काठमाडौं– नासाका वैज्ञानिकले अनौठो खालको छुद्रग्रह पत्ता लगाएका छन्। जसको आफ्नै चन्द्रमासमेत रहेको छ। आफ्नै चन्द्रमा भएको हालसम्म पत्ता लागेकोमध्ये पहिलो छुद्रग्रह हो।
नासाको लुसी मिसनले उक्त छुद्र ग्रह पत्ता लगाएको हो। नासाले सौर्यमण्डलको निर्माण र यसको प्रारम्भिक अवशेषबारे जानकारी लिन मिसन लुसीलाई प्रयोग गरिरहेको छ। यस मिशनको उद्देश्य पृथ्वी र सूर्य वरपरका अन्य ग्रहहरूको गठन प्रक्रिया बुझ्नु पनि हो।
नासाले हालै पत्ता लागेको यो क्षुद्रग्रहले सौर्यमण्डलको जन्मको रहस्य बुझ्न महत्वपूर्ण भूमिका खेल्नसक्ने विश्वास लिएको छ। साथै यसले जीवन उत्पत्तिको रहस्य बुझ्न पनि सहयोग पुग्ने बताइएको छ।
उक्त छुद्रग्रहको नाम पोलिमेल राखिएको छ। यस सम्बन्धमा वैज्ञानिक मार्क लुइस भन्छन्, ‘लुसीको टोलीले पोलिमेलको स्थान, साइज र आकार धेरै सटीकताका साथ मापन गर्न चाहेको थियो र लुसीले टोलीलाई धेरै सटीकताका साथ जानकारी दियो।’
क्षुद्रग्रहको चन्द्रमा यसबाट २०० किलोमिटरको दूरीमा रहेको वैज्ञानिकहरूले बताएका छन्। यस प्राकृतिक उपग्रहको व्यास ५ किलोमिटरमा फैलिएको छ। मार्चमा जब यो क्षुद्रग्रह देखियो, यो पृथ्वीबाट ७७० मिलियन किलोमिटरको दूरीमा रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।