काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
बिहीबार भिडियो सन्देश जारी गर्दै उनले पार्टीको विशेष महाधिवेशन र आधिकारिकताको विवादसँग जोडेर आफूविरुद्ध नियोजित रूपमा हल्ला फैलाइएको भन्दै उनले त्यसलाई पूर्ण रूपमा खारेज गरेका हुन् ।
कांग्रेस सभापति थापाले प्रहरी हिरासतमा रहेका फिक्सर इमन सापकोटाको नाममा सार्वजनिक भएको अडियोमा आफ्नो नाम जोडिएको विषयमा अनुसन्धानबाट सत्यतथ्य बाहिर आउनुपर्ने बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।