• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १०, २०८३ Wed, Aug 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कस्तुरीको बिना प्रकरण : जग्गा विवादको बदला लिन प्रहरीको प्रयोग गरेर ‘निर्दोष’लाई फसाउने षड्यन्त्र!

64x64
नारायण अधिकारी सोमबार, साउन २, २०७९  १४:०२
1140x725

काठमाडौं– कस्तुरीको बिना प्रकरणमा प्रहरीकै सहयोग लिएर निर्दोषलाई फसाउन खोजेको अनुसन्धानबाट खुलेको छ। निर्दोष व्यक्तिको मोटरसाइकलमा कस्तुरीको बिना राखेर फसाउन खोजेको भन्ने विषय सार्वजनिक भएपछि गठन गरिएको छानबिन समितिले निर्दोषलाई फसाउने षड्यन्त्र देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला सम्मिलित छानबिन समितिले बुझाएको प्रतिवेदनमा निर्दोष व्यक्तिलाई फसाउन षड्यन्त्र गरिएको निष्कर्ष निकालेको हो। 

पाँचथर तुमविया गाउँपालिका–५ घर भइ काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई फसाउने उनकै साथीहरुले योजनाबद्ध रुपमा लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलको सिट मुनि बिना राखेको निष्कर्ष निकालेको छ। 

गत असार २३ गते साँझ साढे ६ बजेको समयमा काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित शान्ति गोरेटोतर्फ जाने सडकमा रोकेर राखेको शिव लिम्बूको बुलेट मोटरसाइकलको सिट मुनिबाट प्रहरीले रातो रंगको झोलाभित्रबाट कस्तुरीको बिनाजस्तो सामान बरामद गरेको थियो। 

उक्त सामान बरामद भएको सामाचार प्रहरीको केन्द्रीय बुलेटिनमार्फत् समेत सार्वजनिक गरिएको थियो। चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित पाँचथर तुमविया गाउँपालिका–५ घर भइ हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई पक्राउ गरिएको विषय प्रहरी प्रधान कार्यालयको केन्द्रीय ‘समाचार कक्ष’ले सम्प्रेषण गरेको थियो।

kasturi bina prakaran1657777603.jpg

लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाइ राखेको सूचना आएपछि बिनासहित उनलाई पक्राउ गरिएको भन्दै प्रहरीले घटना सार्वजनिक गरेको थियो।

उक्त विषय सार्वजनिक भएपछि लिम्बूका आफन्तले उनी त्यस्तो मान्छे नभएको भन्दै त्यस ठाउँको सीसीटीभी फुटेज हेरेपछि घटनाले नयाँ रुप लिएको थियो।

nimb
nimb
Ncell 2
Ncell 2

चाबहिल सडक खण्डमा मोटरसाइकल रोखेर लिम्बू एक रेष्टुरेन्टमा छिरेका थिए। त्यसको केही समयपछि अर्का एक जना व्यक्ति आएर लिम्बूको मोटरसाइकलमा केही वस्तु राखेजस्तो दृश्य सीसीटीभी फुटेजमा देखिन्छ।

मोटरसाइकलको सिटमुनि केही वस्तु राखेका ती व्यक्ति त्यसपछि सडक पारी तर्फको सैलुनमा जान्छन्। त्यसको केही समयमा नै सादा पोसाकका प्रहरी आएर लिम्बू बसेको होटलमा छिरेर उनलाई पक्राउ गर्छन्।  

लिम्बूको मोटरसाइकलमा बिना रहेको भन्दै उनलाई हत्कडी समेत लगाउँछन्। त्यसको केही समयमै बर्दिसहितको प्रहरी टोली आएर घटनास्थल मुचुल्का गरेको सीसीटीभी फुटेजमा देखिन्छ। फुटेजमार्फत् लिम्बूलाई जानकारी नै नदिइ उनको मोटरसाइकलमा बिना राखेर फसाइएको भन्ने आसयलाई पुष्टि गर्ने दृश्य देखिएपछि छानबिन सुरु गरिएको थियो। 

छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार लिम्बूलाई फसाउन प्रहरीको प्रयोग गरेको खुलेको छ। पाँचथरको चिलिडदिङ–४ का आदम भनिने सुभाष राई र गुल्मीको मदाने–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठको मिलेमतोमा लिम्बूलाई फसाउन प्रहरी समेतको प्रयोग गरिएको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता सन्तोष सिंह राठौरले बताए।  

सुवास भन्ने आदम राई र शिव लिम्बू मिलेर  जग्गा कारोबार गर्दै आएका थिए। गत वैशाखमा राईले मदिरा सेवन गरेर लिम्बूलाई फोन गर्दै गाली गरेका थिए। त्यसको ३/४ दिनपछि कपनको स्नोकर हाउसमा लिम्बू र राईबीच कुटाकुट समेत भएको छानबिन समितिले खुलाएको छ।

