• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

लद्दाखपछि अरुणाञ्चल र सिक्किममा चीन–भारत फेरि  हुँदैछन् आमुन्नेसामुन्ने? 

64x64
नेपाल लाइभ शनिबार, भदौ ४, २०७९  ११:४५
1140x725

काठमाडौं– पछिल्लो दशक भारत र चीनका बिचमा तनाव लगातार जारी छ। लद्दाखदेखि अरुणाञ्चल र अन्य घाटीहरुमा दुई छिमेका बिचमा तनावसँगै वार्ता अनि फेरि तनाव जारी रहेको छ।

दुई शक्तिशाली छिमेकीकाबीच पछिल्लो दशकमा जारी रहेको तनावका क्रममा पछिल्लो समय अरुणाञ्चल र सिक्किमको विवाद शुरु भएको छ। भारतीय सञ्चार माध्यमहरुले यी दुई क्षेत्रसँग चीन र भारतको सीमा विवादका खबरहरु सार्वजनिक गर्न थालेका छन्। अंग्रेजी पत्रिका द टेलिग्राफको एक समाचारअनुसार सुरक्षा एजेन्सीले चिनियाँ सेनाले अरुणाञ्चल प्रदेश र सिक्किमको वास्तविक नियन्त्रण रेखा (एलओसी)मा आक्रमक कदम उठाइरहेका छन्। 

पत्रिकाकाअनुसार चीनले लद्दाखमा यथास्थिति बदल्ने कोसिसबाहेक पूर्वी सीमा क्षेत्रहरुमा गस्ती बढाउन थालेको छ। चीनले सैन्य पोष्टहरु उक्त क्षेत्रमा बढाउँदै लगेको छ भने हाल जारी रहेको सैन्य ढाँचाहरु पनि बलियो बनाउन शुरु गरेको छ।

केन्द्रीय मन्त्रालयसँग जोडिएका एक सुरक्षा अधिकारीले भने, ‘खुफिया रिर्पोट र स्थलगत आकलनअनुसार अरुणाञ्चल प्रदेशको तवाङ्गमा चीनले आक्रामक गस्ती लगाउँदै गरेको संकेत मिलेका छन् । उनीहरुले सीमा नजिकै आफ्नो सैनिक पोष्टहरु बनाउँदै गरेको र तीव्र रुपमा आफ्ना सैनिक फोर्सलाई  बलियो बनाएको सूचनाहरु प्राप्त भएका छन् ।’ यी क्षेत्रहरुमा विगतमा यति धेरै सैन्य तयारी नदेखिएकाले पनि सतर्क हुनुपर्ने देखिएको ती रिर्पोटहरुमा उल्लेख छ। ‘पूर्वी सेक्टरमा सीमाको नजिकै चिनियाँ सेनाको बढ्दो तैनाथीले सर्तक गर्ने वाला छ।' रक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘उनीहरुले आक्रामक  इरादा देखाउने र सैन्य गस्ति बढाउनुको अलावा अतिरिक्त सैन्य सामाग्रीहरुको तैनाथ गर्न थालेका छन् ।’ 

india-china 21660975795.gif

ती अधिकारीले भारतले पनि सीमा नजिक बलियो संरचना निर्माण गर्न शुरु गरिसकेको छ। त्यस्तै चीन एलओसीको क्षेत्रमा प्रवेश गरेमा रोक्नका लागि अतिरिक्त सेनाको तैनाथ गर्न थालिएको ती अधिकारीले बताए। 

