फाइल तस्बिर।
काठमाडौं– अफगानिस्तानको राजधानी काबुलमा भएको शक्तिशाली विष्फोटमा परी २० जनाको मृत्यु भएको छ। बुधबार साँझ प्रार्थनाको समयमा काबुलस्थित एक मस्जिदमा विष्फोट भएको हो। विष्फोटमा अन्य ४० जना घाइते भएका बीबीसीले जनाएको छ।
काबुलको खैरखाना क्षेत्रमा रहेको अबुबकिर सेदिक मस्जिदमा बुधबार साँझ नमाजको समयमा शक्तिशाली विस्फोट भएको थियो। उक्त घटनाको जिम्मा अहिलेसम्म कसैले नलिएको अधिकारीहरुले जानकारी दिएका छन्।
पछिल्लो हप्ता काबुलमा भएको एक आक्रमणमा तालिबान समर्थक मौलाना शेख रहिमुल्ला हक्कानीको मृत्यु भएको थियो। उक्त आक्रमणको जिम्मेवारी इस्लामिक स्टेटले लिएको थियो।
यस्तै, ८ अगस्टमा काबुलको एक बजारमा भएको विष्फोटमा ८ जनाको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।