• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २८, २०८३ Sun, Jul 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
क्लासिक कथा

नयाँ सडकको गीत

रमेश विकल शनिबार, असार २५, २०७९  १२:४०
1140x725

दिन मध्यान्हको प्रचण्ड धूपमा तातेको बेला उराठ शून्यलाई चिर्दै त्यो चीर अवराम सङ्गीत नयाँ सडकको छातीमा घन्कन्छ ‘भारी भारी धर्म होस् गुह्येकाली माईले रक्षे गरून्! बज्र योगिनी दखिनकाली मनकामना माई छन् प्रभु! मङ्गलबारको ग्रहदशा शान्त होस् भारी भारी धर्म होस्!’

नयाँ सडकको ढोकै नेर पेटमा बिजुलीको खम्बामा अडेसा लागेर बसेको माग्नेको कण्ठबाट फुटेको सङ्गीत थियो त्यो। यसैगरी त्यो बाह्रै महिना घन्किन्थ्यो। बाटोमा हिड्ने फाटफुट मानिसहरूमध्ये यदाकदा कुनै दानवीरले उसको काखैनेर केही चीज फालिदिन्थ्यो- ‘छिन्द्रिङ्ङ’, तत्कालै माग्नेको कालो र भद्धा अनुहारमा केही चञ्चलता देखिन्थ्यो।

ऊ हडबडाएर आफ्ना दुवै हातले आफ्नो चारैतिर जिमिनमा छामछाम छुमछुम पार्थ्यो। अनि उसको ओठबाट अस्फुट स्वर निस्किन्थ्यो- ‘सानी।’

अलि पर उभिएकी सानी झस्किन्थी, अलि हडबडाएझैं उसको नजिकै आएर उभिन्थी।

उसको पदचापमा लक्ष्य गर्दै माग्ने बडबडाउँथ्यो- ‘लौ लौ, कता पर्‍यो टिपटिप।’

अनि सानी अलि पर धूलोमा लोटिरहेको पैसा टिपेर उसको फैलिएको आठकुने हत्केलामा राखिदिन्थी। ऊ आफ्ना हरबखत पानी बगिरहने आँखालाई हातले मुसार्दथ्यो।

उसका नीला ओठ काँप्दथे- ‘भारी भारी धर्म होस! जय कल्याण होस्! गुजेकाली माई, दखिनकाली माईले रक्षे गरुन्! बज्रयोगिनी माई, लमणी माई.. भारी भारी।’

मानो आफूले गर्भदेखि भिरेर ल्याएका सम्पूर्ण आशिषका पोका त्यो दयालु मान्छेको टाउकोमा खन्याइदिन चाहन्थ्यो। अनि चोर औंलाले पैसाको सतह छाम्दै भन्थ्यो- ‘पाँचानीजस्तो छ नि, खोटो त होइन?... लौलौ हेर्, लाला।’

nimb
nimb
Ncell 2
Ncell 2

‘पाँचानी त होइन, नयाँ बनेको पाँच पैसे हो।’ सानी पैसा लिएर ओल्टाइपल्टाइ गर्दै भन्दथी।

उसका राता र पताल ओठबीचबाट मानो फूल झर्थे। ‘हँ? … त्यस्तो पनि पाँच पैसे बनेछ?... कस्तो कस्तो देखिन्छ?’ … आफ्ना आँखा हत्केलाले मुसार्दै बडबडाउँथ्यो।

उसका कलटी परेका ओठमा अनौठो हाँसो फुट्दथ्यो। अनि ऊ आफ्ना पहेँला र बाङ्गा-टिङ्गा, कोदालीपाते दाँत ङिच्याएर सानी भएतिर अन्दाजले हेरेर भन्थ्यो- ‘मान्छे त गतिलै जस्ता रहेछन्, दरबारे नानी-सानी हुन् कि? …अत्तर पनि हाल्या रेछन्, मीठो बास्ना आयो!’