कुटपिटको विषयलाई लिएर राईले नारायण कार्की भन्ने कृष्ण श्रेष्ठसँग बाघको छाला, कस्तुरीको बिना राखेर लिम्बूलाई फसाएर बदला लिने भनि योजना बनाएको खुलेको छ। फसाउने योजनाअनुसार निरन्तर फलो गर्नेक्रममा असार २३ गते साँझ लिम्बूको मोटरसाइकलमा कस्तुरीको बिना राखेर प्रहरीलाई खबर गरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ। 

लिम्बूको मोटरसाइकलको सिट मुनि बिना राख्न राईले श्रेष्ठलाई खटाएका थिए। सीसीटीभी फुटेजमा देखिएका बिना राख्ने व्यक्ति उनै श्रैष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। 

प्रहरीले लिम्बूसँग सोधपुछ गर्दा समेत राईसँग केही समयअघि झगढा परेको र फसाउने योजनासहित उनैले बिना रोखेको हुनसक्ने बताएका छन्। प्रहरीले लिम्बूलाई पक्राउ गर्दा समेत त्यतिबेला लिम्बूले आफू निर्दोष रहेको र फसाउने षड्यन्त्रसहित बिना राखेको भन्दै चिच्याएका थिए।

पक्राउ परेका श्रेष्ठले समेत राईको निर्देशनमा बिना राखेको बयान दिएका छन्। ‘शिव लिम्बूले प्रयोग गर्ने मोटरसाइकलमा मैले नै सुवास राईको निर्देशनमा नक्कली कस्तुरीको विना राखेको हुँ। त्यसपछि प्रहरीलाई खबर गरेको हुँ,’ श्रेष्ठले भनेका छन्।

समितिले चोख्यायो प्रहरीलाई
लिम्बूलाई फसाउने षड्यन्त्र स्वरुप बिना राखिएको निष्कर्ष निकालेको प्रहरीले लिम्बूलाई पक्राउ गर्ने प्रहरीलाई भने चोख्याएको छ। कसले कुन उद्देश्यले, कस्तो सूचना दिएको भन्ने नबुझी, सूचनाको ‘क्रस चेक’ नगरी ‘निर्दोष व्यक्ति’लाई हत्कडी लगाएर पक्राउ गर्न खटिएका प्रहरी कर्मचारीलाई प्रहरीलाई समितिले उन्मुक्ति दिएको हो। 

यसबारे छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘प्रहरीलाई सूचना प्राप्त भएपश्चात कानुनसम्मत रुपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्वअन्तर्गत प्रहरी कारबाही भएकोमा उक्त घटनामा प्रहरीको भने कुनै बदनियत र शंकास्पद भूमका देखिएन।’

बिनासहित पक्राउ परेका भनिएका लिम्बू भने अझै हिरासतमै छन्। उनलाई प्रहरीले बिना, मोटरसाइकलसहित डिभिजन वन कार्यालय हात्तिसार पठाएको थियो। उक्त वस्तु बिना समेत नभएको भन्दै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिपोर्ट समेत दिइसकेको छ। 

नक्कली बिनालाई सक्कली बिना भन्दै बरामद गर्ने र निर्दोष व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गर्ने प्रहरीमाथि कुनै कारबाही हुने छाँट देखिएको छैन। 

यता घटनाको मुख्य योजनाकार भनिएका राई भने अझैसम्म फरार छन्।

सिफारिस
प्रहरीकै योजनामा मोटरसाइकलमा कस्तुरीको बिना राखेर फसाएको आशंका, एसपीको नेतृत्वमा छानबिन समिति


 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
साढे तीन क्वीन्टल बढी गाँजासहित तीन जना पक्राउ उदयपुर, कटारी नगरपालिका—४ मरूवा खोला नजिकबाट लागूऔषध गाँजा १९९ किलो ३२० ग्राम सहित कटारी नगरपालिका—४ कान्छी बजार बस्ने रूपन्देही घर... मंगलबार, भदौ ९, २०८३
स्रोत नखुलेको ३१ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ पक्राउ पर्नेमा चिनियाँ राहदानी नम्बर ईएलआई ४७८१३८ बाहक ५२ वर्षीय एमए यागुबी रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले भदौ ८ गते उ... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
डोल्पामा एकैपटक देखिए तीन हिउँ चितुवा, आहारको खोजीमा गाउँ पसेको अनुमान मंगलबार, भदौ ९, २०८३
‘नाडा अटो शो’को पहिलो दिन ३० हजारभन्दा बढीले गरे अवलोकन मंगलबार, भदौ ९, २०८३
अब एक अदालतले दोषी ठहर गर्दैमा चुनाव लड्न रोक नलाग्ने, सर्वोच्चले बनायो यस्तो नजिर मंगलबार, भदौ ९, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
स्काईवेल बीई ११ सार्वजनिक, यस्ता छन् विशेषताहरु मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
संसद् छिर्दा प्रधानमन्त्री बालेनले किन लगाउँछन् कालो चस्मा ? यस्तो रहेछ कारण मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्