काठमाडौं– आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा कार्यत कम्प्युटर अधिकृत ३० हजार घुससहित पक्राउ परेका छन्।
सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंकालबाट खटिएको टोलीले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठलाई ३० हजार घुससहित पक्राउ गरेको हो।
कम्प्युटर बिलिङका लागि सफ्टवरको स्वीकृति दिन उनले सेवाग्राहीसँग घुस माग गरेको अख्तियारले जनाएको छ।
उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर २ स्थित आन्तरिक राजस्व कार्यालयबाटै घुस लिँदै गर्दा पक्राउ गरिकएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।