ऊ आफ्ना नाकका पोरा फूलाएर हावाको कण-कणमा घुसेको अत्तरको सूगन्धलाई आफ्नो मगजभित्र खिच्न खोज्दथ्यो।

सानी केही पनि बोल्दिन थिई, सडकमा फाटफूट पदचापहरू सुनिँदै रहन्थे। ‘ए सानी, हामीले एउटा अत्तर किन्न सके कति मजा हुन्थ्यो हगि?’ एकछिनपछि एक्कासि त्यो मौनलाई भंग गर्दै ऊ कराउँथ्यो- ‘तँ टाउकाँ अत्तर छरेर हिँड्ने थिस्। अनि तँ गएगएतिर हावै बास्ना आउँथ्यो। अनि सबैका आँखा तँ गएगएतिर तानिन्थे।’ यति भनेर ऊ मजासँग हाँस्न थाल्यो, ‘ह: ह: ह: ह:…!’

उक्त ठट्टाले सानीका गाला अरूण फूटेझैं हुन्थे।

ऊ लाजले भित्तातिर फर्किन्थी, माग्ने हाँस्दाहाँस्दै धरैधरा भएको मैलो पटुकाको सात गाँठा फुकाउँथ्यो। अनि त्यसमाथिको पैसा झिकेर गन्न थाल्दथ्यो, एक, दुई… पाँच… आठ…तेह्र…सत्र। एहे! भर्खर सत्र पैसा! उसको अनुहार अलि नमज्जा लाग्दो भएर बिग्रन्थ्यो। ‘साँच्चै कति पैसा लिँदो हो सानी एक सिसी अत्तरलाई? सुका पाँचानामा त पाइँदो होला कि?’ ऊ मानो आफैंसँग प्रश्न गर्दथ्यो। साँच्चै नै अत्तर उसको कल्पनामा निकै गहिरिएर बस्न पुगिसकेको हुन्थ्यो।

अन्धोको त्यो छाँटको कुरा गराइ र त्यो चेष्टा देखेर उसको नजिकैबाट हिँडिरहेकी एउटी किशोरीको मुटुभित्रबाट दबाउँदादबाउँदै पनि फुटेर निस्केको जोरको खित्काले त्यो वायुमण्डलमा सङ्गीत फुटालिदिन्थ्यो। अनि ऊ बिलकुलै बज्रमुर्खजस्तो सानीतिर अन्दाजले मुन्टो बटारेर सोध्थ्यो- ‘को सानी त्यो?... किन हाँसेको?’

‘तिम्रो कुराको छाँट देखेर के अब। … के डोका न डालाको कुरा गर्यास त्यो।’ सानी पनि आफ्नो गुँडुल्किएको हाँसोको माध्यमबाट भन्थी।

‘हाँसो त निकै ट्वाक्क लाग्दोरेछ,’ अन्धो फेरि उही कुरूप र भद्धा ओठमा विकृत मुस्कान फैलाउँदै भन्थ्यो, ‘मान्छे पनि निकै राम्री सानी चिनियाँ पुतलीजस्ती होलिन्, होइन त?’ ‘कुन्निकुन्नि, तातो न छारोको कुरा के गरिरहेको?’ सानी झर्किन्थी।

उसलाई बाटो हिड्ने मानिसहरूको धक लाग्थ्यो, के भन्लान्! ‘तँजस्तै राम्री होलिन्, होइन त? … ह: ह: ह: ’ अन्धो आफ्नो रसिलो चालमा मस्त भएर हाँस्न थाल्दथ्यो। अनि ऊ आफ्ना अन्धा आँखालाई बल गरेर च्यात्ने कोसिस गर्दथ्यो, ता कि एकै क्षण भए पनि उसका आँखाको ज्योति फर्के सानीको निर्दोष सौन्दर्य पिउन पाइयोस्। अनि ऊ तिनै आँखाद्वारा उसको छवि हृदयभित्र पुर्या्एर त्यहाँ बन्द गर्न सकोस्। सानी आफ्नो अप्रत्यक्ष प्रशंसा सुनेर लाजले भुइँमा गडेझैं हुन्थी।

अनि उसको धूलोमा लट्पटिएको गोरो र बान्किलो अनुहारमा सूर्यको प्रचण्ड रापबाट उठेको पसिनाका दाना, अनि लज्जाको अनुभूतिद्वारा फुटेको गुलाबी लालीको मनोहर सम्मिश्रणले एउटा मनै विक्षिप्त पार्ने काँटको सौन्दर्यको सिर्जना गरिदिन्थ्यो। तर अन्धो यो सौन्दर्य-अनुभूतिबाट वञ्तित रहन्थ्यो, त्यसैले ऊ महामुर्खजस्तै आफ्नै लहडमा हाँसिरहन्थ्यो- ‘ह: ह: ह: ह: ह: …’ एक्कासि पिचरोडको छातीमा आफैंतिर बढेको धेरै फुर्तिलो जुत्ताको टकटकले अन्धाका चनाका कानलाई होसियार बनाउँथ्यो।

