• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

करार र अस्थायी कर्मचारीलाई सीधै स्थायी गर्नेगरी ऐन ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

64x64
शेरबहादुर ऐर मंगलबार, भदौ ७, २०७९  ०७:१४
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न तहका करार तथा अस्थायी कर्मचारीलाई स्थायी गर्नेगरी नयाँ ऐन ल्याउने भएको छ। हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधान विपरीत प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीलाई स्थायी गर्न ऐन ल्याउन लागेको हो। 

संघीय संसद्‌मा विचाराधीन रहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले समेत करार र अस्थायी कर्मचारीलाई सिधै स्थायी गर्ने परिकल्पना गरेको छैन। तर, सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अस्थायी तथा करार कर्मचारीलाई आन्तरिक मूल्याङ्कनका आधारमा स्थायी गर्ने भनिएको छ। 

प्रदेश सरकारले अस्थायी तथा करारमा कार्यरत श्रेणीविहीन कर्मचारीलाई सहायक तेस्रो तह कायम हुने गरी स्थायी गर्ने व्यवस्था पनि विधेयकमा गरेको छ। 

विधायन तथा प्रदेश मामिला समितिमा छलफलमा रहेको सो विधेयकको मस्यौदाको परिच्छेद २ को दफा ५ को उपदफा (३)  भनिएको छ– ‘ऐन प्रारम्भ हुँदाका बखत स्वीकृत दरबन्दीमा करार वा अस्थायी रुपमा कार्यरत र कार्यालय सहयोगी, माली, चौकिदार, हेभी सवारी चालक, हलुका सवारी चालक, कम्प्युटर अपरेटर र स्वीपर पदका कर्मचारीलाई अख्तियारवालाले आन्तरिक मूल्यांकन गरी स्थायी पदपूर्ति गर्नेछ। यसरी पदपूर्ति भएका कर्मचारीले तहगत प्रणालीमा आबद्ध हुन चाहेमा त्यस्ता कर्मचारीलाई सहायक तेस्रो तहमा कायम गरिनेछ।’ 

हाल कायम रहेको निजामति सेवा ऐन २०४९ मा श्रेणीविहीन कर्मचारीले श्रेणीमा आबद्ध हुन चाहेमा राजपत्र अन‌ंकित पाँचौं श्रेणीमा कायम गरिने व्यवस्था छ। तर, प्रदेश सरकारले भने दुई श्रेणी (तह)माथि कायम गर्ने व्यवस्था ल्याउन लागेको छ। 

प्रदेश सरकारले ल्याउन लागेको उक्त विधेयकप्रति कर्मचारीहरुले नै विरोध जनाइरहेका छन्। आफ्नो तजबिजमा अस्थायी र करार सेवाको कर्मचारीमा नियुक्त गरिएका आफन्त तथा नातेदारलाई स्थायी बनाउन ऐन नै ल्याउन लागिएको भन्दै कर्मचारीहरुले विरोध जनाइरहेका छन्। 

‘प्रदेश सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले नै आफन्त र नातेदारलाई विभिन्न ठाउँमा अस्थायी र करार कर्मचारीका रुपमा नियुक्त गरेका छन्। अहिले उनीहरुलाई स्थायी बनाउन कानुन नै ल्याउन लागिएको छ,’ प्रदेश सभा सचिवालयमा कार्यरत एक कर्मचारीले भने। 

उक्त विधेयकमा नयाँ करार तथा अस्थायी पदपूर्ति नगर्ने व्यवस्था पनि गरिएको छ। विधेयकको दफा ५ को उपदफा (४)मा  अस्थायी र करार पदमा नयाँ पदपूर्ति नगरिने भनिएको छ। यस्तै, उपदफा (५) मा सहायक तेस्रो तहमा कायम भएका अस्थायी तथा करार कर्मचारीको दरबन्दी स्वत: खारेज हुने भनिएको छ। यदि कुनै कर्मचारी अवकासमा गए मात्रै दरबन्दी स्वत: सिर्जना हुने उक्त उपदफमा उल्लेख गरिएको छ। ‘सहायक तेस्रो तहमा कायम भएका कर्मचारीको दरबन्दी स्वतः खारेज हुनेछ। अवकाश भएपश्चात उक्त दरबन्दी स्वतः सिर्जना हुनेछ,’ उपदफा (५)मा भनिएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

विधेयकको दफा १३ मा निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने भनिएपनि स्थायी पदपूर्ति नहुने पदमा करार वा ज्यालादारीमा पदपूर्ति गर्न सकिने उल्लेख छ।  ‘स्वीकृत दरबन्दी भित्रको कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, माली, स्वीपर, प्लम्बर, इलेक्ट्रिसियन र सवारी चालक जस्ता स्थायी पदपुर्ति नहुने पदमा करार वा ज्यालादारीमा पदपूर्ति गर्न सकिने छ,’ दफा १३ मा भनिएको छ।

समावेशीका लागि ४९ प्रतिशत  
प्रदेश सरकारले ल्याउन लागेको ऐनको मस्यौदामा निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद समावेशीका लागि छुट्याउने व्यवस्था गरिएको छ। 

हाल कायम रहेको निजामति सेवा ऐनमा समावेशी तर्फ ४५ प्रतिशत छुट्याउने व्यवस्था छ। हाल कायम रहेको निजामित सेवा ऐन २०४९ मा  खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रका उम्मेदवारबीचमा मात्रै छुट्टा–छुट्टै प्रतिस्पर्धा गराइ पदपूर्ति गरिने व्यवस्था छ।  

