• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

खुमबहादुरको मुद्दाको नजिरमा टेकेर मिटरब्याजी श्याम परदेशीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा

64x64
नारायण अधिकारी बुधबार, भदौ १, २०७९  १८:२०
1140x725

काठमाडौं– भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री (दिवंगत) खुमबहादुर खड्काको मुद्दाको नजिरमा टेक्दै मिटरब्याज आरोपी श्याम परदेशी (श्यामकृष्ण साह)विरुद्ध सम्पत्ति सुद्धीकरणको मुद्दा दर्ता भएको छ।

ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जाहेरी परेपछि परदेशीविरुद्ध जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेको थियो। उक्त मुद्दाको पुर्पक्षका लागि रौतहट जिल्ला अदालतले उनलाई थुनामा पठाउने आदेश गरेपछि कारागार कार्यालय गौर, रौतहट पठाइएको थियो। 

परदेशीले ठगी गरेर रकम आर्जन गरेको भन्दै उनीविरुद्ध गृहमन्त्रालय हुँदै सम्पत्ति सुद्धीकरण विभागमा उजुरी समेत परेको थियो। सम्पत्ति सुद्धीकरण विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ।

उनकी पत्नी मन्जुदेवीको हकमा भने ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरिएको छ।

करिब ४ करोडको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा दर्ता गर्न विभागले पूर्वगृहमन्त्री खड्काको मुद्दाको नजिरको ‘सहयता’ लिएको छ। भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका खड्काले आफ्नो सम्पत्तिको स्रोत देखाउन ऋण लिएको विषय समेत उल्लेख गरेका थिए। तर कसैबाट वा बैंकबाट निश्चित समयमा लागि लिएको तिनुपर्ने ऋणलाई स्रोत भन्न नमिल्ने भन्दै अदालतले फैसला गरेको थियो। 

त्यही नजिरमा टेक्दै परदेशीविरुद्ध मुद्दा दायर गरिएको हो। परदेशीले पनि आफ्नो सम्पत्तिलाई वैधानिक देखाउनका लागि विभिन्न बैंकबाट ऋण लिएको दाबी गरेका थिए। उक्त दाबीको ‘खण्डन’ हुने गरी विभागले खड्काको मुद्दामा सर्वोच्चले स्थापित गरेको नजरलाई आधार मानेको छ। 

खड्काको मुद्दाको फैसलामा भनिएको थियो, ‘घरसारमा लिएको कर्जा भाखाभित्र तिर्नु बुझाउनु पर्ने र आर्जन वा सम्पत्तिबाटै कर्जा तिरिने हुँदा ऋण लिएको रकम सधैंका लागि आयस्रोत भइरहन्छ भन्न तर्कसम्मत हुँदैन। घरसारमा ऋण लिएको भनिएको लिखत मितिबाट कर्जा बुझाउने म्याद समेत बाँकी नरही समाप्त भैसकेको र साहुको नालेस नपरेको अवस्थामा घरसारको ऋण निष्क्रिय मान्नुपर्ने हुन्छ। कानुन बमोजिम भाखा नाघिसकेको घरसारको भनिएको ऋण आयस्रोत कायम हुन सक्दैन।’

परदेशीले पनि श्रीमती मन्जुदेवीको नाममा बैंकबाट कर्जा लिएको र उक्त कर्जालाई आफ्नो आम्दानीको स्रोतमा उल्लेख गर्ने मनसायले अपुष्ट तमसुक बनाउने सम्मको काम गरेको विभागको ठहर छ। 

Ncell 2
Ncell 2
nimb
nimb

‘एकातर्फ कानुनले तोकेभन्दा बढी दरमा ब्याजमा रकम लगानी गरी गैरकानुनी आम्दानी गर्ने र उक्त रकम वैध हो भनेर प्रमाणित गराउन दुषित मनसायले कर्जा लेनदेनका कागजात खडा गर्ने कार्य कानुन विपरीत छ,’ अभियोगपत्रमा उल्लेख गरिएको छ। 

