• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बिक्नै छाडे माटोका भाँडा, कुमालेलाई पेशा जोगाउने चिन्ता!

प्रिया स्मृती गजमेर शनिबार, साउन १४, २०७९  १४:२२
1140x725

दाङ– गढवा गाउँपालिकाको वडा नम्बर ५ गढवा बजारदेखि थोरै दक्षिणपूर्व कुमाल बस्ती छ। भालेको डाँकोसँगै माटोका भाँडाकुँडा बनाउन तम्सिन्छन् धनराज कुमाल। 

एका बिहानै उठ्नु, माटो भिजाउनु र तयार भइसकेको माटोलाई चक्रमा राखेर आकार दिनु धनराजको दैनिकी नै हो। उनले यो पेशा पुर्खाबाट विर्ता पाएका हुन्। बाबु–बाजेले गर्दै आएको पेशालाई धनराजले पनि रोजीरोटीको माध्यम बनाए। 

माटोका भाँडाकुँडा बनाएरै उनले १६ जनाको परिवार पालेका छन्। महिनामा कति कमाइ हुन्छ भन्ने हिसाब त धनराजले अहिलेसम्म राखेका छैनन्। तर, धेरथोर भएको आम्दानीले परिवारका लागि एकसरो लत्ताकपडा र दुई छाक खाना भने जुटाएका छन्। 

उनले माटोका मट्का, ठेकी, गमला, खुत्रुके र घैंटाजस्ता समाग्री बनाउँदै आएका छन्। तयार भइसकेपछि मट्का २५० रुपैयाँसम्म, ठेकी १५० रुपैयाँ, गमला एक सय रुपैयाँ, खुत्रुके सानो ५० र ठूलो एक सय रुपैयाँसम्म बिक्री हुने गरेको उनको भनाइ छ। 

matoka vada (7)1659169698.jpg

‘हामीबाट लैजाँदा व्यापारीले सस्तोमा लैजान्छन्। यीनै सामग्री बजारमा गएर किन्न हो भने हामीबाट लिएको रकमभन्दा दोब्बर मूल्य पर्दछ’, उनी भन्छन्, ‘बजारभाउ खोजेर कहाँ पाउनु। यहि पनि बिकेन भने गलेर जान्छन्। त्यसैले पनि हामीले सस्तोमा बेच्ने गरेका छौं।’

उनको परिवारमा कुमालेको काम गर्ने उनी अन्तिम हुन् सायद। उनका भाइछोरा यो पेशाबाट निकै टाढा छन्। उनका भाईछोराहरु कोही मजदुरी गर्न भारत पुगेका छन् भने कोही अन्यत्र जिल्लामा। माटोका भाँडा बनाएरै गुजारा चल्नेबाहेक धेरै आम्दानी नहुने भएपछि नयाँ पुस्तामा पेशाप्रति वितृष्णा जागेको धनराज बताउँछन्। 

एक दशकअघिसम्म धनराज बुबाको साथमा माटोका भाँडा बनाउँदा विभिन्न जिल्लामा चहार्थे। दाङको घोराही, तुलसीपुर, बाँकेको नेपालगन्ज, कैलाली र कञ्चनपुरसम्म पनि पुग्थे।

Ncell 2
Ncell 2
nimb
nimb

‘त्यसबेला माटोका भाँडा खुबै बिक्थे। तर, अहिले त्यसरी जाँदा कोही पनि खरिद गर्न आउँदैनन्। यही स्थानीय बजारकै लागि भए पनि घरमै बसेर थोरै बनाउने गरेको छु’, उनी भन्छन्। 

धनराजको घरमा पुग्दा आँगनभरी माटोका भाँडाहरु असरल्ल राखिएका थिए। घरभित्र राख्ने ठाउँ नभएपछि बाहिरै राखिएको र पानीले सबै भिजाएर काम नलाग्ने बनाएको धनराजकी पत्नीले भनिन्। ‘अब यीनी बिक्री हुने अवस्थामा छैनन्। भित्र राख्ने ठाउँ नभएपछि बाहिर राखेका थियौं। तर, सबै पानीले भिजायो। सबै मिहेनत खेर गयो’, उनले भनिन्।

धनराज मात्रै होइनन्, यहाँका अधिकांश कुमालहरुको दैनिकी यही हो। जहाँ बाह्रै महिना माटोका भाँडा बनिरहेका हुन्छन्। करिब एक सयजति परिवार यहाँ बस्छन्। यहाँ बनाइएका माटाका भाँडाकुँडा दाङका मुख्य सहर घोराही, लमही, तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्युठान, नेपालगन्ज, कैलाली र  कञ्चनपुरसम्म पुग्छन्। 

तर, पछिल्लो समय बजारका प्लास्ष्टिकका भाँडाकुँडा प्रशस्तै पाइन थालेपछि भने कुमालको पेशा मात्रै संकटमा परेन, उनीहरुको आम्दानी पनि घट्यो। फलस्वरुप नयाँ पुस्ता भाँडा बनाउने पेशाप्रति लगाव राख्नै छाडे। 

