स्वास्थ्य जाँच गर्न झाडापखला बिरामीको घरमा स्वास्थ्य टोली ।
दाङ– भारतसँगकाे सीमाक्षेत्रमा पर्ने जिल्लाकाे राजपुरमा झाडापखालाबाट एकजनाको मृत्युु भएको छ । अन्य १७ जना बिरामी भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ ।
झाडापखालाबाट राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरी निवासी ७ वर्षीया सम्झना परियारको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए ।
झाडापखालाकाे प्रकाेप फैलिएको खबरपछि गाउँ पालिकाले आजै आफ्नो स्वास्थ्य टोली खटाइसकेको र आफू पनि प्रकोपस्थलमै रहेको गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीले बताए।
छ । प्रहरी समेत परिचालन भएको छ । स्थिति भयाबह हुन नदिन जिल्लामा डाक्टरसहितको टोली तयारी अवस्थामा राखेको अधिकारीले बताए । ‘जतिबेला आवश्यकता हुन्छ, हामीले तुरुन्तै परिचालन गछौैं’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने ।
झाडापखाला राजपुर गाउँपालिका–७ भैसाहीँनाका पलानगौरीकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षिय लालमति परियार, उनकी ३ वर्षीया छोरी सपना गम्भीर बिरामी भएका छन् ।
त्यस्तै, ५३ वर्षीया शेषमती बुढाथोकी, २३ वर्षीया विमला राना, एक वर्षीय हिमाल राना, ४ वर्षिय सुदिप राना, ४३ वर्षिय बालाराम गिरी झाडापखालाबाट गम्भीर बिरामी परेका छन् ।
राजपुर गाउँपालिका–७ भैसाहीनाका ३५ वर्षीय गंगाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षिय अम्बा पुन, २७ वर्षीया शोभा गिरी, ३७ वर्षिय सुनमालि कुँवर, ३३ वर्षिय पार्वती कुँवर, २८ वर्षीया प्यारी राना र एक महिने बालिका तुलसी घर्ती छन ।
गम्भीर बिरामीमध्ये तीन जनाको अवस्था सामान्य बन्दै गएको राजपुर स्वास्थ्य चौकी प्रमुख खिमबहादुर रावतले बताए । खानेपानी सफा नहुनु र सरसफाईको कमीले यस्तो समस्या आउने प्रमुख रावतले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।