काठमाडौं– गणपति वनस्पति प्रालिद्धारा उत्पादित तथा बिक्री बितरण गर्दै आइरहेको ‘रामदेव तेल’ ले आकर्षक उपहार योजना ल्याएको छ ।
शुरु हुन लागेको नेपालीहरुको महान चाड तीजदेखि छठ पर्वलाई लक्षित गरेर उसले ‘चाड–पर्वको बहार हरेक हप्ता आकर्षक उपहार’ योजना सार्वजनिक गरेको हो । जस अनुसार यो योजनामा डिजिटल मिडिया फेसबुकमार्फत प्रतिस्र्पधा हुने र यसमा जोसुकैले भाग लिन सकिने शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
हरेक हप्ता २ जना बिजेतालाई ‘लक्की ड्र’ मार्फत पुरस्कार बितरण गरिने कम्पनीले जनाएको छ । जनाइए अनुसार प्रत्येक बिहिबार बिजेता फेसबुकमार्फत घोषणा हुने र प्रत्येक शुक्रबार पुरस्कार वितरण गरिनेछ । बिजयीहरुलाई हरेक हप्ता आइरन र रामदेव सनफलावर तेल पुरस्कार दिइने कम्पनीले जनाएको छ ।
प्रालिद्वारा उत्पादित रामदेव तोरीको तेल, सूर्यमुखी तेल र भटमासको तेल काठमाडौं र पोखरामा विभिन्न मार्ट तथा पसलहरुबाट खरिद गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।