

उनका अनुसार अहिले २ लाख २१ हजार एक सय १६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी एक करोड ६५ लाख ८३ हजार सात सय ३० न्यूनतम रकम कायम गरी बोलपत्र आह्वान भएको छ। घोडाघोडी नगरपालिकाले कान्द्रा, टेङ्गना, डोडा र झिङ्गाला नदीमा नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का लगाएको हो। 

मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर साउँदले भने विवादित खोलामा ठेक्का लगाउँदा झनै विवाद बढ्ने बताए। अन्य स्थानीय तहले जबरजस्ती गर्ने गरेका कारण सीमा विवाद नसुल्झिएको उनको भनाइ छ। ‘विवादित खोलामा हामीले ठेक्का लगाउने गरेका छैनौं,’ उनले भने, ‘अन्य स्थानीय तहलाई पनि जिससले विवादित स्थानमा ठेक्का नलगाउन भनेको छ, तर केही स्थानीय तहले अटेरी गर्दा सीमा विवाद समाधान हुन सकेको छैन।’

मोहन्याल गाउँपालिकाले यसवर्ष खोलाको नदीजन्य पदार्थ संकलनका लागि वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रतिवेदन समेत बनाएको छैन। विकट क्षेत्रमा काम गर्न समस्या हुने भएका कारण आईई प्रतिवेदन तयार हुन नसकेको कार्यवाहक अध्यक्ष साउँदले बताए। 

गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिष दत्त भट्टले पनि विवादित खोलामा ठेक्का नलगाइएको बताए। उनका अनुसार गौरिगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि सीमाली खोला, गौरिगंगा खोला, तालबन्द खोलामा तीन लाख ३९ हजार २४ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी न्यूनतम तीन करोड ५९ लाख १६ हजार दुई सय ९७ रकम कायम गरि बोलपत्र आह्वान गरेको छ।

यसैगरी कैलालीका अन्य पालिकाले पनि चालू आर्थिक वर्षका लागि नदीजन्य पदार्थ उत्खनन गर्न नदीमा ठेक्का लगाउने प्रक्रिया सुरु गरेका छन्। 

धनगढी उपमहानगरपालिकाले घुराही, शिवगंगा, मोहना र खुटिया नदीमा नदीजन्य पदार्थ दुई लाख ३६ हजार ६ सय ८६ घनमिटर उत्खननका लागि दुई करोड ५० लाख ७४ हजार पाँच सय ९६ न्यूनतम रकम कायम गरि बोलपत्र आह्वान गरेको छ।

गोदावरी नगरपालिकाले खुटिया, खैराना र गोदावरी नदी क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् गराउनका लागि न्यूनतम सात करोड रकम कायम गरेर बोलपत्र आह्वान गरेको छ। 

यसैगरी चुरे गाउँपालिकाले ठुलीगाड नदीमा नदीजन्य पदार्थ उत्खनन गराउन ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ। भजनी नगरपालिका, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बालुवाबाहेक अन्य नदीजन्य पदार्थ छैन। जोशीपुर गाउँपालिकामा नदी पनि नरहेकाले हालसम्म नदीजन्य पदार्थ उत्खनन गराउन सकेको छैन।

भजनी नगरपालिकाले हालसम्म वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (आईई) तयार नगरेको जिससका प्राविधिक दिपेश ठाकुरले बताए। यसैगरी कैलारी गाउँपालिकाले आईई प्रतिवेदन तयार गरिरहेको ठाकुरले बताए। 

कैलालीको वर्दगोरिया, जानकी गाउँपालिकाले अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिरहेको जनाएको छ। जानकी गाउँपालिकाले कर्णाली नदीका ६ वटा स्थानमा नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाउँदै आएको छ।

लम्की चुहा नगरपालिकाले दुई वर्ष अघि तयार गरेको आईई प्रतिवेदनको समयावधि सकिएकोले अझैसम्म प्रतिवेदन तयार गर्न नसकेको जनाएको छ। टीकापुर नगरपालिकाले गत वर्ष कर्णाली नदीमा ठेक्का लगाउँदा विवाद भएपछि यस वर्षदेखि कुनैपनि ठेक्का नलगाउने भन्दै कुनै प्रक्रिया अघि नबढाएको प्राविधिक ठाकुरले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
कान्ति राजमार्ग २० मंसिरदेखि ६० दिन बन्द हुने कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने का... बिहीबार, मंसिर १८, २०८२
इनरुवा-कप्ताङगञ्ज सडक निर्माणको ठेक्का तोडियो सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो।... मंगलबार, मंसिर १६, २०८२
माडी–ठोरी सडकखण्डमा निर्माण अलपत्र पुलको ठेक्का तोडियो वर्षौँदेखि पुल निर्माण अलपत्र पारेको भन्दै सरकारले ठेक्का तोडेको हो। शुक्रबार, मंसिर १२, २०८२
ताजा समाचारसबै
चुनाव सम्पन्न गर्न वातावरण बनाउन सरकार र तीन दलबीच समझदारी मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
महाधिवेशन केही समय पर धकेलिन सक्ने डा. शेखर कोइरालाको संकेत मंगलबार, पुस ८, २०८२
सामान्य अंकले बढ्यो नेप्से मंगलबार, पुस ८, २०८२
सद्‌भावना पार्टीका नेता बद्री मण्डलको निधन मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
रवि र बालेनबीच ६ घण्टा लामो छलफलमा के के भयो? मंगलबार, पुस ८, २०८२
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सांसदको हस्ताक्षरसहित आज सर्वोच्च जाँदै कांग्रेस-एमाले मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
एमालेको केन्द्रीय पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म कसले कति भोट ल्याएर जिते ? (सूचीसहित) बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्