काठमाडौं– रकेट हमलामा सिरियामा तीन अमेरिकी सेना घाइते भएका छन्। अमेरिकाले आक्रमणको हेलिकप्टरबाट हमला गरेर जवाफ दिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले विज्ञप्ति मार्फत जनाएको छ।
मिसन सपोर्ट साइट कोनोकोमा एक सैनिकलाई गम्भीर र अन्य दुई जनालाई भने सामान्य चोटपटक लागेको छ। संदिग्ध इरान समर्थित लडाकुहरूले बुधबार साँझ उत्तरपूर्वी सिरियाको कोनोको र ग्रीन गाउँमा अमेरिकी सेनाहरू बस्ने दुईवटा अमेरिकी बेसमा रकेटहरू प्रहार गरेका थिए।
अमेरिकी सेनाले भने सो आक्रमणको हेलिकप्टर प्रयोग गर्दै जवाफ दिएको छ र प्रक्षेपणमा प्रयोग गरिने तीनवटा गाडी र उपकरणहरू नष्ट गरेको बताएको छ।
आक्रमण बारे अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।