सुदूरपश्चिम प्रदेश सरकारले महिलाका लागि अलग्गै व्यवस्था नगरी प्रत्येक समूहमा महिलाका लागि ५० प्रतिशत पद आरक्षित गरेर पूर्ति गर्ने व्यवस्था गर्न लागेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समावेशी तर्फको ४९ प्रतिशतलाई शतप्रतिशत मानेर दलितका सबैभन्दा बढी २१ प्रतिशत आरक्षणको व्यवस्था विधेयकमा गरिएको छ। यस्तै, थारुका लागि २० प्रतिशत, आर्थिक रुपले विपन्न खस आर्यका लागि १७ प्रतिशत, आदिवासी/जनजाति, पिछडिएको क्षेत्रका लागि १५/१५ प्रतिशत, अपाङ्गता भएका व्यक्तिका लागि ५ प्रतिशत, मधेसीका लागि ४ प्रतिशत र मुस्लिमका लागि ३ प्रतिशतको आरक्षण गरिएको छ। 

आरक्षण समूहका लागि छुट्टाइएको प्रतिशतलाई शतप्रतिशत मानी महिलाका लागि ५० प्रतिशत हुने व्यवस्था विधेयकमा गरिएको छ। उदाहरणका रुपमा: दलितका लागि छुट्याइएको २१ प्रतिशतलाई शतप्रतिशत मानेर त्यहाँ ५० प्रतिशत दलित महिलाका लागि आरक्षण हुनेछ। 

पिछडिएको क्षेत्र भने संघीय कानुनले उल्लेख गरे बमोजिम हुने विधेयकमा जनाइएको छ। हाल कायम रहेको निजामति सेवा ऐनले अछाम, कालिकोट,जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लालाई पिछडिएको क्षेत्र मानेको छ। 

दलित, थारु र आर्थिक रुपले विपन्न खस आर्य वर्गको आरक्षणका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्ने व्यवस्थामा विधेयकमा उल्लेख छ। 

यस्तै, कुनै खास प्रकृतिको कार्य वा पदका लागि महिलाले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पद तोक्न सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ।  

छिट्टै पारित गर्छौ: मन्त्री रावल
संघीय सरकारले नै निजामति सेवासम्बन्धी ऐन नल्याउँदा सुदूरपश्चिम प्रदेश सरकारले बनाएको उक्त विधेयक पनि विषयगत समितिमा थन्किएको छ। 

प्रदेश सरकारको काम कारबाही र विकासका गतिविधिलाई तीव्रता दिन प्राविधिक कर्मचारी नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको प्रदेश सरकारका मन्त्रीहरुको प्रतिक्रिया रहने गरेको छ। 

प्रदेशमा आवश्यकताअनुसार कर्मचारी भर्ना गर्न प्रदेश सभाले प्रदेश लोक सेवा गठनसम्बन्धी ऐन पारित गरी  सोहीअनुसार आयोग गठन पनि भइसकेको छ। आयोगले विभिन्न पदका लागि सूचना जारी गर्दै परीक्षा लिएर कर्मचारीको पदपूर्ति पनि भइरहेको छ। 

आन्तरिक ममिला तथा कानुनमन्त्री रणबहादुर रावल भने संघले ऐन नल्याउँदा प्रदेशले पनि ल्याउन नसकेको र त्यसका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको बताउँछन्। 

‘प्राविधिक कर्मचारी अभाव हुँदा प्रदेश गौरवका योजनाका कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्न सकेका छैनन्,’ उनले भने, ‘अब प्रदेश सभा बैठकबाट यथाशीघ्र प्रदेश निजामति कर्मचारी ऐन पारित गराइ प्रदेश सरकारले काम अघि बढाउने छ।’

मन्त्री रावलले संघीय सरकारको ऐन आएपछि सो ऐनसँग बाझिएका दफाहरु संशोधन गर्ने शर्तमा प्रदेश सभामा रहेको विधेयक पारित गराउने गरि प्रदेश सरकार लागि रहेको बताए। 

तर, सत्ता पक्षकै दलका सांसदहरु भने संघीय निजामति सेवा ऐन नआउँदै प्रदेशले निजामति ऐन ल्याउन उपयुक्त नहुने बताउँछन्। विभिन्न कमीकमजोरीसहित ऐनहरु पारित गरिँदा कार्यान्वयनमा नजाँदै त्यस्ता ऐनहरुलाई संशोधन गर्न प्रदेश सभामा पेस गर्नुपर्ने बाध्यता रहेको पनि प्रदेश सभा सदस्यहरुको भनाइ छ। 

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्का विधायक र सरकारकै कमजोर सोचका कारण ऐन कार्यान्वयनमा नजाँदै संशोधन गर्नुपर्ने अवस्था रहेको बताउँछन्। अब भने यस्तो अवस्थामा सुधार ल्याउनुपर्ने उनको भनाइ छ। ‘संघीय सरकारले निजामती कर्मचारी ऐन नल्याउँदै सुदूरपश्चिम प्रदेश सभाबाट पारित गराउन उपयुक्त हुँदैन,’ उनले भने, ‘पटक–पटक ऐन संशोधनका लागि सभामा पेस हुँदा विधायक र सरकारको क्षमतामा प्रश्न उठ्छ।’

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ प्रहरीका अनुसार २०८३ असोज २७ गते बिहान करिब ७ः३० बजे छायाँनाथ रारा नगरपालिका–५, कार्कीबाडा निवासी ३३ वर्षीय अजय कामीले सोही स्थानका... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्