• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति

64x64
नेपाल लाइभ सोमबार, असोज ५, २०८३  ०७:४४
1140x725

काठमाडौं– रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। तीमध्ये सयौं ड्रोन राजधानी मस्कोतर्फ लक्षित रहेको उनीहरूको दाबी छ। 

मस्कोका मेयर सर्गेई सोब्यानिनले राजधानीमाथिको आक्रमणलाई अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण भएको बताएका छन्। उनका अनुसार आक्रमणका क्रममा मस्को तेल प्रशोधन केन्द्र र एउटा आवासीय भवनमा क्षति पुगेको छ। 

मस्को वरपरको क्षेत्रमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय गभर्नर आन्द्रे भोरोब्योभले बताएका छन्। मृत्यु हुनेमा ७४ वर्षीय पुरुष र ४४ वर्षीया महिला रहेको उनले बताएका छन्। पछिल्ला रिपोर्टमा मृतकको संख्या तीन पुगेको पनि रुसी अधिकारीहरूले बताएका छन्। 

रुसको रक्षा मन्त्रालयले देशभर, क्रिमिया र ब्ल्याक सी क्षेत्रमा गरी १ हजार ११० युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ। सोब्यानिनका अनुसार मस्कोतर्फ आउँदै गरेका ४५० ड्रोन नष्ट गरिएको थियो। 

रुसले युक्रेनमा आक्रमण सुरु गरेको चार वर्षभन्दा बढी समयपछि युक्रेनले लामो दूरीमा प्रहार गर्न सक्ने स्वदेशमै निर्मित ड्रोन प्रविधिको व्यापक प्रयोग गर्दै आएको छ। पछिल्लो आक्रमणमा पनि युक्रेनले तेल तथा रसदसम्बन्धी पूर्वाधारलाई लक्षित गरेको बताइएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत युक्रेनले विभिन्न क्षेप्यास्त्र र ड्रोन प्रयोग गरेको बताएका छन्। उनका अनुसार आक्रमणमा स्वदेशमै निर्मित ‘फ्लेमिङ्गो’ र ‘पेलिकन’ क्षेप्यास्त्र पनि प्रयोग गरिएको थियो। उनले तेल तथा रसद केन्द्रलाई लक्षित गर्नुको उद्देश्य रुसको युद्ध सञ्चालनलाई आर्थिक दबाबमा पार्नु रहेको बताएका छन्।

जेलेन्स्कीले भनेका छन्,‘यी अर्बौं डलर हुन्, जसले युद्धयन्त्रलाई निरन्तरता दिन्छन्।’ यता, रुसले पनि युक्रेनमाथि आक्रमण जारी राखेको छ। जेलेन्स्कीका अनुसार शनिबार खेरसन क्षेत्रमा रुसी ड्रोन आक्रमणमा एक धर्मगुरुको मृत्यु भएको र चार जना घाइते भएका थिए।

शनिबार साँझ युक्रेनी राजधानीमा भएको रुसी आक्रमणमा दुई बालबालिका र उनीहरूकी आमाको मृत्यु भएको किभ क्षेत्रीय राज्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले बताएका छन्। उनका अनुसार सोही आक्रमणमा घाइते भएका अर्का बालकको पनि आइतबार अस्पतालमा मृत्यु भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यसैबीच, जेलेन्स्कीले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी भएको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले अर्को साता न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाका क्रममा आफू र ट्रम्पबीच भेट हुने सहमति भएको उल्लेख गरेका छन्।

निर्वाचनको अन्तिम दिन आक्रमण
युक्रेनको ड्रोन आक्रमण रुसको तीनदिने संसदीय निर्वाचनको अन्तिम दिन भएको हो। निर्वाचनमा राष्ट्रपति भ्लादिमिर पुटिनका नीतिको विपक्षमा रहेको राजनीतिक प्रतिस्पर्धा सीमित रहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसको प्रकृतिमाथि प्रश्न उठाएका छन्। 

रुसले युद्धपछि आफूले कब्जा गरेको युक्रेनका चार क्षेत्रमा तथा सन् २०१४ मा कब्जा गरेको क्रिमियामा पनि निर्वाचन गराएको छ। युक्रेनले ती क्षेत्रमा निर्वाचन गराउने रुसी कदमलाई अवैध भन्दै आएको छ। 

रुसको केन्द्रीय निर्वाचन आयोगका अनुसार युक्रेनको नियन्त्रणबाहिर रहेको खेरसन क्षेत्रको एक भागमा भएको आक्रमणमा स्थानीय निर्वाचन समितिका एक सदस्यको मृत्यु भएको छ।

मस्कोका मेयर सोब्यानिनले आक्रमण निर्वाचनमा अवरोध पुर्‍याउने उद्देश्यले गरिएको आरोप लगाएका छन्। उनले भनेका छन्,‘यो आक्रमण निर्वाचनमा अवरोध पुर्‍याउने उद्देश्यले स्पष्ट रूपमा योजना गरिएको थियो। शत्रु यस मामिलामा असफल भयो।’

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०७:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा
तीन वटा संसदीय समितिको बैठक बस्दै
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ
सम्बन्धित सामग्री
रुसमाथि युक्रेनको एक हजारभन्दा बढी ड्रोन हमला, मस्कोमा ठूलो क्षति रुसमा संसदीय निर्वाचनको अन्तिम दिन चलिरहेका बेला युक्रेनले रातभर एक हजारभन्दा बढी ड्रोन प्रहार गरेको रुसी अधिकारीहरूले बताएका छन्। सोमबार, असोज ५, २०८३
ढाकामा लगातार बम विस्फोट र सार्वजनिक यातायातमा आगजनी बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन पनि बम विस्फोट र सार्वजनिक यातायातका साधनमा आगजनीका घटना भएका छन्। शनिबार मात्रै जत्राबा... आइतबार, असोज ४, २०८३
हुथी विद्रोहीले रियादमा ब्यालिस्टिक मिसाइल प्रहार गर्ने खोजेको साउदीको दाबी साउदी अरबले यमनका हुथी विद्रोहीले आफ्नो राजधानी रियादलाई लक्षित गरी ब्यालिस्टिक मिसाइल प्रहार गर्ने प्रयास गरेको पुष्टि गरेको छ। आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
नक्कली ब्लुबुक बनाउने व्यक्ति ४ राउण्ड गोली लोड भएको पेस्तोलसहित पक्राउ सोमबार, असोज ५, २०८३
कास्कीमा एक महिनामै ५६ जना फरार प्रतिवादी पक्राउ सोमबार, असोज ५, २०८३
कार्टुन सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्