• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

करार र अस्थायी कर्मचारीलाई सीधै स्थायी गर्नेगरी ऐन ल्याउँदै सुदूरपश्चिम प्रदेश सरकार

64x64
शेरबहादुर ऐर मंगलबार, भदौ ७, २०७९  ०७:१४
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न तहका करार तथा अस्थायी कर्मचारीलाई स्थायी गर्नेगरी नयाँ ऐन ल्याउने भएको छ। हाल कायम रहेको निजामति सेवा ऐन २०४९ को प्रावधान विपरीत प्रदेश सरकारले अस्थायी र करार सेवाका कर्मचारीलाई स्थायी गर्न ऐन ल्याउन लागेको हो। 

संघीय संसद्‌मा विचाराधीन रहेको ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ले समेत करार र अस्थायी कर्मचारीलाई सिधै स्थायी गर्ने परिकल्पना गरेको छैन। तर, सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको ‘सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अस्थायी तथा करार कर्मचारीलाई आन्तरिक मूल्याङ्कनका आधारमा स्थायी गर्ने भनिएको छ। 

प्रदेश सरकारले अस्थायी तथा करारमा कार्यरत श्रेणीविहीन कर्मचारीलाई सहायक तेस्रो तह कायम हुने गरी स्थायी गर्ने व्यवस्था पनि विधेयकमा गरेको छ। 

विधायन तथा प्रदेश मामिला समितिमा छलफलमा रहेको सो विधेयकको मस्यौदाको परिच्छेद २ को दफा ५ को उपदफा (३)  भनिएको छ– ‘ऐन प्रारम्भ हुँदाका बखत स्वीकृत दरबन्दीमा करार वा अस्थायी रुपमा कार्यरत र कार्यालय सहयोगी, माली, चौकिदार, हेभी सवारी चालक, हलुका सवारी चालक, कम्प्युटर अपरेटर र स्वीपर पदका कर्मचारीलाई अख्तियारवालाले आन्तरिक मूल्यांकन गरी स्थायी पदपूर्ति गर्नेछ। यसरी पदपूर्ति भएका कर्मचारीले तहगत प्रणालीमा आबद्ध हुन चाहेमा त्यस्ता कर्मचारीलाई सहायक तेस्रो तहमा कायम गरिनेछ।’ 

हाल कायम रहेको निजामति सेवा ऐन २०४९ मा श्रेणीविहीन कर्मचारीले श्रेणीमा आबद्ध हुन चाहेमा राजपत्र अन‌ंकित पाँचौं श्रेणीमा कायम गरिने व्यवस्था छ। तर, प्रदेश सरकारले भने दुई श्रेणी (तह)माथि कायम गर्ने व्यवस्था ल्याउन लागेको छ। 

प्रदेश सरकारले ल्याउन लागेको उक्त विधेयकप्रति कर्मचारीहरुले नै विरोध जनाइरहेका छन्। आफ्नो तजबिजमा अस्थायी र करार सेवाको कर्मचारीमा नियुक्त गरिएका आफन्त तथा नातेदारलाई स्थायी बनाउन ऐन नै ल्याउन लागिएको भन्दै कर्मचारीहरुले विरोध जनाइरहेका छन्। 

‘प्रदेश सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरुले नै आफन्त र नातेदारलाई विभिन्न ठाउँमा अस्थायी र करार कर्मचारीका रुपमा नियुक्त गरेका छन्। अहिले उनीहरुलाई स्थायी बनाउन कानुन नै ल्याउन लागिएको छ,’ प्रदेश सभा सचिवालयमा कार्यरत एक कर्मचारीले भने। 

उक्त विधेयकमा नयाँ करार तथा अस्थायी पदपूर्ति नगर्ने व्यवस्था पनि गरिएको छ। विधेयकको दफा ५ को उपदफा (४)मा  अस्थायी र करार पदमा नयाँ पदपूर्ति नगरिने भनिएको छ। यस्तै, उपदफा (५) मा सहायक तेस्रो तहमा कायम भएका अस्थायी तथा करार कर्मचारीको दरबन्दी स्वत: खारेज हुने भनिएको छ। यदि कुनै कर्मचारी अवकासमा गए मात्रै दरबन्दी स्वत: सिर्जना हुने उक्त उपदफमा उल्लेख गरिएको छ। ‘सहायक तेस्रो तहमा कायम भएका कर्मचारीको दरबन्दी स्वतः खारेज हुनेछ। अवकाश भएपश्चात उक्त दरबन्दी स्वतः सिर्जना हुनेछ,’ उपदफा (५)मा भनिएको छ।

