• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

कस्तुरीको बिना प्रकरण : जग्गा विवादको बदला लिन प्रहरीको प्रयोग गरेर ‘निर्दोष’लाई फसाउने षड्यन्त्र!

64x64
नारायण अधिकारी सोमबार, साउन २, २०७९  १४:०२
1140x725

काठमाडौं– कस्तुरीको बिना प्रकरणमा प्रहरीकै सहयोग लिएर निर्दोषलाई फसाउन खोजेको अनुसन्धानबाट खुलेको छ। निर्दोष व्यक्तिको मोटरसाइकलमा कस्तुरीको बिना राखेर फसाउन खोजेको भन्ने विषय सार्वजनिक भएपछि गठन गरिएको छानबिन समितिले निर्दोषलाई फसाउने षड्यन्त्र देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ। 

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसपी दिलीप घिमिरे, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी कृष्ण चन्द र प्रहरी निरीक्षक गणेशचन्द्र कोइराला सम्मिलित छानबिन समितिले बुझाएको प्रतिवेदनमा निर्दोष व्यक्तिलाई फसाउन षड्यन्त्र गरिएको निष्कर्ष निकालेको हो। 

पाँचथर तुमविया गाउँपालिका–५ घर भइ काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई फसाउने उनकै साथीहरुले योजनाबद्ध रुपमा लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलको सिट मुनि बिना राखेको निष्कर्ष निकालेको छ। 

गत असार २३ गते साँझ साढे ६ बजेको समयमा काठमाडौं महानगरपालिका–७ चाबहिलस्थित शान्ति गोरेटोतर्फ जाने सडकमा रोकेर राखेको शिव लिम्बूको बुलेट मोटरसाइकलको सिट मुनिबाट प्रहरीले रातो रंगको झोलाभित्रबाट कस्तुरीको बिनाजस्तो सामान बरामद गरेको थियो। 

उक्त सामान बरामद भएको सामाचार प्रहरीको केन्द्रीय बुलेटिनमार्फत् समेत सार्वजनिक गरिएको थियो। चाबहिलस्थित सडकबाट कस्तुरीको बिनासहित पाँचथर तुमविया गाउँपालिका–५ घर भइ हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बूलाई पक्राउ गरिएको विषय प्रहरी प्रधान कार्यालयको केन्द्रीय ‘समाचार कक्ष’ले सम्प्रेषण गरेको थियो।

kasturi bina prakaran1657777603.jpg

लिम्बूको बा ८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाइ राखेको सूचना आएपछि बिनासहित उनलाई पक्राउ गरिएको भन्दै प्रहरीले घटना सार्वजनिक गरेको थियो।

उक्त विषय सार्वजनिक भएपछि लिम्बूका आफन्तले उनी त्यस्तो मान्छे नभएको भन्दै त्यस ठाउँको सीसीटीभी फुटेज हेरेपछि घटनाले नयाँ रुप लिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

चाबहिल सडक खण्डमा मोटरसाइकल रोखेर लिम्बू एक रेष्टुरेन्टमा छिरेका थिए। त्यसको केही समयपछि अर्का एक जना व्यक्ति आएर लिम्बूको मोटरसाइकलमा केही वस्तु राखेजस्तो दृश्य सीसीटीभी फुटेजमा देखिन्छ।

मोटरसाइकलको सिटमुनि केही वस्तु राखेका ती व्यक्ति त्यसपछि सडक पारी तर्फको सैलुनमा जान्छन्। त्यसको केही समयमा नै सादा पोसाकका प्रहरी आएर लिम्बू बसेको होटलमा छिरेर उनलाई पक्राउ गर्छन्।  

लिम्बूको मोटरसाइकलमा बिना रहेको भन्दै उनलाई हत्कडी समेत लगाउँछन्। त्यसको केही समयमै बर्दिसहितको प्रहरी टोली आएर घटनास्थल मुचुल्का गरेको सीसीटीभी फुटेजमा देखिन्छ। फुटेजमार्फत् लिम्बूलाई जानकारी नै नदिइ उनको मोटरसाइकलमा बिना राखेर फसाइएको भन्ने आसयलाई पुष्टि गर्ने दृश्य देखिएपछि छानबिन सुरु गरिएको थियो। 

छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार लिम्बूलाई फसाउन प्रहरीको प्रयोग गरेको खुलेको छ। पाँचथरको चिलिडदिङ–४ का आदम भनिने सुभाष राई र गुल्मीको मदाने–३ का नारायण कार्की भनिने कृष्ण श्रेष्ठको मिलेमतोमा लिम्बूलाई फसाउन प्रहरी समेतको प्रयोग गरिएको खुलेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता सन्तोष सिंह राठौरले बताए।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सुवास भन्ने आदम राई र शिव लिम्बू मिलेर  जग्गा कारोबार गर्दै आएका थिए। गत वैशाखमा राईले मदिरा सेवन गरेर लिम्बूलाई फोन गर्दै गाली गरेका थिए। त्यसको ३/४ दिनपछि कपनको स्नोकर हाउसमा लिम्बू र राईबीच कुटाकुट समेत भएको छानबिन समितिले खुलाएको छ।

