काठमाडौं– रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका-२ ठोसेमा बाढीले पाँच वटा घर बगाएको छ ।
बिहिबार साँझ ठोसेको बाहुन टोलस्थित रहेको नासिङ खोल्सामा बाढीले स्थानीय सन्तोष रोक्काको दुई तले घरसहित पाँच घर बगाएको हो ।
बिहिबार बिहानदेखि परेको अविरल वर्षापछि खोलामा पहिरोसहित बाढी आएको थियो । पहिरो र बाढीमा मानवीय क्षति भने नभएको रामेछाप प्रहरीले जनाएको छ ।
बाढीले स्थानीय ज्ञानबहादुर र रमेश रोक्काको पनि दुई तले द्दर बगाएको छ । हरिबहादुर खत्री र धनलक्ष्मी गुरागाँईको ढुङ्गा–माटोले बनेको भत्किएको छ । घर भत्किँदा गुरागाँईको ३ वटा बाख्रा समेत घर पुरिएको छ ।
क्षतिबारे यकिन विवरण आउन बाँकी रहेको र घटनास्थलमा प्रहरी टोली खटिरहेको प्रहरीले जनायो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।