४८ पीडित: कोबाट कति रकम भयो ठगी?
प्रहरीमा जोहरी दिएका बेला परदेशीबाट ३०० जनाभन्दा बढी व्यक्ति पीडित भएको दाबी गरिएको थियो। ३०० जनाबाट करोडौं ठगी गरेको बताइए पनि परेदेशीविरुद्ध जम्मा ४७ जनाले मात्रै जाहेरी दिएका थिए। ४७ जनालाई विभिन्न मितिमा गरेर १ करोड १९ लाख २ हजार लगानी लगाउँदै कपाली तमसुक बनाएर उनले ठगी गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

परदेशी र उनको परिवारबाट ठगिनेहरुको सूची:

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

ऋण दिएकाहरुबाट परदेशीले २ करोड ५५ लाख २३ हजार लिइसकेको अनुुसन्धानबाट खुलेको छ। तर, यति रकम तिरिसक्दा समेत परदेशीले अझैं करोडौं रकम असुल्न बाँकी रहेको भन्दै पीडितलाई नक्कली कपाली तमसुक देखाउँदै धम्क्याउँदै रकम असुल्ने गरेको अनुसन्धानबाट खुलेको छ। 

४ लाख ऋण लिएर १ करोड ३२ लाख हत्याउने दाउ!
परदेशीले ४ लाख ७० हजार रुपैयाँ ऋण लिएर १ करोड ३२ लाख रुपैयाँभन्दा बढी हत्याउने योजना समेत बनाएको अनुसन्धानबाट खुलेको छ। 

योगनारायण धामीले सुरुमा ४ कठ्ठा १० धुर जग्गा कपाली तमसुक बनाएर परदेशीलाई पास गदिएर २ लाख ऋण लिएका थिए। धामीले त्यो ऋण चुक्ता गरिसकेपछि जग्गा समेत फिर्ता लिए। तर २०६८ मंसिर २१ गते बुवा बिरामी हुँदा योगनारायणले लिएको ४ लाख ७० हजार ऋणबाट भने परदेशीले १ करोड ३२ लाखसम्म हत्याउन खोजेको अनुसन्धानबाट खुलेको छ।

Shyam_pardeshi_and_his_wife_pic1660740127.jpg
श्याम परदेशी र उनकी श्रीमती मञ्जु देवी

त्यतिबेला ऋण दिँदा परदेशीले कपाली तमसुक बनाएर योगनारायणको ४ कठ्ठा १० धुर जग्गा आफ्नी छोरी इलाको नाममा ‘नामसारी’ गरेका थिए। यस्तै, श्रीमती मञ्जु देवीको नाममा २ कठ्ठा १४ धुर जग्गा ‘पास गराइ’ कपाली तमसुक बनाए। योगनारायणले त्यतिबेला सुरुमा २ लाख ७० र त्यसपछि २ लाख गरी जम्मा ४ लाख ७० हजार रुपैयाँ ऋण लिएका थिए। 

उक्त ऋणबापत ६ लाख रुपैयाँ तिरिसकेको योगनारायणको दाबी छ। तर परदेशीले भने आफूलाई तिर्नुपर्ने १ करोड, छोरी इलालाई तिर्नुपर्ने ३१ लाख २० हजार, निशा साहलाई तिर्नुपर्ने १ लाख २० हजार गरेर १ करोड ३२ लाख ४० हजार ऋण बाँकी रहेको भन्दै कपाली तमसुक बनाएर रकम हत्याउन खोजेको अभियोग पत्रमा दाबी गरिएको छ। 

त्यसैगरी, शारदादेवी चौधरीकलाई पनि १ लाख रुपैयाँ दिएर परदेशीले ४ लाख रुपैयाँसम्म असुलेको पाइएको छ। १ लाख रुपैयाँ दिएर २ वटा कपाली तमसुक बनाएर ४ लाख रुपैयाँसम्म असुलेको दाबी अभियोग पत्रमा गरिएको छ।