कुटपिटको विषयलाई लिएर राईले नारायण कार्की भन्ने कृष्ण श्रेष्ठसँग बाघको छाला, कस्तुरीको बिना राखेर लिम्बूलाई फसाएर बदला लिने भनि योजना बनाएको खुलेको छ। फसाउने योजनाअनुसार निरन्तर फलो गर्नेक्रममा असार २३ गते साँझ लिम्बूको मोटरसाइकलमा कस्तुरीको बिना राखेर प्रहरीलाई खबर गरिएको छानबिन समितिले निष्कर्ष निकालेको छ। 

लिम्बूको मोटरसाइकलको सिट मुनि बिना राख्न राईले श्रेष्ठलाई खटाएका थिए। सीसीटीभी फुटेजमा देखिएका बिना राख्ने व्यक्ति उनै श्रैष्ठ रहेको प्रहरीले जनाएको छ। श्रेष्ठलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। 

प्रहरीले लिम्बूसँग सोधपुछ गर्दा समेत राईसँग केही समयअघि झगढा परेको र फसाउने योजनासहित उनैले बिना रोखेको हुनसक्ने बताएका छन्। प्रहरीले लिम्बूलाई पक्राउ गर्दा समेत त्यतिबेला लिम्बूले आफू निर्दोष रहेको र फसाउने षड्यन्त्रसहित बिना राखेको भन्दै चिच्याएका थिए।

पक्राउ परेका श्रेष्ठले समेत राईको निर्देशनमा बिना राखेको बयान दिएका छन्। ‘शिव लिम्बूले प्रयोग गर्ने मोटरसाइकलमा मैले नै सुवास राईको निर्देशनमा नक्कली कस्तुरीको विना राखेको हुँ। त्यसपछि प्रहरीलाई खबर गरेको हुँ,’ श्रेष्ठले भनेका छन्।

समितिले चोख्यायो प्रहरीलाई
लिम्बूलाई फसाउने षड्यन्त्र स्वरुप बिना राखिएको निष्कर्ष निकालेको प्रहरीले लिम्बूलाई पक्राउ गर्ने प्रहरीलाई भने चोख्याएको छ। कसले कुन उद्देश्यले, कस्तो सूचना दिएको भन्ने नबुझी, सूचनाको ‘क्रस चेक’ नगरी ‘निर्दोष व्यक्ति’लाई हत्कडी लगाएर पक्राउ गर्न खटिएका प्रहरी कर्मचारीलाई प्रहरीलाई समितिले उन्मुक्ति दिएको हो। 

यसबारे छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ, ‘प्रहरीलाई सूचना प्राप्त भएपश्चात कानुनसम्मत रुपमा प्रहरी कारबाही गर्नुपर्ने दायित्वअन्तर्गत प्रहरी कारबाही भएकोमा उक्त घटनामा प्रहरीको भने कुनै बदनियत र शंकास्पद भूमका देखिएन।’

बिनासहित पक्राउ परेका भनिएका लिम्बू भने अझै हिरासतमै छन्। उनलाई प्रहरीले बिना, मोटरसाइकलसहित डिभिजन वन कार्यालय हात्तिसार पठाएको थियो। उक्त वस्तु बिना समेत नभएको भन्दै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले रिपोर्ट समेत दिइसकेको छ। 

नक्कली बिनालाई सक्कली बिना भन्दै बरामद गर्ने र निर्दोष व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गर्ने प्रहरीमाथि कुनै कारबाही हुने छाँट देखिएको छैन। 

यता घटनाको मुख्य योजनाकार भनिएका राई भने अझैसम्म फरार छन्।

सिफारिस
प्रहरीकै योजनामा मोटरसाइकलमा कस्तुरीको बिना राखेर फसाएको आशंका, एसपीको नेतृत्वमा छानबिन समिति


 

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १४:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ४६ वर्षीय केसीलाई २०८३ कात्तिक ३ गते बिहान ९:३० बजे तारकेश्वर नगरपालिका–६, धर्मस्थलीबाट पक्राउ... बिहीबार, कात्तिक ५, २०८३
दसैंको टीकाको दिन बाँकेको कपासीमा विद्युत् सर्ट हुंदा सात घर पूर्णरूपमा जले आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको प्रहरी बताउँछ । बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
जलजायु कोषवाट तीन अर्बको अनुदान निर्णयसंगै परियोजना तयार पार्न जुट्यो नेपाल सरकार शुक्रबार, कात्तिक ६, २०८३
प्रधानमन्त्त्री बालेन शाहको भारत भ्रमण यही वर्षको अन्त्यतिर हुने अर्थमन्त्री बाग्लेको दावी शुक्रबार, कात्तिक ६, २०८३
दिल्लीमा भारतका प्रधानमन्त्री मोदीसँग अर्थमन्त्री वाग्लेको भेट शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्पमा परि १६ जनाको मृत्यु , ६५ घाइते शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्