• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सत्ता गठबन्धनमा कसरी होला सिट बाँडफाँट ?

64x64
डिबी खड्का बिहीबार, साउन १९, २०७९  १९:३१
1140x725

काठमाडौं-स्थानीय तह २०७९ को निर्वाचन समीक्षा प्रतिवेदनमा सत्ता गठबन्धनका दलहरुले अपेक्षित नतिजा नआउनुको एउटा कारण उल्लेख गरेका छन्- ढिलोगरी सिट बाँडफाँट हुनु। त्यसले चुनावको तयारी गर्न समय अपुग हुँदा आफ्ना उम्मेदवार पराजित भएको कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिवेदनमा उल्लेख छ।

स्थानीय तह निर्वाचनलाई सिकाइका रुपमा लिने हो भने दलहरुले मंसिर ४ को निर्वाचन तयारीका लागि सबैभन्दा पहिलो काम सिट बाँडफाँट हुनेछ। उम्मेदवारलाई जनताको घरदैलो पुग्ने प्रशस्त समय दिनका लागि चाँडोभन्दा चाँडो प्रत्यक्षतर्फबाट १६५ सिटमा कुन दलले कहाँ सांसद उठाउने टुंगो लगाउनुपर्नेछ। 

तर तालमेलका विषयमा सहमति भए पनि सिट भागबन्डा सकसपूर्ण हुने स्थानीय तहको निर्वाचनले देखाइसकेको छ। धेरै स्थानीय तहमा सिट बाँडफाँट प्रक्रियाको निश्चित विधि तय गर्न सकेनन्। स्थानीय संयन्त्रले आफ्नै विधिअनुसार जसोतसो मिलाए। कहीँकतै मिल्दै मिलेन। 

महानगरपालिकामा मात्रै एक प्रकारको विधि तय भयो। पहिले जसले जितेको सिट हो, त्यसैले पाउने। एमालेले जितेकोमा भने भागबन्डा गर्ने। त्यहीअनुसार ६ महानगरको भागबन्डा मिल्यो। 

बाँडफाँटमा कस्तो विधि?
सत्ता गठबन्धनले यसपल्ट पनि यो विधि प्रयोग गर्न सक्छ।  २०७४ को निर्वाचनमा कांग्रेसले २३, माओवादी केन्द्रले ३६ सिट जितेका थिए। एमालेबाट जितेका ८० मध्ये १३ सांसद अहिले एकीकृत समाजवादीमा छन्। जनता समाजवादी पार्टीले ९ तथा उक्त पार्टीबाट अलग हुने प्रक्रियामा रहेका बाबुराम भट्टराईसँग २ सिट छन्। यसैगरी राष्ट्रिय जनमोर्चाले एक सिट जितेको थियो। माओवादी केन्द्रबाट टिकट नपाएपछि हुम्लाबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित छक्कबहादुर लामा सत्ता गठबन्धनसँगै छन्। यसरी हेर्दा १६५ मा ८६ सिट पहिल्यै रिजर्भ हुन्छन्। बाँकी ७९ सिटमा भागबन्डा गर्नुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

यो विधिमा सबैभन्दा मर्का पर्ने सत्ता गठबन्धनको नेतृत्वदायी दल कांग्रेसलाई हो। गत निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच तालमेल थियो। त्यसैको बलमा माओवादी प्रत्यक्षमै ३६ सिटतर्फ लम्किएको थियो। सोलोडोलो यही विधि लागू गर्दा मर्का कांग्रेसलाई नै पर्छ। उदाहरणका लागि तनहुँ १ मा एकीकृत समाजवादीका किसन श्रेष्ठले कांग्रेस नेता रामचन्द्र पौडेललाई हराएका हुन्। माओवादी केन्द्रका नेता राम कार्कीले झापा १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई जितेका हुन्। 

यस्ता धेरै ठाउँ छन्, जहाँ कांग्रेसका 'हाइ प्रोफाइल' नेता पराजित भएका छन्। पराजित गर्ने सांसद अहिले सत्ता गठबन्धनमै छन्। 