Ncell 2
Ncell 2

विधेयकको दफा १३ मा निजामती कर्मचारीले गर्नुपर्ने कामका लागि ज्यालादारी वा करारमा कर्मचारी नियुक्त गर्न नपाइने भनिएपनि स्थायी पदपूर्ति नहुने पदमा करार वा ज्यालादारीमा पदपूर्ति गर्न सकिने उल्लेख छ।  ‘स्वीकृत दरबन्दी भित्रको कम्प्युटर अपरेटर, कार्यालय सहयोगी, माली, स्वीपर, प्लम्बर, इलेक्ट्रिसियन र सवारी चालक जस्ता स्थायी पदपुर्ति नहुने पदमा करार वा ज्यालादारीमा पदपूर्ति गर्न सकिने छ,’ दफा १३ मा भनिएको छ।

समावेशीका लागि ४९ प्रतिशत  
प्रदेश सरकारले ल्याउन लागेको ऐनको मस्यौदामा निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने पदमध्ये ४९ प्रतिशत पद समावेशीका लागि छुट्याउने व्यवस्था गरिएको छ। 

हाल कायम रहेको निजामति सेवा ऐनमा समावेशी तर्फ ४५ प्रतिशत छुट्याउने व्यवस्था छ। हाल कायम रहेको निजामित सेवा ऐन २०४९ मा  खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई शतप्रतिशत मानी महिला, आदिवासी/जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रका उम्मेदवारबीचमा मात्रै छुट्टा–छुट्टै प्रतिस्पर्धा गराइ पदपूर्ति गरिने व्यवस्था छ।  

सुदूरपश्चिम प्रदेश सरकारले महिलाका लागि अलग्गै व्यवस्था नगरी प्रत्येक समूहमा महिलाका लागि ५० प्रतिशत पद आरक्षित गरेर पूर्ति गर्ने व्यवस्था गर्न लागेको छ। 

समावेशी तर्फको ४९ प्रतिशतलाई शतप्रतिशत मानेर दलितका सबैभन्दा बढी २१ प्रतिशत आरक्षणको व्यवस्था विधेयकमा गरिएको छ। यस्तै, थारुका लागि २० प्रतिशत, आर्थिक रुपले विपन्न खस आर्यका लागि १७ प्रतिशत, आदिवासी/जनजाति, पिछडिएको क्षेत्रका लागि १५/१५ प्रतिशत, अपाङ्गता भएका व्यक्तिका लागि ५ प्रतिशत, मधेसीका लागि ४ प्रतिशत र मुस्लिमका लागि ३ प्रतिशतको आरक्षण गरिएको छ। 

आरक्षण समूहका लागि छुट्टाइएको प्रतिशतलाई शतप्रतिशत मानी महिलाका लागि ५० प्रतिशत हुने व्यवस्था विधेयकमा गरिएको छ। उदाहरणका रुपमा: दलितका लागि छुट्याइएको २१ प्रतिशतलाई शतप्रतिशत मानेर त्यहाँ ५० प्रतिशत दलित महिलाका लागि आरक्षण हुनेछ। 

पिछडिएको क्षेत्र भने संघीय कानुनले उल्लेख गरे बमोजिम हुने विधेयकमा जनाइएको छ। हाल कायम रहेको निजामति सेवा ऐनले अछाम, कालिकोट,जाजरकोट, जुम्ला, डोल्पा, बझाङ, बाजुरा, मुगु र हुम्ला जिल्लालाई पिछडिएको क्षेत्र मानेको छ। 

दलित, थारु र आर्थिक रुपले विपन्न खस आर्य वर्गको आरक्षणका हकमा सम्बन्धित स्थानीय तहको सिफारिस पेस गर्नुपर्ने व्यवस्थामा विधेयकमा उल्लेख छ। 

