• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार १५, २०८३ Mon, Jun 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिक्नै छाडे माटोका भाँडा, कुमालेलाई पेशा जोगाउने चिन्ता!

प्रिया स्मृती गजमेर शनिबार, साउन १४, २०७९  १४:२२
1140x725

दाङ– गढवा गाउँपालिकाको वडा नम्बर ५ गढवा बजारदेखि थोरै दक्षिणपूर्व कुमाल बस्ती छ। भालेको डाँकोसँगै माटोका भाँडाकुँडा बनाउन तम्सिन्छन् धनराज कुमाल। 

एका बिहानै उठ्नु, माटो भिजाउनु र तयार भइसकेको माटोलाई चक्रमा राखेर आकार दिनु धनराजको दैनिकी नै हो। उनले यो पेशा पुर्खाबाट विर्ता पाएका हुन्। बाबु–बाजेले गर्दै आएको पेशालाई धनराजले पनि रोजीरोटीको माध्यम बनाए। 

माटोका भाँडाकुँडा बनाएरै उनले १६ जनाको परिवार पालेका छन्। महिनामा कति कमाइ हुन्छ भन्ने हिसाब त धनराजले अहिलेसम्म राखेका छैनन्। तर, धेरथोर भएको आम्दानीले परिवारका लागि एकसरो लत्ताकपडा र दुई छाक खाना भने जुटाएका छन्। 

उनले माटोका मट्का, ठेकी, गमला, खुत्रुके र घैंटाजस्ता समाग्री बनाउँदै आएका छन्। तयार भइसकेपछि मट्का २५० रुपैयाँसम्म, ठेकी १५० रुपैयाँ, गमला एक सय रुपैयाँ, खुत्रुके सानो ५० र ठूलो एक सय रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाइ छ। 

matoka vada (7)1659169698.jpg

‘हामीबाट लैजाँदा व्यापारीले सस्तोमा लैजान्छन्। यीनै सामग्री बजारमा गएर किन्न हो भने हामीबाट लिएको रकमभन्दा दोब्बर मूल्य पर्दछ’, उनी भन्छन्, ‘बजारभाउ खोजेर कहाँ पाउनु। यहि पनि बिकेन भने गलेर जान्छन्। त्यसैले पनि हामीले सस्तोमा बेच्ने गरेका छौं।’

उनको परिवारमा कुमालेको काम गर्ने उनी अन्तिम हुन् सायद। उनका भाइछोरा यो पेशाबाट निकै टाढा छन्। उनका भाईछोराहरु कोही मजदुरी गर्न भारत पुगेका छन् भने कोही अन्यत्र जिल्लामा। माटोका भाँडा बनाएरै गुजारा चल्नेबाहेक धेरै आम्दानी नहुने भएपछि नयाँ पुस्तामा पेशाप्रति वितृष्णा जागेको धनराज बताउँछन्। 

एक दशकअघिसम्म धनराज बुबाको साथमा माटोका भाँडा बनाउँदा विभिन्न जिल्लामा चहार्थे। दाङको घोराही, तुलसीपुर, बाँकेको नेपालगन्ज, कैलाली र कञ्चनपुरसम्म पनि पुग्थे।

nimb
nimb
Ncell 2
Ncell 2

‘त्यसबेला माटोका भाँडा खुबै बिक्थे। तर, अहिले त्यसरी जाँदा कोही पनि खरिद गर्न आउँदैनन्। यही स्थानीय बजारकै लागि भए पनि घरमै बसेर थोरै बनाउने गरेको छु’, उनी भन्छन्। 

धनराजको घरमा पुग्दा आँगनभरी माटोका भाँडाहरु असरल्ल राखिएका थिए। घरभित्र राख्ने ठाउँ नभएपछि बाहिरै राखिएको र पानीले सबै भिजाएर काम नलाग्ने बनाएको धनराजकी पत्नीले भनिन्। ‘अब यीनी बिक्री हुने अवस्थामा छैनन्। भित्र राख्ने ठाउँ नभएपछि बाहिर राखेका थियौं। तर, सबै पानीले भिजायो। सबै मिहेनत खेर गयो’, उनले भनिन्।

धनराज मात्रै होइनन्, यहाँका अधिकांश कुमालहरुको दैनिकी यही हो। जहाँ बाह्रै महिना माटोका भाँडा बनिरहेका हुन्छन्। करिब एक सयजति परिवार यहाँ बस्छन्। यहाँ बनाइएका माटाका भाँडाकुँडा दाङका मुख्य सहर घोराही, लमही, तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्युठान, नेपालगन्ज, कैलाली र  कञ्चनपुरसम्म पुग्छन्। 

तर, पछिल्लो समय बजारका प्लास्ष्टिकका भाँडाकुँडा प्रशस्तै पाइन थालेपछि भने कुमालको पेशा मात्रै संकटमा परेन, उनीहरुको आम्दानी पनि घट्यो। फलस्वरुप नयाँ पुस्ता भाँडा बनाउने पेशाप्रति लगाव राख्नै छाडे। 

