• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २३, २०८२ Thu, Oct 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
सत्ता गठबन्धनमा कसरी होला सिट बाँडफाँट ?
64x64
डिबी खड्का बिहीबार, साउन १९, २०७९  १९:३१
1140x725

काठमाडौं-स्थानीय तह २०७९ को निर्वाचन समीक्षा प्रतिवेदनमा सत्ता गठबन्धनका दलहरुले अपेक्षित नतिजा नआउनुको एउटा कारण उल्लेख गरेका छन्- ढिलोगरी सिट बाँडफाँट हुनु। त्यसले चुनावको तयारी गर्न समय अपुग हुँदा आफ्ना उम्मेदवार पराजित भएको कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिवेदनमा उल्लेख छ।

स्थानीय तह निर्वाचनलाई सिकाइका रुपमा लिने हो भने दलहरुले मंसिर ४ को निर्वाचन तयारीका लागि सबैभन्दा पहिलो काम सिट बाँडफाँट हुनेछ। उम्मेदवारलाई जनताको घरदैलो पुग्ने प्रशस्त समय दिनका लागि चाँडोभन्दा चाँडो प्रत्यक्षतर्फबाट १६५ सिटमा कुन दलले कहाँ सांसद उठाउने टुंगो लगाउनुपर्नेछ। 

तर तालमेलका विषयमा सहमति भए पनि सिट भागबन्डा सकसपूर्ण हुने स्थानीय तहको निर्वाचनले देखाइसकेको छ। धेरै स्थानीय तहमा सिट बाँडफाँट प्रक्रियाको निश्चित विधि तय गर्न सकेनन्। स्थानीय संयन्त्रले आफ्नै विधिअनुसार जसोतसो मिलाए। कहीँकतै मिल्दै मिलेन। 

महानगरपालिकामा मात्रै एक प्रकारको विधि तय भयो। पहिले जसले जितेको सिट हो, त्यसैले पाउने। एमालेले जितेकोमा भने भागबन्डा गर्ने। त्यहीअनुसार ६ महानगरको भागबन्डा मिल्यो। 

बाँडफाँटमा कस्तो विधि?
सत्ता गठबन्धनले यसपल्ट पनि यो विधि प्रयोग गर्न सक्छ।  २०७४ को निर्वाचनमा कांग्रेसले २३, माओवादी केन्द्रले ३६ सिट जितेका थिए। एमालेबाट जितेका ८० मध्ये १३ सांसद अहिले एकीकृत समाजवादीमा छन्। जनता समाजवादी पार्टीले ९ तथा उक्त पार्टीबाट अलग हुने प्रक्रियामा रहेका बाबुराम भट्टराईसँग २ सिट छन्। यसैगरी राष्ट्रिय जनमोर्चाले एक सिट जितेको थियो। माओवादी केन्द्रबाट टिकट नपाएपछि हुम्लाबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित छक्कबहादुर लामा सत्ता गठबन्धनसँगै छन्। यसरी हेर्दा १६५ मा ८६ सिट पहिल्यै रिजर्भ हुन्छन्। बाँकी ७९ सिटमा भागबन्डा गर्नुपर्छ। 

Ncell 2
Ncell 2

यो विधिमा सबैभन्दा मर्का पर्ने सत्ता गठबन्धनको नेतृत्वदायी दल कांग्रेसलाई हो। गत निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल थियो। त्यसैको बलमा माओवादी प्रत्यक्षमै ३६ सिटतर्फ लम्किएको थियो। सोलोडोलो यही विधि लागू गर्दा मर्का कांग्रेसलाई नै पर्छ। उदाहरणका लागि तनहुँ १ मा एकीकृत समाजवादीका किसन श्रेष्ठले कांग्रेस नेता रामचन्द्र पौडेललाई हराएका हुन्। माओवादी केन्द्रका नेता राम कार्कीले झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई जितेका हुन्। 

यस्ता धेरै ठाउँ छन्, जहाँ कांग्रेसका 'हाइ प्रोफाइल' नेता पराजित भएका छन्। पराजित गर्ने सांसद अहिले सत्ता गठबन्धनमै छन्। 

यसबाहेक अर्को विधि स्थानीय तहको निर्वाचनमा प्राप्त मत हो। जुन परिणाम कांग्रेसका लागि लाभदायी बन्छ।  स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत परिणामबाट बाँडफाँट गर्दा कांग्रेसले ७६ सिट पाउँछ। माओवादी केन्द्रले जम्मा ८ सिट पाउँछ, एकीकृत समाजवादीले १, जनता समाजवादीले ५ सिट पाउँछ। बाँकी एमालेले जित्न सक्ने ७१ सहित ७५ सिट भागबन्डा गर्नुपर्छ। यो भागबन्डा विधिमा कांग्रेस बाहेकका दलले समर्थन गर्ने सम्भावना देखिदैन। 

