• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नियमावली संशोधन गरेर प्रधानमन्त्रीका नातेदारलाई पहिलो नम्बरमा बढुवा

64x64
नेपाल लाइभ आइतबार, साउन ८, २०७९  १६:३७
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुँवर बढुवाका लागि अयोग्य हुनेभएपछि नियमावली नै संशोधन गरेको सरकारले उनै कुँवरलाई पहिलो नम्बरमा बढुवा गरेको छ।

नियमावली संशोधन गरिएकै बेला नेपाल लाइभले प्रधानमन्त्री देउवा समेतका नातेदार कुँवरलाई पहिलो नम्बरमा एसएसपी बनाउने र त्यसको केही समयपछि डीआईजी बनाउने तयारी गरेको बारे समाचार सम्प्रेषण गरेको थियो।

नभन्दै उनै कुँवरलाई शनिबार सार्वजनिक बिदाको दिन पहिलो नम्बरमा सरकारले बढुवा गरेको हो। कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाँई हुन्।

कामु एसएसपीको ११ औं नम्बरमा रहेका र कमाण्ड र कार्यक्षमता कमजोर रहेको भनिएका उनै कुँवरलाई सरकारले पुरस्कार स्वरुप पहिलो नम्बरमा बढुवा गरेको छ।

उनी दोस्रो नम्बरमा बढुवा भए पनि कुँवर आफ्नो ब्याचको भने पहिलो नम्बरमा बढुवा भएका हुन्। उनीभन्दा अघि पहिलो नम्बरमा बढुवा भएका प्रवीण कँडेल नेपाल प्रहरीबाट सशस्त्रमा आएका अधिकृत हुन्।

नियमावली संशोधन नगरेको भए कुँवर आउँदो चैतसम्म बढुवाका लागि योग्य नै हुँदैन थिए। सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीबाट एसएसपीमा बढुवा हुनका लागि एसपीमा ४ वर्ष सेवा गरेको हुनुपर्ने उल्लेख थियो।

४ वर्ष सेवा नगरेको भए पनि एसएसपी पद रिक्त भएको अवस्थामा कायममुकाय एसएसपीको दर्जा दिएर काम गर्न भने नरोक्ने उल्लेख नियमावलीले गरेको थियो। तर एसपीबाट कन्फम एसएसपी हुन भने ४ वर्ष सेवा अनिवार्य गरेको हुनुपर्ने प्रावधान थियो।

उक्त प्रावधानका कारण कुँवर कन्फम एसएसपी बन्न नसक्ने भएपछि नियमावली नै संशोधन गरिएको थियो। नियम ४० मा उल्लेख भएको एसपी दर्जामा ४ वर्षसम्म सेवा गरेको व्यक्ति बढुवाका लागि योग्य हुने भन्ने ठाउँमा ३ वर्ष बनाइएको थियो।

Ncell 2
Ncell 2

असार २३ गते नियमावली संशोधनको सूचना राजपत्रमा सार्वजनिक हुनेबित्तिकै बढुवाका लागि सूचना निकालिएको थियो । 

कमाण्ड कन्ट्रोल र कार्यक्षमतामा कमजोर कुँवर शक्तिकेन्द्रको पहुँचमामा नियमावली नै संशोधन गरेर पहिलो नम्बरमा बढुवा भएपछि सशस्त्रमा चरम असन्तुष्टि छाएको छ।

एसपी डीएसपीमा बढुवा हुँदा ६० नम्बरमा आएका कुँवर एसपी बढुवा हुँदा आफ्नो ब्याचको १० नम्बरमा आएका थिए। अहिले एसएसपी बढुवा हुँदा पहिलो नम्बरमा आएका छन्।

कामु एसएसपीबाट कन्फम एसएसपीको पहिलो नम्बरमा बढुवा भएका उनै कुँवरलाई डीआईजीमा समेत बढुवा गर्ने तयारी गरिएको छ। 

सशस्त्र प्रहरीमा अहिले तीन डीआईजीको पद रिक्त छ। प्रतिस्पर्धी हुँदासमेत डीआईजी बढुवाको तयारी सशस्त्र हेडक्वाटरले थालेको छैन। कुँवर बल्ल बढुवामा सिफारिस भएका छन्। उनले फुली लगाएपछि डीआईजीको बढुवा खुलाएर उनै कुँवरलाई तत्कालै डीआईजीमा बढुवा गर्ने तयारी बालुवाटरको रहेको स्रोतको भनाइ छ।

सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए। उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिबिनै परीक्षा लिएर पास गराइएको थियो।

तत्कालीन एआईजी पुष्पराम केसी (पछि आईजी भएर अवकाश) को नेतृत्वमा प्रवेश परीक्षा समिति बनाएर कुँवरलाई पास गरिएको थियो। प्रवेश परीक्षा पास गरेपछि मात्रै शिवपुरीस्थित स्टाफ कलेजमा अवसर पाउँछन्।

स्टाफ कलेज पास गरेकै एसएसपीहरु डीआईजीका लागि प्रतिस्पर्धी भए पनि कुँवर कन्फम एसएसपी नभएकै दरबन्दी नै खाली राखिएको छ। कन्फर्म एसएसपीको सिफारिसमा परेका कुँवरले फुली लगाएपछि डीआईजी बढुवाका तयारी सुर गर्ने सरकारको तयारी छ।

अहिले कन्फम एसएसपी हुँदै डीआईजीमा समेत बढुवा भएको अवस्थामा कुँवर भावि आईजीको बलियो दाबेदार बन्छन्।

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीका नातेदारलाई बढुवा गर्न नियमावली संशोधन, एसएसपी भएलगत्तै डीआईजी बन्ने दाउ!

 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु
सम्बन्धित सामग्री
चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग रोक्न निगरानी बढाइने आसन्न निर्वाचनकेन्द्रित सुरक्षा रणनीतिकै अंगको क्रममा लिँदै गैरकानुनी काम भएको पाइए कडाइका साथ कारबाही गर्ने निर्णयसमेत भएको छ । बुधबार, माघ ७, २०८२
हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं माघ ५ मा प्रहरीले उनलाई पोखराबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो । प्रसाईंलाई हाजिर जमानीमा रिहा गरिएको जिल्ला सरकारी वकिल कार्याल... मंगलबार, माघ ६, २०८२
११ एसएसपीकाे सरूवा, काे कहाँ (सूचीसहित) शनिबार, माघ ३, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर बिहीबार, माघ ८, २०८२
उपत्यकाका सार्वजनिक सवारीसाधनमा सीसी क्यामरा जडान सुरु बुधबार, माघ ७, २०८२
यो वर्षको एसईई चैत १९ गतेबाट, यस्तो छ रुटिन बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्