यसबाहेक अर्को विधि स्थानीय तहको निर्वाचनमा प्राप्त मत हो। जुन परिणाम कांग्रेसका लागि लाभदायी बन्छ।  स्थानीय तह निर्वाचनमा वडाध्यक्षको मत परिणामबाट बाँडफाँट गर्दा कांग्रेसले ७६ सिट पाउँछ। माओवादी केन्द्रले जम्मा ८ सिट पाउँछ, एकीकृत समाजवादीले १, जनता समाजवादीले ५ सिट पाउँछ। बाँकी एमालेले जित्न सक्ने ७१ सहित ७५ सिट भागबन्डा गर्नुपर्छ। यो भागबन्डा विधिमा कांग्रेस बाहेकका दलले समर्थन गर्ने सम्भावना देखिदैन। 

सघाउने तर रोक्ने रणनीति 
विशिष्ट परिस्थितिमा बनेको सत्ता गठबन्धनले चुनावपछिका पाँच वर्षसम्म निरन्तरता पाउने कुनै ग्यारेन्टी छैन। किनभने चुनावमा आउने परिणामले नयाँ समीकरण निर्माण गर्न सक्छ। सत्ता गठबन्धनको नेतृत्वमा रहेकाे दल कांग्रेसले सकेसम्म एकल बहुमत प्राप्त गर्नेगरी मिलाउने कोशिस गर्नेछ। 

अहिले कांग्रेस नेताहरुले त्यसैलाई केन्द्रमा राखेर ९० देखि १०० सिट कांग्रेसले छाड्न नहुने बताइरहेका छन्। बाँकी ६५ सिट गठबन्धनका अन्य दललाई दिनुपर्ने धेरै नेताको बुझाइ देखिन्छ। १०० सिट पाउँदा १० सिट गुमाउँदा पनि ९० हुन्छ। गत वर्ष कांग्रेसले ४० सिट समानुपातिकमा प्राप्त गरेको थियो। स्थानीय तहको मतअनुसार यसपल्ट कांग्रेसले केही सिट बढाउने सम्भावना देखिन्छ। यसरी आफ्नै बहुमत वा सानो दल मिसाउँदा पनि सरकार बन्नेगरी कांग्रेसले प्रत्यक्ष निर्वाचन हुने सिटको दाबी गर्नेछ। 

आफ्नै बलबुतामा ठूलो दल बन्ने सम्भावना कम रहेका तर सत्ता राजनीतिमा माहिर बनिसकेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि 'प्रधानमन्त्री' बन्न सकिने सिट होल्ड गर्न खोज्नेछन्। माओवादी केन्द्र सरकार निर्माणका लागि निर्णायक दल बन्नेगरी सिटको दाबी उनले गर्नेछन्। कांग्रेसले एकल बहुमत वा सानो दल मिल्दा मात्रै सरकार बनाउन सक्ने अवस्थामा छाडिदिने गल्ती उनीबाट हुनेछैन। त्यसका लागि प्रत्यक्षमा ८० वरपर अर्थात् ५० प्रतिशत कांग्रेस र ५० प्रतिशत सत्ता गठबन्धनका अन्य दलका लागि छुट्याउनुपर्ने माग गर्ने निश्चित छ।

स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँटमा सहज उपप्रमुख पदका कारण भएको थियो। एक दलले प्रमुख पाउँदा अर्कोलाई उपप्रमुख दिएर निर्वाचन परिणाम अनुकूल बनाउन सहज भएको थियो। यसपल्ट प्रदेश सभाका कारण प्रतिनिधि  सभाको भागबन्डामा सहज हुनेछ। तर, केन्द्रीय नेताले संघीय सरकारको गणित बिगारेर सम्झौता गर्ने सम्भावना कम हुन्छ। मंसिर ४ को निर्वाचनमा तालमेल गर्ने तय गरेका सत्ता गठबन्धनका दललाई भागबन्डा मिलाउन भने सकसपूर्ण हुने निश्चित छ।
 

प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्