• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १०, २०८३ Thu, Apr 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘प्रेमगञ्ज’देखि ‘झिंगेदाउ’सम्मः भदौमा प्रदर्शन हुँदैछन् यी नेपाली फिल्म

64x64
नेपाल लाइभ बिहीबार, भदौ २, २०७९  १४:५६
1140x725

काठमाडौं– गत साता नेपाली सिनेमा हलमा कुनै पनि फिल्म रिलिज भएनन्। साउन महिनाको अन्तिम शुक्रबार हलमा त्यसअघि नै प्रदर्शनमा आएका नेपाली फिल्महरु चलेका थिए। गत शुक्रबारभन्दा एकदिन अघिबाट भने दुई भारतीय फिल्महरु ‘लालसिंह चड्ढा’ र ‘रक्षाबन्धन’ प्रदर्शनमा आएका थिए। 

नेपाली फिल्महरु प्रायः शुक्रबार नै हलमा रिलिज हुने गर्छन्। गत साता शून्य रहेको सिनेमा हलमा नेपाली फिल्मको उपस्थिति भदौ महिनामा भने फरक हुने देखिएको छ। भदौभर नै थुप्रै नेपाली फिल्महरु एकसाथ प्रदर्शनमा आउन लागेका छन्। 

भदौको तेस्रो शुक्रबारसम्म ७ नेपाली फिल्महरुले आफ्नो प्रदर्शन मितिलाई सुरक्षित गरिसकेका छन्। भदौको तेस्रो शुक्रबारसम्म रञ्जित रौनियारको फिल्म ‘माइकल अधिकारी’देखि ज्ञानेन्द्र देउजाको फिल्म ‘झिंगेदाउ’सम्म प्रदर्शन हुने देखिएका छन्। 

भदौ ३ गते तीन नेपाली फिल्मको प्रदर्शन हुँदैछन्। कृष्णजन्माष्टमीको अवसर पारेर नेपाली निर्माताहरुले यो दिन फिल्मलाई ‘भिण्डन्त’ गराउने सोचेको देखिन्छ। शुक्रबारबाट ‘कृष्ण लिला’, ‘माइकल अधिकारी’ र ‘प्रेमगञ्ज’ फिल्म प्रदर्शनमा आउँदैछन्।

आरआर फिल्म्सको प्रस्तुति रहेको यो फिल्मलाई दीपक ओलीले निर्देशन गरेका हुन्। लक्ष्मण सुवेदीको कथामा आधारति रहेको फिल्ममा पुष्प खड्का, श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ। फिल्ममा प्रेम कथासँग सम्बन्धित विषयलाई प्रस्तुत गरिएको छ।

त्यस्तै, शुक्रबारबाट प्रदर्शनमा आउन लागेको सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘माइकल अधिकारी’लाई रञ्जित रौनियारले निर्देशन गरेका हुन्। भारतमा रहेर फिल्म क्षेत्रमा सक्रिय रहेका रौनियारले विभिन्न टेलिभिजन कार्यक्रमहरुलाई निर्देशन गरेको अनुभव छ। नेपाली फिल्ममा भने उनको यो पहिलो फिल्म हो।

‘माइकल अधिकारी’मा सेरोगेसीसँग सम्बन्धित कथालाई प्रस्तुत गरिएको छ। फिल्ममा रौनियारकै कथा रहेको छ। गोपीकृष्ण प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई निरक पौडेलले निर्माण गरेका हुन्। फिल्ममा सौगात र सृष्टि बाहेक आशान्त शर्मा, लोनिभा तुलाधर, एनि कुँवर, हेमन्त बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ।

त्यस्तै, परिच्छेद सेनको डेब्यु निर्देशन रहेको फिल्म ‘प्रेमगञ्ज’ पनि शुक्रबारबाट प्रदर्शनमा आउँदै छ। प्रेमकथामा आधारित फिल्ममा बेनिशा हमाल, तेज गिरी, सुप्रिया खनाल, सिम्रन खड्कालगायतका कलाकारको अभिनय रहेको छ। फिल्मको कथा पनि निर्देशन सेनले नै लेखेका हुन्। फिल्म चलचित्र चौतारीको ब्यानरमा निर्माण भएको पहिलो फिल्म हो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यस्तै, भदौको दोस्रो शुक्रबार अर्थात १० गते दुई फरक विषयवस्तुका फिल्महरु प्रदर्शनमा आउँदै छन्। बहुप्रतिक्षित र आश गरिएका दुई वैकल्पिक धारका फिल्महरु ‘राधा’ र ‘प्रकाश’ दोस्रो शुक्रबारबाट प्रदर्शनमा आउँदैछन्। 