उसको लहडी हाँसो तुरुन्तै रोकिन्थ्यो, चिर अभ्यस्त फुर्तिला हात अनायास अगाडि फैलन्थे। अनि उसका ही भद्दा, नीला तर चिर अभ्यस्त ओठ अनायस काँप्न थाल्दथे । ‘भारी भारी धर्म होस्! … मंगलबारको दशा शान्त होस्! दखिनकाली माई, बज्रयोगिनी माई, लुमडी माईले रक्षे गरून्! गुजेकाली माई, वनकाली माई, मनकामना माई छन् प्रभु! भारी भारी धर्म होस्। सन्चरबारको ग्रहदशा शान्त रहुन् प्रभु, मनले चिताएको कुरा सकल पुगोस्!... भारी भारी, भारी भारी…’ ती जुत्ताका टकटक उसको आफ्नै अगाडि आएर फुर्तीसाथ थामिएको अन्धो चाल पाउँथ्यो।

अनि एउटा रुखो कण्ठबाट निस्केको चरिँदो सिपाही आवाज उसको कानमा पसेर मुटुमा घोच्न पुग्दथ्यो- ‘मोरा काना, माग्ने अक्कल त निकै जान्या छस्। यस्ति चिनियाँ पुतलीजस्ती तारो थापिदिएपछि पैसा त बर्सिहाल्ने भयो नि!’

उक्त सिपाहीको त्यो कुरूप वाक्यका साथै एक थुप्रो गललल हाँसोको उत्ताउँल्याईँले घोचेर उसको मुटु चसक्क गर्दथ्यो। फेरि तत्कालै त्यो सिपाही अनुहारको मान्छेले सानीतिर हेरेर आँखा झिम्क्याउँदै घिनलाग्दो ठट्टा गरेको छ भन्ने कुरा उसको ब्रह्मले ठम्याइहाल्दथ्यो।

अनि उसको छाती क्रोध र क्षोभको भुतभुतेमा खहरिन्थ्यो, भित्र सहिनसक्नु जलन हुन्थ्यो, कानका जरबुटा पनि रन्न तात्दथे, ऊ भित्रभित्रै दाह्रा किटेर मुरमुरिन्थ्यो। के गर्नु उसका आँखा छैनन् र प, नत्र! ऊ आफ्नो हृदयमा उम्लिएको घृणा र कुटताको भावलाई स्वरमा ओकल्दै बडबडाउँथ्यो- ‘भारी भारी धर्म होस! नौ गरहका दशा शान्त होऊन्! मनले चिताको सकल पुगोस्, भारी भारी धर्म होस्!’ तर उसको कटुतामाथि ती सिपाही काँटका मानिसले कुनै ध्यान दिँदैनथे।

उनीहरू अझ सानीतिर घिनलाग्दा आँखाहरू नचाएर गोठाले शब्दमा घिनलाग्दा ठट्टाको झरी लगाइदिन्थे। त्यो घिनार ठट्टाको दुर्गन्धले त्यहाँको वायुमण्डल नै कुरुप र घिनलाग्दो पारेर रङाइदिन्थ्यो, ‘यस्ता मोरा बनभालुसँग यस्ती सुनमा कुदेजस्ती।’ सानीका गाला लाज र क्षोभले फुट्लान जस्ता हुन्थे। ‘होइन ए काना तैले कहाँ पाइस् यिनलाई? ... कि चोरिस् कसैको?’ अर्को आवाज प्रश्न गर्थ्यो। सानी वरिपरिका मान्छेमा आँखा उठाएर हेर्न नसकेर अन्धाको पछाडि भित्तातिर फर्केर उभिन्थी।