दुई देशका बीचमा ३,४८८ किलोमिटरको वास्तविक नियन्त्रण रेखाको १,३४६ किलोमिरको हिस्सा पूर्वी सेक्टरमा पर्दछ। एक्लै तवाङ्ग सेक्टरमा चीनसँग २७० किलोमिटर सीमा पर्दछ। चीनले यो दाबी गरेको छ कि पूर्वी सेक्टरमा ९० हजार वर्ग किलोमिटरको इलाका अर्थात पूरै अरुणाञ्चल प्रदेश उसको हो। तर भारतले चीनको यस्तो दाबीलाई आपत्ति जनाउदै आएको छ। दुई देशका सेनाका पछिल्लो वर्ष अक्टुबरमा केही घन्टा आमन्नेसामन्ने भएका थिए। करिब २०० चिनियाँ सैनिकले एलओसीको सीमा पार गरेको भारतीय पक्षको आरोप थियो। पछि उनीहरु फर्केका थिए। रक्षा मन्त्रालयका एक सैन्य अधिकारीले भने ‘चीनको सीमा उल्लंघनको प्रयास रोक्न भारतीय सेनाको आफ्नो पोष्ट मजबुत रहेको छ।’ ती अधिकारीले बताएका छन् कि भारतले उक्त क्षेत्रमा अतिरिक्त क्यामेरा लगाएको र चिनियाँहरुमाथि निगरानी राख्न स्याटेलाइटको तस्वीरको पनि प्रयोग गरिरहेको छ।
 
भारत र चीनबीच मे २०२० मा पूर्वी लद्दाखको सीमामा गतिरोधको स्थिति बनेको थियो।  उक्त गतिरोध अन्त्यका लागि दुई देशका कमान्डरस्तरमा कयौँ पटक वार्तासमेत भएका थिए।  

भारतीय विदेशमन्त्रीको टिप्पणी: भारत–चीन सम्बन्ध जटिल बाटोमा 
 
भारतका विदेशमन्त्री एस जयशंकरले पछिल्लो पटक फेरि चिनियाँ सम्बन्ध बारे टिप्पणी गरेका छन् । उनले चीनको सीमा विवादका कारण  भारत–चीन सम्बन्ध एकदमै मुस्किलको बाटोबाट गुज्रिरहेको भनेर टिप्पणी गरेका छन्। यदि दुवै देशले  एकै ठाउँमा उभिएर यसको समाधान नखोज्ने हो भने एसियाली सम्बन्ध बनाउनमा नै मुस्किल हुने उनले बताए। उनले भारतीय पत्रिका 'हिन्दुस्तान टाइम्स' सँगको कुराकानीमा दुई देश बीचको सम्बन्धले भारतलाई मात्र नभइ अन्य देशहरुको सम्बन्धलाई पनि असर पार्ने संकेत गरेका थिए।  

Ncell 2
Ncell 2
nimb
nimb

एस जयशंकर अहिले थाइल्याण्डको भ्रमणमा रहेका छन्। उनले त्यहाँको एक विश्वविद्यालयमा सम्बोधन गर्दै चीन र भारतको सम्बन्ध अधिक रुपमा उनीहरुका बीचमा  कस्तो सहमती हुन्छ त्यसमा निर्भर गर्ने बताए। उनले पूर्व चिनियाँ नेता देङ सिओपिङको कथनलाई स्मरण गर्दै भारत र चीनको सम्बन्धका बारेमा व्याख्या गरे। देङ सिआओपिङले भारत र चीन एक साथ हुने हो भने एसियाली शक्ति बन्न सक्ने बताएका थिए। ‘तर एसियाली शक्ति हुन मुस्किल छ  यदि भारत र चीन एकसाथै नहुने हो भने। आज मुख्य सवाल यो छ कि भारत–चीन सम्बन्ध कता तिर जादै छ ’ उनले भने, ‘चीनले सीमामा पछिल्ला दुई वर्षमा जे गरेको छ यसलाई मध्यनजर गर्दा सम्बन्ध निकै कठिन मोडबाट गुज्रिरहेको छ।'
  
भारत र चीनकाबीच सीमा विवाद पुरानै 

भारत र चीनबीच ३,५०० किलोमिटर लामो सीमा छ। यी सबै सीमामा दुई देशबीच समय समयमा तनाव उत्पन्न हुने गरेका छन्। 