सूवर्ण थापाको निर्देशनमा बनेको ‘राधा’मा एकल महिलाको कथालाई देखाइएको छ। सृष्टि श्रेष्ठको मुख्य अभिनय रहेको उक्त फिल्ममा खगेन्द्र लामिछाने, सौगात मल्ल, निश्चल बस्नेत, दिव्य देव पन्तलगायतका कलाकारहरुको अभिनय रहेको छ। श्रीमान् बेपत्ता भएपछि एक्लो जीवन बिताइरहेकी महिलाको कथाव्यथामा उक्त फिल्म आधारित रहेको छ। फिल्ममा निर्देशक थापाकै कथा रहेको छ।

त्यस्तै, दिनेश राउतको निर्देशनमा बनेको ‘प्रकाश’ पनि भदौ १९ गतेबाट प्रदर्शनमा आउँदै छ। ‘लपब्वाय’को रुपमा चिनिएका अभिनेता प्रदीप खड्काको फरक किसिमको भूमिका रहेको उक्त फिल्ममा कर्णालीमा शिक्षक बन्न संघर्ष गर्ने एक युवकको कथा प्रस्तुत गरिएको छ। 

‘प्रसाद’ फिल्म निर्देशन गरेर सामाजिक बहस सिर्जना गर्न सफल भएका निर्देशक राउतको यो फिल्मलाई पनि लामो समयदेखि प्रतिक्षारत फिल्म हो।

फिल्ममा प्रदीपबाहेक रेनु योगी, दिया मास्केलगायतका कलाकारको मुख्य अभिनय रहेको छ। फिल्ममा विकास सुवेदीको कथा रहेको छ।

त्यस्तै, भदौ १७ गते अर्थात तेस्रो शुक्रबार दुई नेपाली फिल्महरु सिनेमा हलमा प्रदर्शन हुँदै छन्। सो दिनबाट पूजा शर्मा अभिनित ‘सम्हालिन्छ कहिले मन’देखि केकी अधिकारी र आँचल शर्मा अभिनित ‘झिंगेदाउ’ फिल्म प्रदर्शनमा आउँदै छन्।

‘सम्हालिन्छ कहिले मन’ क्रिकोणात्मक प्रेम सम्बन्धमा आधारित फिल्म हो। फिल्ममा पूजा शर्मासँगै आकाश श्रेष्ठ, सुनम तोपदेनलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् भने यसमा कथा महेश दवाडीको रहेको छ। 

त्यस्तै, ज्ञानेन्द्र देउजाको फिल्म ‘झिंगेदाउ’ पनि भदौ १७ गतेबाट प्रदर्शनमा आउँदै छ। ७ वर्षपछि निर्देशनमा कमब्याक गरेका देउजाले थुप्रै सफल फिल्महरु निर्देशन गरिसकेका छन्। देउजाको कमब्याक सिनेमा ‘झिंगेदाउ’ पारिवारिक कथावस्तुमा आधारित रहेको छ।

विवाहअघि दाजुभाईको सम्बन्ध र विवाहपछि त्यो सम्बन्धमा आउने उतारचढावको कथा यो फिल्ममा देखाइएको छ। भिमनिधि तिवारीको कथामा आधारित रहेको यो फिल्ममा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, हिउँकला गौतम, संगम भण्डारीलगायतका कलाकारको अभिनय रहेको छ।

प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा
व्यवसायी शेखर गोल्छा पक्राउ
सम्बन्धित सामग्री
बहुप्रतिक्षित चलचित्र ‘रामायण’को टिजर रिलिज नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको टिजरलाई लिएर प्रशंसकहरुले धेरै समयदेखि प्रतिक्षा गरिरहेका थिए । बिहीबार, चैत १९, २०८२
बेनिशाको फिल्म ‘द ब्लु लाइट’प्रदर्शन स्थगित गर्ने निर्णय फिल्मले सुखद प्रतिक्रिया प्राप्त गरेको थियो । यसको औपचारिक बक्सअफिस विवरण पनि बाहिर आइसकेको छैन । यो फिल्मबाट अभिनेत्री बेनिशा हमालल... मंगलबार, माघ २०, २०८२
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
ताजा समाचारसबै
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
स्थानीय तहको निर्वाचन तयारीका लागि रास्वपाले गर्‍यो विपिन आचार्यको संयोजकत्वमा उम्मेदवार छनोट समिति गठन बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
सिरहामा मोटरसाइकलले ठक्कर दिँदा बालिकाको मृत्यु बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री शाह र गृहमन्त्री गुरुङबिच छलफल बुधबार, वैशाख ९, २०८३
जस लिएजस्तै क्षतिको जिम्मेवारी पनि लिनुपर्छ : विष्णु पौडेल बुधबार, वैशाख ९, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्