• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

जिससको परिपत्र लत्याउँदै घोडाघोडी नगरपालिकाद्वारा विवादित खोलामा ठेक्का आह्वान

64x64
शेरबहादुर ऐर शनिबार, भदौ ११, २०७९  २२:०५
1140x725

धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाले नदीजन्य पदार्थ (ढुंगा, बालुवा, गिट्टी) उत्खनन्का विषयमा विवाद भएको ठाउँमा ठेक्का आह्वान गरेको छ। 

जिल्ला समन्वय समिति कैलालीले विवादित भएका खोलामा ठेक्का नलगाउन स्थानीय तहलाई परिपत्र गरेको भए पनि सो नगरपालिकाले विवादित खोलामा ठेक्का लगाउन बोलपत्र आह्वान गरेको हो।

आफ्नो कुनै खोलामा विवाद नभएको भन्दै घोडाघोडीले नदीजन्य पदार्थ संकलनका लागि ठेक्का लगाउन सुरु गरेको हो। घोडाघोडी नगरपालिकाका इन्जिनियर सन्तोष चन्दले  आफूलाई विवाद बारेमा जानकारी नभएको बताए। 

तर अन्य पालिकाले भने घोडाघोडीले ठेक्का लगाएका खोलामा आफ्नो पनि दाबी गर्दै आएका छन्। घोडाघोडीले ठेक्का लगाएको झिङ्गाला खोलामा मोहन्याल गाउँपालिकासँग विवाद रहेको छ भने कान्द्रा नदीमा गौरिगंगा नगरपालिकासँग विवाद रहेको छ। 

झिङ्गला खोलामा घोडाघोडीसँग सुरुदेखि नै विवाद रहेको मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर साउँदले बताए। त्यसैगरी कान्द्रा नदीमा गौरिगंगाको पनि दावी रहेको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिषदत्त भट्टले बताए। 

जिल्ला समन्वय समिति कैलालीले पनि ती खोलामा विवाद रहेको जनाएको छ। जिल्ला समन्वय समिति कैलालीका प्राविधिक दिपेश ठाकुरले घोडाघोडीले विवादित खोलामा पनि आईई प्रतिवेदन बनाएर ठेक्का लगाएको बताए।

‘जिससले गतवर्ष नै सो खोलामा ठेक्का नलगाउन सुझाव दिएको थियो,’ उनले भने, ‘तर घोडाघोडीले यसवर्ष पनि तीनै खोलामा ठेक्का लगाएको छ।’

घोडाघोडी नगरपालिकाले भने यसवर्ष गतवर्षकोभन्दा बढी नदी जन्य पदार्थ संकलन गर्ने गरी ठेक्का लगाएको इन्जिनियर सन्तोष चन्दले बताए। उनले विगतदेखि नदीजन्य पदार्थ संकलन हुँदै आएको खोलामा यस वर्ष पनि ठेक्का लगाउने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

गतवर्ष २ लाख घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का लगाएको घोडाडोडीले यसवर्ष दुई लाख २१ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का आह्वान गरेको इन्जिनियर चन्दले बताए। 

उनका अनुसार अहिले २ लाख २१ हजार एक सय १६ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी एक करोड ६५ लाख ८३ हजार सात सय ३० न्यूनतम रकम कायम गरी बोलपत्र आह्वान भएको छ। घोडाघोडी नगरपालिकाले कान्द्रा, टेङ्गना, डोडा र झिङ्गाला नदीमा नदीजन्य पदार्थ उत्खनन गर्ने गरी ठेक्का लगाएको हो। 

मोहन्याल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलबहादुर साउँदले भने विवादित खोलामा ठेक्का लगाउँदा झनै विवाद बढ्ने बताए। अन्य स्थानीय तहले जबरजस्ती गर्ने गरेका कारण सीमा विवाद नसुल्झिएको उनको भनाइ छ। ‘विवादित खोलामा हामीले ठेक्का लगाउने गरेका छैनौं,’ उनले भने, ‘अन्य स्थानीय तहलाई पनि जिससले विवादित स्थानमा ठेक्का नलगाउन भनेको छ, तर केही स्थानीय तहले अटेरी गर्दा सीमा विवाद समाधान हुन सकेको छैन।’