अन्धो त्यस परिस्थितिको तुरुन्त अड्कल गर्दथ्यो। उसका ज्योति मरेका आँखामा क्रोध विवशता छटपटाउँथ्यो। अनि ‘कसको चोर्न जानु साहब, आफ्नै जहान। अर्काको चोर्न थाले, अर्काकोमा आँखा लाउन थाले त भाँच्छन् मुन्टे थाँगुरो। … ऐले नभानि भगवान्‌का दरबाराँ त छ्यानविचार भइजान्छ। राजाले नदेखेर हुन्छ र इसोरले त सबै देख्या छन्।’ ऊ आफ्नो असफल क्रोधलाई बालात घुट्क्याउने प्रयत्न गर्दै उही आफ्ना भद्दा र कुरुप ओठभित्रका खुइ परेका अड्गे र खड्गे बङ्गारा ङिचिक्क प्रदर्शन गर्दै ती सानीमाथि घिनलाग्दा ठट्टा गर्ने काँठे गुन्डाहरूलाई अप्रत्यक्ष रूपले चेतावनी दिन्थ्यो।

यतिन्जेल उसका औंला आफ्ना सात पतरी मयलले बोझिएका, सात ठाउँमा धकसो लागेका लुगाम करूण स्पर्श गर्दैरहन्थे। तर त्यो अप्रत्यक्ष चेतावनी वा जनाउको फल झन् उल्टो हुन्थ्यो। एकैसाथ ती सिपाही अनुहारका मानिसहरू गिलिलिल्ल हाँसोको उत्ताउल्याइँले उसको मनप्राण सबै निथाचुर्ण भएर भिजेझैं बोध हुन्थ्यो। अनि यसै हाँसोमा मिसिएको उही पहिलेको सिपाहीस्वर भन्दथ्यो, ‘मोरा तेरा त आँखा भए पो लगा कसैमाथि। तेरी जहान कस्ती छन्, देख्याछस् तैले? कसो दिदी?’ अन्धो दाह्रा बाँध्दथ्यो। लौ ला, हाम्री दिदीलाई किलिप किनेर लाइदिनु,’ अर्को स्वर उठ्दथ्यो, ‘कसोकसो यी दिदीलाई देखेपछि त नदिऊँ भने पनि दिऊँ दिऊँ लागिहाल्ने। किलिप किनेर लाउ है दिदी।’

अन्धाको पस्रिएको हातमा केही वस्तु पर्दथ्यो। ऊ कठिनसँग आफ्नो विद्रोहको ज्वालाई दबाउन सफल हुन्थ्यो। दुईतीन जोर किला ठोकेको जुत्ताको आवाज पिचरोडको छातीमा क्रमश: पर हुँदै जान्थे। अन्धो दाह्रा किटेर आफ्ना ज्योति मेरेका आँखाले त्यो आवाज गएतिर हेर्दथ्यो – के गरोस्, यदि ती आँखामा ज्योति हुँदो हो, ऊ साँच्चै ती गुन्डाहरूलाई भस्म गरिदिन्थ्यो- महादेवले कामदेव भस्म गरेजस्तै। ऊ त्यही टकटकलाई लक्ष्य गर्दै जोरले भुक्दथ्यो; हत्केलाको पैसा जोरले भुइँमा बजार्दथ्यो। अनि आफ्नो मुद्रालाई ज्यादै कठोर बनाएर सानीतिर घुमाउँथ्यो- ‘सानी!’ ‘हिड अन्तै गएर बसौं! ...यस्तो मोरो ठाउँमा!’ सानीको स्वर झन्डै रोएजस्तो हुन्थ्यो।

अन्धो केही सन्तोषको सास फेर्थ्यो- ‘हाम्रो निम्ति जहाँ गए पनि त्यत्तिकै हो बुझिस्? …यस्तै हो। …कहीँ गोठाले हुन्छन्, कहीँ सुकुलगुण्डा । …अँ, त्यसको आँखा कस्तो थियो हँ? तँलाई कसरी हेर्थ्यो?’ ‘एकजना मात्रै हो र, कस्तो निलौंलाझैं गरेर क्वारक्वारती हेरेका मोराहेरू।’ ‘मारीसँग औंलाले घोचेर फोरिदिन सकिनस त?’ ‘फुट्न नसकेका आँखा! … हिड् अन्तै गएर बसौं।’ ‘जहाँ गए पनि यस्तै हो बुझिस्, जहाँ गएपनि; सात डाँडा पारी गए पनि गिद्धका बथानले सिनु पहिल्याएझैं पैल्याउँछन् यी। जहाँ पनि हुन्छन् यस्ता असत्ती मोरा! … अनकन्टारमा तँ र म लुक्न गएपनि तेरो गन्ध पहिल्याइहाल्छन् यी पातकी मोरा।’