सघाउने तर रोक्ने रणनीति 
विशिष्ट परिस्थितिमा बनेको सत्ता गठबन्धनले चुनावपछिका पाँच वर्षसम्म निरन्तरता पाउने कुनै ग्यारेन्टी छैन। किनभने चुनावमा आउने परिणामले नयाँ समीकरण निर्माण गर्न सक्छ। सत्ता गठबन्धनको नेतृत्वमा रहेकाे दल कांग्रेसले सकेसम्म एकल बहुमत प्राप्त गर्नेगरी मिलाउने कोशिस गर्नेछ। 

अहिले कांग्रेस नेताहरुले त्यसैलाई केन्द्रमा राखेर ९० देखि १०० सिट कांग्रेसले छाड्न नहुने बताइरहेका छन्। बाँकी ६५ सिट गठबन्धनका अन्य दललाई दिनुपर्ने धेरै नेताको बुझाइ देखिन्छ। १०० सिट पाउँदा १० सिट गुमाउँदा पनि ९० हुन्छ। गत वर्ष कांग्रेसले ४० सिट समानुपातिकमा प्राप्त गरेको थियो। स्थानीय तहको मतअनुसार यसपल्ट कांग्रेसले केही सिट बढाउने सम्भावना देखिन्छ। यसरी आफ्नै बहुमत वा सानो दल मिसाउँदा पनि सरकार बन्नेगरी कांग्रेसले प्रत्यक्ष निर्वाचन हुने सिटको दाबी गर्नेछ। 

आफ्नै बलबुतामा ठूलो दल बन्ने सम्भावना कम रहेका तर सत्ता राजनीतिमा माहिर बनिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि 'प्रधानमन्त्री' बन्न सकिने सिट होल्ड गर्न खोज्नेछन्। माओवादी केन्द्र सरकार निर्माणका लागि निर्णायक दल बन्नेगरी सिटको दाबी उनले गर्नेछन्। कांग्रेसले एकल बहुमत वा सानो दल मिल्दा मात्रै सरकार बनाउन सक्ने अवस्थामा छाडिदिने गल्ती उनीबाट हुनेछैन। त्यसका लागि प्रत्यक्षमा ८० वरपर अर्थात् ५० प्रतिशत कांग्रेस र ५० प्रतिशत सत्ता गठबन्धनका अन्य दलका लागि छुट्याउनुपर्ने माग गर्ने निश्चित छ।

स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा सहज उपप्रमुख पदका कारण भएको थियो। एक दलले प्रमुख पाउँदा अर्कोलाई उपप्रमुख दिएर निर्वाचन परिणाम अनुकूल बनाउन सहज भएको थियो। यसपल्ट प्रदेश सभाका कारण प्रतिनिधि  सभाको भागबन्डामा सहज हुनेछ। तर, केन्द्रीय नेताले संघीय सरकारको गणित बिगारेर सम्झौता गर्ने सम्भावना कम हुन्छ। मंसिर ४ को निर्वाचनमा तालमेल गर्ने तय गरेका सत्ता गठबन्धनका दललाई भागबन्डा मिलाउन भने सकसपूर्ण हुने निश्चित छ।
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
देउवाले बोलाए पदाधिकारी बैठक बिहीबार दिउँसो १ बजे बस्ने गरी देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर बालेनकै योजनामा आफूसहित केपी ओली र रमेश लेखकलाई पक्राउ गर्नुपर्छ भनेर दबाब अभियान चलाइ... बुधबार, असोज २२, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ताजा समाचारसबै
टी–२० विश्वकप छनोट : कुवेतमाथि ५८ रनको जित बुधबार, असोज २२, २०८२
टी–२० विश्वकप छनोट : कुशल भुर्तेलको अर्धशतकमा कुवेतलाई १४२ रनको मध्यम लक्ष्य बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
टी-२० विश्वकप छनोट: नेपालले टस हार्‍यो, कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै बुधबार, असोज २२, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
फूलपातीकै दिनदेखि मलाई पक्राउ गर्न प्रयास भइरहेको छ, बालेनको योजनामा ओलीसहित लेखकलाई पनि पक्राउ गर्ने षड्यन्त्र हुँदैछ : महेश बस्नेत बुधबार, असोज २२, २०८२
देउवाले बोलाए पदाधिकारी बैठक बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
आन्दोलनभन्दा वार्ता र संवादबाट समस्या समाधान गर्न गृहको अनुरोध बुधबार, असोज २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्