मोहन्याल गाउँपालिकाले यसवर्ष खोलाको नदीजन्य पदार्थ संकलनका लागि वातावरणीय प्रभाव मूल्यांकन (आईई) प्रतिवेदन समेत बनाएको छैन। विकट क्षेत्रमा काम गर्न समस्या हुने भएका कारण आईई प्रतिवेदन तयार हुन नसकेको कार्यवाहक अध्यक्ष साउँदले बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गौरिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिष दत्त भट्टले पनि विवादित खोलामा ठेक्का नलगाइएको बताए। उनका अनुसार गौरिगंगा नगरपालिकाले चालू आर्थिक वर्षका लागि सीमाली खोला, गौरिगंगा खोला, तालबन्द खोलामा तीन लाख ३९ हजार २४ घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी न्यूनतम तीन करोड ५९ लाख १६ हजार दुई सय ९७ रकम कायम गरि बोलपत्र आह्वान गरेको छ।

यसैगरी कैलालीका अन्य पालिकाले पनि चालू आर्थिक वर्षका लागि नदीजन्य पदार्थ उत्खनन गर्न नदीमा ठेक्का लगाउने प्रक्रिया सुरु गरेका छन्। 

धनगढी उपमहानगरपालिकाले घुराही, शिवगंगा, मोहना र खुटिया नदीमा नदीजन्य पदार्थ दुई लाख ३६ हजार ६ सय ८६ घनमिटर उत्खननका लागि दुई करोड ५० लाख ७४ हजार पाँच सय ९६ न्यूनतम रकम कायम गरि बोलपत्र आह्वान गरेको छ।

गोदावरी नगरपालिकाले खुटिया, खैराना र गोदावरी नदी क्षेत्रमा नदीजन्य पदार्थ उत्खनन् गराउनका लागि न्यूनतम सात करोड रकम कायम गरेर बोलपत्र आह्वान गरेको छ। 

यसैगरी चुरे गाउँपालिकाले ठुलीगाड नदीमा नदीजन्य पदार्थ उत्खनन गराउन ठेक्का प्रक्रिया अघि बढाएको जनाएको छ। भजनी नगरपालिका, जोशीपुर र कैलारी गाउँपालिका क्षेत्रमा बालुवाबाहेक अन्य नदीजन्य पदार्थ छैन। जोशीपुर गाउँपालिकामा नदी पनि नरहेकाले हालसम्म नदीजन्य पदार्थ उत्खनन गराउन सकेको छैन।

भजनी नगरपालिकाले हालसम्म वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (आईई) तयार नगरेको जिससका प्राविधिक दिपेश ठाकुरले बताए। यसैगरी कैलारी गाउँपालिकाले आईई प्रतिवेदन तयार गरिरहेको ठाकुरले बताए। 

कैलालीको वर्दगोरिया, जानकी गाउँपालिकाले अहिले वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरिरहेको जनाएको छ। जानकी गाउँपालिकाले कर्णाली नदीका ६ वटा स्थानमा नदीजन्य पदार्थ उत्खननको ठेक्का लगाउँदै आएको छ।

लम्की चुहा नगरपालिकाले दुई वर्ष अघि तयार गरेको आईई प्रतिवेदनको समयावधि सकिएकोले अझैसम्म प्रतिवेदन तयार गर्न नसकेको जनाएको छ। टीकापुर नगरपालिकाले गत वर्ष कर्णाली नदीमा ठेक्का लगाउँदा विवाद भएपछि यस वर्षदेखि कुनैपनि ठेक्का नलगाउने भन्दै कुनै प्रक्रिया अघि नबढाएको प्राविधिक ठाकुरले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, भदौ ११, २०७९  २२:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
चार प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै बुधबार, असोज २८, २०८३
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बुधबार, असोज २८, २०८३
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना बुधबार, असोज २८, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्