अन्धो तीव्र अशान्तिले छटपटाउँथ्यो र आफ्नो भित्र गुँडुल्किएको फोहोरमैलालाई मज्जैसँग ओकल्दथ्यो। ‘तिनका दिदी, तिनका आमाको!..’ अनि पैसा दिने हातलाई आशिष दिन अघि जति देवीदेवतालाई अगि लाएथ्यो, सानीमाथि आँखा लाउने गुन्डाहरूलाई श्रापदिन पनि अहिले उत्ति देवीदेवता गुहार्थ्यो- ‘परमेश्वरी, तिनका आँखा पनि मेरैजस्ता भइजाउन्। हे दखिनकाली माई, हे लुमडी, हे बज्रयोगिनी माई, तिनको भस्मखरानी भएको देखिहालूँ।’

अनि एक्कासी सानी भएतिर घुमेर अलि तीखो स्वरमा ऊ भन्दथ्यो, ‘सानी, तैले पनि उनीहरूसँग आँखा झिम्क्याइस् कि?’ सानी गोली खाएकी मलेवी झैं छटपटाएर तिखो स्वरमा प्रतिवाद गर्दथी- ‘ई… कस्ता असत्ती मान्छे यी त!’ ‘सबै मोरा तँलाई नै हेर्छन्, तँलाई!’ ‘हिँड जाऊँ, अन्तै बसौं।’ सानी व्यथित स्वरमा भन्थी। ‘यस्तै हो बुझिस्, यस्तै हो। सबै ठाउँमा मान्छे यस्तै हुन्छन्।’ अन्धो आफ्नो हत्केलाले कैलो झुसझुस्ती भएको मैलो, फोहोर बोके दाह्री मुसार्दै कहाँकहाँ डुबेको स्वरमा भन्दथ्यो।

यस्तै एक घण्टा, दुई घण्टा समयको अविराम गतिको साथमा त्यो नयाँ सडकको नयाँनयाँ आवाज, नयाँ मोटरको नयाँ आवाज, नयाँ फिल्मको नयाँ गीतको नौलो आवाजको माझमा ती सबै स्वरलाई उछिनेर अन्धाको चिर परानो सङ्गीत बहँदै गयो, बहँदै गयो। ‘भारी भारी धर्म होस्… सन्चरबारको दशा शान्त होस्! दखिनकाली माई, लुमडी माई, बज्रयोगिनी माईले रक्षे गरून्, गुह्येकाली माई छन् प्रभु! मनले चिताकुरा सकल पुगोस् प्रभु! भारी भारी…’ कुनैकुनै बखत उसको पस्रिएको हत्केलामा कुनै धर्मात्माले पुण्य बेसाउन बाजी थापेको पैसा खस्दथ्यो। ऊ एक लहरी, एक टंकारसँग भन्दथ्यो, ‘भारी भारी धर्म होस् प्रभु! गुह्येकाली माई, लुमडी माईले रक्षे गरून्, मनले चिता कुरा सकल…’

कुनैकुनै बखत उसको अगाडिबाट कसैले मीठो चुरोटको धूँवा उडाउँदै जान्थ्यो। एक्कासि उसको आफ्नो स्मृतिमा पनि तलतल लाग्दथ्यो। मुखमा राल भरिएर आउँदथ्यो। अनि ऊ पटुकाको तेस्रो गाँठो फुकाएर दुईपैसे ढ्याक झिक्द्थ्यो र सानीतिर बढाउँदै भन्दथ्यो- ‘दुईपैसे हो कि पाँच पैसे हो, लाला हेर् हेर्।’ ‘दुई पैसे हो,’ सानी उसको हातबाट पैसा लिएर भन्थी। ‘जाजा, साहू बासँग एउटा चुरोट माग्।’ सानी उठेर जान्थी। तत्कालै आफ्नो अगाडि कुनै मान्छेको कुरा अन्धो आफ्नो घ्राणशक्ति र तीब्र श्रवणशक्तिद्वारा जानिहाल्थ्यो।

