काठमाडौं– गायिका मेलिना राईले केही समयअघि संगीतकार सञ्जीव बराइलीसँग गरेको इंगेजमेन्ट तोडेकी छिन्। सामाजिक सञ्जालमार्फत उनले आफूहरुबीच वैज्ञारिक पक्षमा मतभेद भएका कारण सम्बन्धलई तोड्ने निर्णय गरेको बताएकी छिन्।
मेलिनाले सामाजिक सञ्जालमार्फत आफूहरुबीच वैज्ञारिक रुपमा मतभेद देखिएको र विचारमा मेल नखाएका कारण धेरै आत्मसमीक्षापछि यस्तो निर्णय गरेको बताएकी छिन्।
‘केही समय अगाडि मैले आफ्नो इंगेजमेन्ट गरेको कुरा यसै सामाजिक सञ्जालमार्फत् घोषणा गरेको थिएँ’, उनले लेखेकी छिन्, ‘त्यो मेरो जीवनको एउटा गम्भीर निर्णय थियो। एउटा परिस्थितिमा हामी दुईबीच भविष्यमा सँगै जीवन बिताउने सोचसहित त्यो निर्णय गरिएको थियो। समय छोटै भए पनि जिन्दगीको बारेमा लामो विमर्श भयो। हामीबीच वैचारिक पक्षमा स्पष्ट मतभेद देखिन थाल्यो, अर्थात हाम्रो विचारमा मेल खान सकेन। धेरै समीक्षा, आत्मासमीक्षापछि कमजोर साधन चढेर बलियो साध्य चुम्न धेरै कठिन हुन्छ भन्ने निष्कर्षमा पुगियो।’
उनले सबै इंगेजमेन्ट विवाहमा परिणत हुनैपर्छ भन्ने बाध्यकारी अवस्था पनि नभएको लेखेकी छिन्। उनले आजबाट आफूले सञ्जीवसँगको सम्बन्ध तोडेको बताउँदै आफ्ना शुभचिन्तकमाथि पर्न गएको असरप्रति माफी पनि मागेकी छिन्।
उनी लेख्छिन्, ‘यो बीचमा सम्पूर्ण शुभचिन्तकहरुमा पर्न गएको भावनात्मक असरप्रति क्षमाप्रार्थी छु, साथै भविष्यमा अझ मेहनत गरेर सांगीतिक क्षेत्रबाटै देशको सेवा गरिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।