धनराजका छिमेकी चौकु कुमाल माटोका भाँडा बनाउनका दक्ष कालिगढ हुन्। उमेरले ४७ पुगेका उनले अहिलेसम्म माटोकै भाँडा बनाएर पाँच जनाको परिवार पालेका छन्। उनका एक छोरा र एक छोरीले स्नातक तह पास गरिसकेका छन्। अर्की छोरी भने कक्षा १२ को परीक्षा दिएर बसेकी छन्। यता आफूले बनाउने माटोका भाँडा बिक्न छाडेको र हुर्केका छोराछोरीले रोजगारी नपाएकोप्रति चौकु चिन्तित छन्। 

matoka vada (4)1659169697.jpg

‘अहिले जेनतन मैले मेरा बच्चा त पढाए। उतिबेला हामीले पढ्न पाएनौं। बुबाको संगतमै भाँडा बनाउन सिकेँ। बजारमा प्लास्टिकका भाँडा नआउँदासम्म राम्रै व्यापार हुन्थ्यो। तर, अहिले थोरै बनाएका भाँडा पनि बिक्दैनन्’, उनी भन्छन्। 

लामो समय त उनले भक्तपुरमै भाँडा बनाएर बिताए। भक्तपुरको ठिमीमा रहेको कृष्ण आर्टस सेरामिल कम्पनीमा कालिगढको काम गरेको उनी बताउँछन्। ‘आफ्नै गाउँमा गएर केही गर्छु भनेर फर्किएँ। तर, यहाँ आएपछि सोचेजस्तो काम भएन’, उनी भन्छन्, ‘भाँडा बनाउन आवश्यक माटो र दाउरामै सामुदायिक वनले प्रतिबन्ध लगाइदिए। त्यसपछि त झन् दैनिकी चलाउनै समस्या भयो।’

केहीले त घरमसम्मै आएर पनि विभिन्न भाँडाकुँडा किन्ने गरेको चौकु बताउँछन्। दशैं तिहारको समयमा भने उनीहरुले बनाएका भाँडाकुँडाको व्यापार राम्रै हुन्छ। उमेर ढल्किसकेकाहरु भाँडाकुँडा बनाउनमै लागे पनि नयाँ पुस्ता भने भिन्न छ। उनीहरु पढलेखमा व्यस्त छन्। 

‘हामीले पढ्न पाएनौं। तर, बालबच्चाले त पढ्न पाउनुपर्‍यो नि,’ उनी भन्छन्, ‘अब भाँडा बनाएर जिविका चल्दैन। नढेसम्म कतै काम पाउन पनि गाह्रो हुन्छ। यहि पेशाबाट आम्दानी नहुने भएपछि मैले गरेजस्तो दुःख बालबच्चाले गर्नु नपरोस भनेर उनीहरुलाई पढ्न लगाएँ।’ 

नयाँ पुस्ता पढलेखमा व्यस्त हुँदा खुसी भएका धनराज र चौकु पुर्खादेखि गर्दै आएको पेशा संकटमा पर्न लागेकोप्रति चिन्तित पनि छन्। पढलेख गरेर अन्य पेशा व्यवसाय अपनाउनु राम्रो भए पनि पुख्र्यौली पेशालाई कसले जोगाइदिन्छ भन्ने चिन्ता थपिएको धनराज बताउँछन्। 

कुमाल समुदायको पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको माग छ। स्थानीय सरकारले योजना बनाएर भाँडा बनाउने पेशामा संलग्न हुन चाहनेलाई यहीबाट जिविका चलाउने आधार तयार पार्नुपर्ने चौकु बताउँछन्। 

केही दिनअघि मात्र उनीहरुले गढवा गाउँपालिका वडा नम्बर ५ को कार्यालय र गाउँपालिकामा आफ्ना मागसहित ज्ञापनपत्र बुझाएका थिए। दशकौंदेखि माटोकै भाँडाकुँडा बनाएर जिविका चलाउँदै आएका कुमाल समुदाय र उनीहरुको पेशाको संरक्षणका लागि आफू तयार भएको वडा नम्बर पाँचका अध्यक्ष लेखबहादुर कुमालले बताए। 

‘पुर्खादेखि अंगाल्दै आएको पेशाप्रति सरकार गम्भीर बन्नुपर्छ, कुनै समुदायले हामीले हाम्रो पहिचान, संस्कृति, रितिरिवाज जोगाउनुपर्छ भनेर कुरा उठाउँछ भने त्यसलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व हो। कसरी हुन्छ हामी त्यस मागलाई सम्बोधन गर्ने पक्षमै छौं’, उनले भने।

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी
राष्ट्र ऋण उठाउने विधेयक पारित
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
एकै निर्वाचनले कम्युनिस्ट आन्दोलन सकिएको निष्कर्ष निकाल्न हुँदैन : विद्या भण्डारी आइतबार, असार १४, २०८३
राष्ट्र ऋण उठाउने विधेयक पारित आइतबार, असार १४, २०८३
प्रतिनिधि सभाबाट आर्थिक विधेयक-२०८३ स्वीकृत आइतबार, असार १४, २०८३
आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्चमा सुधार ल्याइने अर्थमन्त्रीको प्रतिबद्धता आइतबार, असार १४, २०८३
आरेन राईले भने– एन्फामाथिको निलम्बन फुकाउन सरकारले तत्काल पहल गरोस् आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस नेता अभिषेक गिरी पक्राउ शनिबार, असार १३, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
मालबाहक जहाजमाथिको आक्रमणपछि अमेरिकी सेनाद्वारा जवाफी आक्रमण शनिबार, असार १३, २०८३
श्रमिकको सिप प्रमाणीकरण प्रक्रिया तत्काल स्थगन गर्न साउदीलाई श्रम मन्त्री रामजीको आग्रह शनिबार, असार १३, २०८३
अमेरिका इरान तनाव बल्झियो, इरानका ‘केही स्थान’मा अमेरिकी आक्रमण आइतबार, असार १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्