उसको चिरअभ्यस्त हात अनायास पसारिन्थ्यो, चिरपरिचित ओठबाट अनायास निसकिन्थ्यो- ‘भारी भारी धर्म होस्, मङ्गलबारको दशा …।’ ‘एस्सिमा मोरा!’ एक्कासी उसको सङ्गीतको अविराम धारालाई बीचमै मोडेर एउटा रुखो र जर्कटो स्वर उसको कानका पर्दा छिचोलेर भित्र पुग्दथ्यो- ‘माग्न त अलि गल्ली कुना पो बस्नुपर्छ।’ ‘किन र साहेब?’ अन्धाको मनमा अनायासै अचम्म र डर पैदा हुन्थ्यो। ‘किन अब, मूलसडकमा कस्ताकस्ता मान्छे आउँछन् जान्छन्…।’ ‘साहेब, मेरो त यसै थलमा बाह्रवर्ष गुज्रे। आजसम्म…।’ ऊ बढि आश्चर्य प्रकट गर्दथ्यो। ‘जान्ने भएर नकरा, खुरुक्क उठेर जा, नत्र…।’ भन्ने मानिसको स्वर उग्र हुन्थ्यो।

त्यसैबेला सानीले सल्काएको चुरोट ल्याएर अन्धाको हातमा हालिदिन्थी।अन्धो चुरोटको सर्को तान्दै हावामा फुर्र् धूवाँ मिल्काउँथ्यो र आकाशतिर ठाडो मुन्टो लाएर के के सोच्न थाल्थ्यो। हप्काउने मान्छेको जुत्ताको आवाज क्रमश: पर हुँदै गएको तत्काल ऊ थाहा पाउँथ्यो।

ऊ फेरि चुरोटको सर्को तानेर धूँवा फुर्र् फुक्दथ्यो र ख्वाङख्वाङ खोक्दथ्यो। अनि त्यै खोकीले मुछिएको स्वरमा सानीतिर मुन्टो बटारेर सोद्धथ्यो-‘को सानी त्यो?’ ‘पुलिस’ सानी छोटकरी र मीठो आवाजमा जवाफ दिन्थी। ‘नयाँ हो?’ उसलाई शंका लाग्दथ्यो। ‘खोइ, नौलो जस्तो छ,’ सानी भन्थी।

‘हुँ,’ अन्धो घन्कन्थ्यो। केहीबेर मुन्टो निहुराएर सोच्दथ्यो, अनि बडो बुज्रुक तालले टाउको हल्लाउँथ्यो। ‘त्यसैले त… त्यसैले…।’ ‘साहेब,’ नजिकैबाट हिडिरहेको कुनै भलाद्मीलाई सम्बोधन गर्दै उ भन्दथ्यो। ‘के हो?’ जुत्ताको आवाज रोकिन्थ्यो। ‘आज यहाँ कुनै नौला मान्छे आउँदैछन् कि, कसो हो?’ ‘हो, भारत, लङ्का, अमेरिका ठाउँठाउँबाट मान्छे आउँछन्।’ जुत्ताको आवाज अगाडि बढ्थ्यो। ‘ए, त्यसै भएर, त्यसै भएर।’ अन्धो आफ्नै अन्दाजमा बडबडाउँथ्यो।

फेरि अर्को जुत्ताको आवाज आफूतिर आएको ऊ तुरून्त चाल पाउँथ्यो। ‘यो मोरो त अझै उठेको रहेनछ। हेरै, थाङ्ना-बोटा फालिदिनुपर्ला।’ जुत्ताको आवाज रोकिनासाथ उही पहिलेको पुलिसको रुखो आवाज उसको चारैतिर घन्कन्थ्यो। अन्धोलाई त्यो ठाउँको ममताले जेलेझैं लाग्दथ्यो, जे भए पनि दशबाह्र वर्ष बितेको थलो पो त! ‘होइन साहेब, म … म त…।’ ऊ भन्न खोज्दथ्यो। ‘हो हो मैले जानेको छु। अघिपछिजस्तो हो र, रास्टरबाट मोरा…’ बोल्दाबोल्दै पुलिसको स्वर शिथिल भएर जान्थ्यो।

