• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नियमावली संशोधन गरेर प्रधानमन्त्रीका नातेदारलाई पहिलो नम्बरमा बढुवा

64x64
नेपाल लाइभ आइतबार, साउन ८, २०७९  १६:३७
1140x725

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुँवर बढुवाका लागि अयोग्य हुनेभएपछि नियमावली नै संशोधन गरेको सरकारले उनै कुँवरलाई पहिलो नम्बरमा बढुवा गरेको छ।

नियमावली संशोधन गरिएकै बेला नेपाल लाइभले प्रधानमन्त्री देउवा समेतका नातेदार कुँवरलाई पहिलो नम्बरमा एसएसपी बनाउने र त्यसको केही समयपछि डीआईजी बनाउने तयारी गरेको बारे समाचार सम्प्रेषण गरेको थियो।

नभन्दै उनै कुँवरलाई शनिबार सार्वजनिक बिदाको दिन पहिलो नम्बरमा सरकारले बढुवा गरेको हो। कुँवर प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाँई हुन्।

कामु एसएसपीको ११ औं नम्बरमा रहेका र कमाण्ड र कार्यक्षमता कमजोर रहेको भनिएका उनै कुँवरलाई सरकारले पुरस्कार स्वरुप पहिलो नम्बरमा बढुवा गरेको छ।

उनी दोस्रो नम्बरमा बढुवा भए पनि कुँवर आफ्नो ब्याचको भने पहिलो नम्बरमा बढुवा भएका हुन्। उनीभन्दा अघि पहिलो नम्बरमा बढुवा भएका प्रवीण कँडेल नेपाल प्रहरीबाट सशस्त्रमा आएका अधिकृत हुन्।

नियमावली संशोधन नगरेको भए कुँवर आउँदो चैतसम्म बढुवाका लागि योग्य नै हुँदैन थिए। सशस्त्र प्रहरी नियमावलीको नियम ४० अनुसार एसपीबाट एसएसपीमा बढुवा हुनका लागि एसपीमा ४ वर्ष सेवा गरेको हुनुपर्ने उल्लेख थियो।

४ वर्ष सेवा नगरेको भए पनि एसएसपी पद रिक्त भएको अवस्थामा कायममुकाय एसएसपीको दर्जा दिएर काम गर्न भने नरोक्ने उल्लेख नियमावलीले गरेको थियो। तर एसपीबाट कन्फम एसएसपी हुन भने ४ वर्ष सेवा अनिवार्य गरेको हुनुपर्ने प्रावधान थियो।

उक्त प्रावधानका कारण कुँवर कन्फम एसएसपी बन्न नसक्ने भएपछि नियमावली नै संशोधन गरिएको थियो। नियम ४० मा उल्लेख भएको एसपी दर्जामा ४ वर्षसम्म सेवा गरेको व्यक्ति बढुवाका लागि योग्य हुने भन्ने ठाउँमा ३ वर्ष बनाइएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

असार २३ गते नियमावली संशोधनको सूचना राजपत्रमा सार्वजनिक हुनेबित्तिकै बढुवाका लागि सूचना निकालिएको थियो । 

कमाण्ड कन्ट्रोल र कार्यक्षमतामा कमजोर कुँवर शक्तिकेन्द्रको पहुँचमामा नियमावली नै संशोधन गरेर पहिलो नम्बरमा बढुवा भएपछि सशस्त्रमा चरम असन्तुष्टि छाएको छ।

एसपी डीएसपीमा बढुवा हुँदा ६० नम्बरमा आएका कुँवर एसपी बढुवा हुँदा आफ्नो ब्याचको १० नम्बरमा आएका थिए। अहिले एसएसपी बढुवा हुँदा पहिलो नम्बरमा आएका छन्।

कामु एसएसपीबाट कन्फम एसएसपीको पहिलो नम्बरमा बढुवा भएका उनै कुँवरलाई डीआईजीमा समेत बढुवा गर्ने तयारी गरिएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सशस्त्र प्रहरीमा अहिले तीन डीआईजीको पद रिक्त छ। प्रतिस्पर्धी हुँदासमेत डीआईजी बढुवाको तयारी सशस्त्र हेडक्वाटरले थालेको छैन। कुँवर बल्ल बढुवामा सिफारिस भएका छन्। उनले फुली लगाएपछि डीआईजीको बढुवा खुलाएर उनै कुँवरलाई तत्कालै डीआईजीमा बढुवा गर्ने तयारी बालुवाटरको रहेको स्रोतको भनाइ छ।

सशस्त्र प्रहरीको डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ। तर कुँवर भने स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए। उनै कुँवरलाई स्टाफ कलेज पास गर्नका लागि गत वर्ष त्रिभुवन विश्वविद्यालयको उपस्थितिबिनै परीक्षा लिएर पास गराइएको थियो।

तत्कालीन एआईजी पुष्पराम केसी (पछि आईजी भएर अवकाश) को नेतृत्वमा प्रवेश परीक्षा समिति बनाएर कुँवरलाई पास गरिएको थियो। प्रवेश परीक्षा पास गरेपछि मात्रै शिवपुरीस्थित स्टाफ कलेजमा अवसर पाउँछन्।

स्टाफ कलेज पास गरेकै एसएसपीहरु डीआईजीका लागि प्रतिस्पर्धी भए पनि कुँवर कन्फम एसएसपी नभएकै दरबन्दी नै खाली राखिएको छ। कन्फर्म एसएसपीको सिफारिसमा परेका कुँवरले फुली लगाएपछि डीआईजी बढुवाका तयारी सुर गर्ने सरकारको तयारी छ।

अहिले कन्फम एसएसपी हुँदै डीआईजीमा समेत बढुवा भएको अवस्थामा कुँवर भावि आईजीको बलियो दाबेदार बन्छन्।

यो पनि पढ्नुहोस

प्रधानमन्त्रीका नातेदारलाई बढुवा गर्न नियमावली संशोधन, एसएसपी भएलगत्तै डीआईजी बन्ने दाउ!

 

प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न
सङ्गठित अपराधका मुद्दामा मिलापत्र!
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्