शारदादेवीले पछि ४ लाख ५ हजार रुपैयाँ ऋण लिँदा पनि परदेशीले नक्कली तमसुक बनाएर  १८ लाख रुपैयाँसम्म असुल्न खोजेको अभियोग पत्रमा उल्लेख गरिएको छ।

परदेशी र मञ्जुदेवीको ३९ ठाउँका जग्गा रोक्का
परदेशी र उनकी श्रीमतीको नाममा रहेको जग्गा रोक्का समेत रोक्का गरिएको छ। चक्रिय ब्याजमा  ऋण दिएर करौडी रुपैयाँ ठगी गरेको पाइएको भन्दै परदेशीको नाममा रहेका १६ ठाउँका जग्गाहरु रोक्का गरिएको अभियोगपत्रमा उल्लेख गरिएको छ। 

परदेशीको नाममा रहेका सर्लाहीको पिपरिया, विष्णुपर, मलंगवामा रहेका १६ ठाउँका जग्गाहरु रोक्का गरिएको उल्लेख गरिएको छ। 

श्याम परदेशी र उनकी श्रीमती मञ्जुदेवीको नाममा रहेका जग्गाको विवरण:

त्यसैगरी उनकी श्रमतीको नाममा रहेको २३ ठाउँका जग्गा पनि रोक्का गरिएको छ। सर्लाहीको जब्दी, चन्द्रनिगाहापुर, चेल्ही, पिपरिया, विष्णुपुर बल्वासोकनाहाको २९ ठाउँमा रहेका जग्गा रोक्का गरिएको हो। 

सम्पत्ति शुद्धीकरण विभागका अनुसार अकूत सम्पत्ति कमाउन लागि उनीहरुले सर्वसाधारण व्यक्तिहरुलाई चर्को ब्याजमा लगानी लगाइ ठगी गर्ने गरेका थिए। चर्को ब्याजमा ऋण दिने र नक्कली तमसुक बनाउने, ऋण तिरिसक्दा समेत तमसुक फिर्ता नदिइ आफैंसँग राख्ने र ऋण चुक्ता नभएको भन्दै निरन्तर रकम लिने, ऋण लिने बेलामा धितोमा राखिएको सर्वसाधरण घरजग्गा समेत गैरकानुनी रुपमा आफ्नो नाममा ल्याउने गरेको विभागको अनुसन्धानबाट खुलेको छ।

विभागका अनुसार परदेशी र उनको परिवारले गैरकानुनी श्रोतबाट आर्जन गरेको रकमलाई पुनः कर्जामा लगाएर अवैध रुपमा आर्जन गर्ने गरेका थिए।  चक्रिय ब्याजबाट गरेको अवैध आम्दानीबाट श्रीमती मन्जुदेवीको नाममा जग्गा गरिद गर्नेदेखि बैंकमा मौज्दात समेत राख्ने गरेको विभागले दाबी गरेको छ। 

अवैध आम्दानीबाट आएको रकमबाट श्रीमती मन्जुदेवीको नाममा भेल्ही–६ सलार्हीमा कित्ता नम्बर १२–२ को ८ कट्टा जग्गा, कित्ता नम्बर ३८३ मा १० धुर, कित्ता नम्बर ५०९ मा ९ कठ्ठा, चन्द्रनिगाहापुर र लक्ष्मीपुरमा समेत जग्गा खरिद गरेको विभागको दाबी छ। 

प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ... बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... खुलातर्फ १५ जना निर्वाचित हुनु पर्नेमा एक जनाले विजेताको मत पाए पनि अदालतमा मुद्धा परेकाले अहिलेलाई निर्वाचित नगरी यथास्थितिमा राखिन... मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता बुधबार, असोज २८, २०८३
कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामा १ हजार ७६९ मतले अगाडि बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण बुधबार, असोज २८, २०८३
कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्