यसबाट अन्धोको अन्धो अनुभवले तत्कालै अनुमान गर्दथ्यो यो पुलिसले पनि सानीतिर आँखा झिम्क्यायो। उक्त अवसरमा उसको ब्रम्हाण्ड खल्बलिन्थ्यो। तर उपयुक्त अवसर नभएकाले ऊ क्रोधलाई घुटक्याउँथ्यो। ‘साहेब चुरोट खानुहुन्छ कि ?’ ‘भैगो, भैगो।’ पुलिसको स्वर निकै खस्किसकेको हुन्थ्यो। ‘अलि कुनाकाप्चा पारेर बस ऐले, सवारी आउने बेला भयो, गाल पर्छ।’ अनि जुत्ताको आवाज क्रमश: फेरि पर गएको ऊ थाहा पाउँथ्यो। ‘सानी,’ आफ्नो थाङ्ना बोटा उठाउँदै अन्धो गिरेको स्वरमा भन्थ्यो। ‘किन के खोजेको?’ सानी सोद्धथी। ‘लट्ठी ! हेर्‌हेर् कता पर्योन।’ अन्धो दुवै हातले छामछामछुमछुम गर्न थाल्दथ्यो। ‘अब अलि अन्तरहुँदो नलागी धरै पाइएन।’ सानी अलि पर तेर्सिएको लट्ठी उठाएर दिन्थी।

अन्धो उठेर सानीको काँधमा हात राखेर अगाडि बढ्थ्यो। ‘तेरो चोलो, फरिया कति वर्ष भयो हँ सानी?’ अकस्मात चोलो, फरियाको सोधाईले सानी जिल्लिन्थी। ‘दुई वर्ष भनेपछि त निकै भएछ। …लौ लौ… हिँड, यसो कुनाकाप्ची खोजेर बसौं।’ अन्धोलाई डोहोर्याछएर सानी मूल सडकभन्दा अलि छेकारो पारेर अघि बढ्दथी। उनीहरूको पछाडिपछाडि एउटा भोँपु हालेको जिप के के फलाक्दै दौडन्थ्यो। ‘प्रजातन्त्र… नागरिक…मित्रराष्ट्र…. पाहुना… स्वागत… दिल खोलेर…’ इत्यादि के के हो।

भोँपुको स्वर क्रमश: हावामा मलिँदै अन्तमा विलिन हुँदै गयो। ‘के हो सानी?’ अन्धो सानीतिर फर्केर सोध्दथ्यो। अनि फेरि पसलेतिर फर्केर सोद्धथ्यो-‘के हो साहूजी?’ ‘तेरी जहानलाई महिला संघमा भाषण गर्न पठाइदे रे। प्रजातन्त्रमा भाषण गर्नुपर्छ।’ साहुजी भन्थ्यो। अनि एकैसाथ धेरै जनाको गल्ल हाँसोले त्यहाँको वातावरण भिजाइदिन्थ्यो।

‘अँ प्रजातन्त्र,प्रजातन्त्र भएको कति भयो?... निकै वर्ष भयो निकै वर्ष…’ अन्धो बडबडाउँथ्यो। अनि फेरि नयाँ सडकको आधुनिक सभ्यता, आधुनिक गीतको सुरसँग सुर मिलाएर उहि चिरपरिचित र अविराम सङ्गीत घन्किन्थ्यो- ‘भारी भारी धर्म होस् मङ्गलबारको ग्रहदशा शान्त होस्! गुजेकाली माई, दखिनकाली, बज्रयोगिनी माई, मनकामना माईले रक्षे गरून्, भारी भारी धर्म होस्!’

(२०१८ सालमा मदन पुरस्कार पाएको विकलको कथा संग्रह 'नयाँ सडकको गीत'बाट।)

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
अमेरिका र इरानबीचको वार्ता जारी रहने, तर युद्धविराम समाप्त भएको ट्रम्पको घोषणा आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
स्विट्जरल्यान्डलाई ३–१ ले हराउँदै अर्जेन्टिना सेमिफाइनलमा आइतबार, असार २८, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
अमेरिकाले फेरि गर्‍याे इरानमाथि हवाई हमला आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको निधन शनिबार, असार २७, २०८३
नेपालले दियो २०० रनको लक्ष्य, साना-सावित्राको 'कीर्तिमानी' ब्याटिङ आइतबार, असार २८, २०८३
अमेरिकाले फेरि गर्‍याे इरानमाथि हवाई हमला आइतबार, असार २८, २०८३
विश्वकपको सेमिफाइनल समीकरण पूरा  : उपाधि होडमा महाशक्तिबिच नै हुने भयो भिडन्त आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्