यस्तै, कुनै खास प्रकृतिको कार्य वा पदका लागि महिलाले मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी प्रदेश सरकारले राजपत्रमा सूचना प्रकाशन गरी पद तोक्न सक्ने व्यवस्था पनि विधेयकमा गरिएको छ।  

छिट्टै पारित गर्छौ: मन्त्री रावल
संघीय सरकारले नै निजामति सेवासम्बन्धी ऐन नल्याउँदा सुदूरपश्चिम प्रदेश सरकारले बनाएको उक्त विधेयक पनि विषयगत समितिमा थन्किएको छ। 

प्रदेश सरकारको काम कारबाही र विकासका गतिविधिलाई तीव्रता दिन प्राविधिक कर्मचारी नहुँदा प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको प्रदेश सरकारका मन्त्रीहरुको प्रतिक्रिया रहने गरेको छ। 

प्रदेशमा आवश्यकताअनुसार कर्मचारी भर्ना गर्न प्रदेश सभाले प्रदेश लोक सेवा गठनसम्बन्धी ऐन पारित गरी  सोहीअनुसार आयोग गठन पनि भइसकेको छ। आयोगले विभिन्न पदका लागि सूचना जारी गर्दै परीक्षा लिएर कर्मचारीको पदपूर्ति पनि भइरहेको छ। 

आन्तरिक ममिला तथा कानुनमन्त्री रणबहादुर रावल भने संघले ऐन नल्याउँदा प्रदेशले पनि ल्याउन नसकेको र त्यसका कारण प्रदेश सरकारलाई काम गर्न समस्या भइरहेको बताउँछन्। 

‘प्राविधिक कर्मचारी अभाव हुँदा प्रदेश गौरवका योजनाका कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्न सकेका छैनन्,’ उनले भने, ‘अब प्रदेश सभा बैठकबाट यथाशीघ्र प्रदेश निजामति कर्मचारी ऐन पारित गराइ प्रदेश सरकारले काम अघि बढाउने छ।’

मन्त्री रावलले संघीय सरकारको ऐन आएपछि सो ऐनसँग बाझिएका दफाहरु संशोधन गर्ने शर्तमा प्रदेश सभामा रहेको विधेयक पारित गराउने गरि प्रदेश सरकार लागि रहेको बताए। 

तर, सत्ता पक्षकै दलका सांसदहरु भने संघीय निजामति सेवा ऐन नआउँदै प्रदेशले निजामति ऐन ल्याउन उपयुक्त नहुने बताउँछन्। विभिन्न कमीकमजोरीसहित ऐनहरु पारित गरिँदा कार्यान्वयनमा नजाँदै त्यस्ता ऐनहरुलाई संशोधन गर्न प्रदेश सभामा पेस गर्नुपर्ने बाध्यता रहेको पनि प्रदेश सभा सदस्यहरुको भनाइ छ। 

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्का विधायक र सरकारकै कमजोर सोचका कारण ऐन कार्यान्वयनमा नजाँदै संशोधन गर्नुपर्ने अवस्था रहेको बताउँछन्। अब भने यस्तो अवस्थामा सुधार ल्याउनुपर्ने उनको भनाइ छ। ‘संघीय सरकारले निजामती कर्मचारी ऐन नल्याउँदै सुदूरपश्चिम प्रदेश सभाबाट पारित गराउन उपयुक्त हुँदैन,’ उनले भने, ‘पटक–पटक ऐन संशोधनका लागि सभामा पेस हुँदा विधायक र सरकारको क्षमतामा प्रश्न उठ्छ।’

प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९  ०७:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला सूचनाअनुसार देशभर नेपाली शिक्षक ७४ जना, अंग्रेजी शिक्षक ९६ जना माग गरेको छ। यस्तै, गणित शिक्षक ८३ जना, विज्ञान शिक्षक ११३ जना, सामाज... शनिबार, माघ ३, २०८२
तिला नदीमा जिप खस्दा तीन जनाको मृत्यु उनका अनुसार मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका घर भएका २८ वर्षीय शङ्कर कठायत, अछामका टेकेन्द्र शाही र सहचालक कालीकोटको शुभकालिका–२... शनिबार, माघ ३, २०८२
आज यी दुई प्रदेशका उच्च पहाडी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ । पहाडी तथा हिमा... शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्