धनराजका छिमेकी चौकु कुमाल माटोका भाँडा बनाउनका दक्ष कालिगढ हुन्। उमेरले ४७ पुगेका उनले अहिलेसम्म माटोकै भाँडा बनाएर पाँच जनाको परिवार पालेका छन्। उनका एक छोरा र एक छोरीले स्नातक तह पास गरिसकेका छन्। अर्की छोरी भने कक्षा १२ को परीक्षा दिएर बसेकी छन्। यता आफूले बनाउने माटोका भाँडा बिक्न छाडेको र हुर्केका छोराछोरीले रोजगारी नपाएकोप्रति चौकु चिन्तित छन्। 

matoka vada (4)1659169697.jpg

‘अहिले जेनतन मैले मेरा बच्चा त पढाए। उतिबेला हामीले पढ्न पाएनौं। बुबाको संगतमै भाँडा बनाउन सिकेँ। बजारमा प्लास्टिकका भाँडा नआउँदासम्म राम्रै व्यापार हुन्थ्यो। तर, अहिले थोरै बनाएका भाँडा पनि बिक्दैनन्’, उनी भन्छन्। 

लामो समय त उनले भक्तपुरमै भाँडा बनाएर बिताए। भक्तपुरको ठिमीमा रहेको कृष्ण आर्टस सेरामिल कम्पनीमा कालिगढको काम गरेको उनी बताउँछन्। ‘आफ्नै गाउँमा गएर केही गर्छु भनेर फर्किएँ। तर, यहाँ आएपछि सोचेजस्तो काम भएन’, उनी भन्छन्, ‘भाँडा बनाउन आवश्यक माटो र दाउरामै सामुदायिक वनले प्रतिबन्ध लगाइदिए। त्यसपछि त झन् दैनिकी चलाउनै समस्या भयो।’

केहीले त घरमसम्मै आएर पनि विभिन्न भाँडाकुँडा किन्ने गरेको चौकु बताउँछन्। दशैं तिहारको समयमा भने उनीहरुले बनाएका भाँडाकुँडाको व्यापार राम्रै हुन्छ। उमेर ढल्किसकेकाहरु भाँडाकुँडा बनाउनमै लागे पनि नयाँ पुस्ता भने भिन्न छ। उनीहरु पढलेखमा व्यस्त छन्। 

‘हामीले पढ्न पाएनौं। तर, बालबच्चाले त पढ्न पाउनुपर्‍यो नि,’ उनी भन्छन्, ‘अब भाँडा बनाएर जिविका चल्दैन। नढेसम्म कतै काम पाउन पनि गाह्रो हुन्छ। यहि पेशाबाट आम्दानी नहुने भएपछि मैले गरेजस्तो दुःख बालबच्चाले गर्नु नपरोस भनेर उनीहरुलाई पढ्न लगाएँ।’ 

नयाँ पुस्ता पढलेखमा व्यस्त हुँदा खुसी भएका धनराज र चौकु पुर्खादेखि गर्दै आएको पेशा संकटमा पर्न लागेकोप्रति चिन्तित पनि छन्। पढलेख गरेर अन्य पेशा व्यवसाय अपनाउनु राम्रो भए पनि पुख्र्यौली पेशालाई कसले जोगाइदिन्छ भन्ने चिन्ता थपिएको धनराज बताउँछन्। 

कुमाल समुदायको पुख्र्यौली पेशालाई संरक्षण गर्नका लागि स्थानीय सरकारले जिम्मेवारी लिनुपर्ने उनीहरुको माग छ। स्थानीय सरकारले योजना बनाएर भाँडा बनाउने पेशामा संलग्न हुन चाहनेलाई यहीबाट जिविका चलाउने आधार तयार पार्नुपर्ने चौकु बताउँछन्। 

केही दिनअघि मात्र उनीहरुले गढवा गाउँपालिका वडा नम्बर ५ को कार्यालय र गाउँपालिकामा आफ्ना मागसहित ज्ञापनपत्र बुझाएका थिए। दशकौंदेखि माटोकै भाँडाकुँडा बनाएर जिविका चलाउँदै आएका कुमाल समुदाय र उनीहरुको पेशाको संरक्षणका लागि आफू तयार भएको वडा नम्बर पाँचका अध्यक्ष लेखबहादुर कुमालले बताए। 

‘पुर्खादेखि अंगाल्दै आएको पेशाप्रति सरकार गम्भीर बन्नुपर्छ, कुनै समुदायले हामीले हाम्रो पहिचान, संस्कृति, रितिरिवाज जोगाउनुपर्छ भनेर कुरा उठाउँछ भने त्यसलाई सम्बोधन गर्नु स्थानीय सरकारको दायित्व हो। कसरी हुन्छ हामी त्यस मागलाई सम्बोधन गर्ने पक्षमै छौं’, उनले भने।

 

 

 

 

प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ
कार्टुन
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति सोमबार, असोज ५, २०८३
सिटीको विजयी यात्रा कायमै, युनाइटेड हारबाट जोगियो सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्