सीमासम्बन्धी विवादकै कारण सन् १९६२ मा भारत–चीन युद्ध भएको थियो। भारतले उक्त युद्धमा नराम्रो हारको सामाना गर्नु परेको थियो ।  त्यसपछि २०२० जुनमा  लद्दाखमा दुई पक्षीय भिडन्त भएको थियो ।  तत्कालीन समयमा २० भारतीय सैनिकको मृत्यु भएको सार्वजनिक भएको थियो भने चिनियाँ पक्षको केही जानकारी गोप्य नै रह्यो। तर पछि चिनियाँ सेनातर्फ पनि क्षति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले खुलासा गरेका थिए । दुवै पक्षबीच जुन १५/१६ को रातमा भिडन्त भएको थियो। 

india-china 11660975815.gif

Xtrem

Xtrem

भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सियसभन्दा कम तापक्रम र उच्च हिमाली क्षेत्रमा उनीहरूको शरीरमा लागेको चोटका कारण मृत्यु भएको भारत दाबी थियो।  यो घटनालगत्तै वार्तामार्फत समस्या समाधान गरिएको थियो । त्यसपछि फेरि पनि सीमा क्षेत्रमा दुई देशका सेनाबीच घम्साघम्सी भएको थियो । त्यसलाई पनि दुवै देशका सैनिक कमाण्डरहरुले वार्तामार्फत समाधान गरेका थिए।  चीनले आफ्नो ३८,००० वर्ग किलोमिटर क्षेत्र ओगटेको भारतको आरोप छ। त्यसका लागि हजारौँ चिनियाँ सैनिक आएको उसको दाबी छ। चीनले पनि भारतीय पक्षले आफ्नो भूमी ओगटेर बसेको दाबी गर्दै आएको छ।  

सीमाबारे दुई पक्षले तीन दशकमा पटकपटक वार्ता गरेका भए पनि कुनै समाधान फेला पारेका छैनन्। उच्च राजनीतिकस्तरमा वार्ता भएपनि त्यसबाट ठोस समाधान निस्कन सकेको छैन। २०१९ को मे महिनामा  पनि दुई देशका सेनाबीच सिक्किमको सीमामा हात हालाहाल भएको थियो। पछिल्ला दिनहरुमा फेरि अरुणाञ्चल र सिक्किममा तनाव बढ्ने  संकेत देखिएको छ। पछिल्लो समय चीन  ताईवानको कारण तनावपूर्ण अवस्थामा रहेकाले पनि उसले सीमा क्षेत्रमा आफ्नो सुरक्षा दस्ता थपिरहेको छ। अमेरिकासँग बढ्दो दुश्मनी र विवाद भइरहेको समयमा भारत र चीनबीच पनि सीमा विवाद चर्किदै जाँदा फेरि द्वन्द्व हुने आशंका बढ्दै गएको छ। 

(बीबीसी हिन्दीलगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा)

प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९  ११:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल
सम्बन्धित सामग्री
यमनी शहर ताइज जाने सडक हुथी आक्रमणपछि अवरूद्ध क्षेत्रका एक प्रहरी स्रोतले एएफपीलाई भने, “हामीलाई जानकारी भए अनुसार हुथीहरूले अल–सफिया क्षेत्र कब्जा गरेका छन्। त्यहाँ उनीहरूले प्र... आइतबार, असोज १८, २०८३
होर्मुज जलडमरूमध्यमा इरानद्वारा सात तेल ट्यांकरलाई निशाना बनाएको दाबी फर्सका अनुसार आईआरजीसीले दैनिक एकभन्दा बढी तेल ट्यांकरलाई निशाना बनाएको छ। यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज ज... आइतबार, असोज १८, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ उपबिजेता भई कास्य पदक प्राप्त गरेको जीतमा खुशी व्यक्त गर्दै चिनियाँ फुटबलको ‘अत्यन्त उज्ज्वल भविष्य’ रहेको ‘पुरुष अन्डर–२३’ का प्रशि... शनिबार, असोज १७, २०८३
ताजा समाचारसबै
कांग्रेस केन्द्रीय सदस्यमा जानुका पन्तको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
उद्योगीका समस्या समाधान गर्न कानुन र प्रक्रिया सुधार्छौ : मन्त्री साह सोमबार, असोज १९, २०८३
व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
घाटामा कांग्रेस : ४ वर्षको आम्दानी २५ करोडभन्दा बढी , खर्च ३४ करोड माथि सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्