• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एलपीएल र सीपीएल : सन्दीपलाई आईपीएलमा बिग्रेको छवि सुधार्ने मौका

64x64
दीप सुवेदी बिहीबार, असार २३, २०७९  ०९:०९
1140x725

काठमाडौं– गत वर्ष माघ अन्तिमतिर भारतको बैंग्लोरमा सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनको लागि मेगा अक्सन हुँदै थियो। नेपालबाट सन्दीप लामिछानेसहित कूल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए। तर, अक्सनमा भने सन्दीप मात्र परे। 

सन्दीपले त्यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका थिए। सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यू गरेका सन्दीप कूल तीन सिजन खेल्दा एक सिजन मैदानमा उत्रन पाएनन्। २०२० को सिजन उनी पूरा सिजन बेन्चमा सीमित रहे। 

२०२१ मा कुनै पनि टिममा नपरेका उनी यो पटक भने छनोट हुने अपेक्षा गरिएको थियो। यस पटक आईपीएलमा दुई नयाँ टोली थपिएका थिए, लखनऊ सुपर जायन्ट्स र गुजरात टाइटन्स। ८ बाट १० टोली भएसँगै सन्दीपले मात्रै होइन यसपटक थ्रुप्रै नयाँ खेलाडीले मौका पाउने आकलन गरिएको थियो।  

तर, आफ्नो बेस प्राइज ४० लाख मात्र राखेका सन्दीप दुई दिनसम्म चलेको अक्सनमा बिक्री भने हुन सकेनन्। अक्सनको पहिलो दिन अक्नसनर चारु शर्माले सन्दीपका लागि अतिरिक्त समय प्रदान गरेका थिए। तर, सन्दीप कुनै टिमको नजरमा परेनन्। दोस्रो दिन पनि उनलाई कुनै टोलीले लिएनन् र सन्दीपको आईपीएल खेल्ने इच्छा अन्त्य भयो।

आईपीएलमा नबिकेका सन्दीप लगत्तै दोस्रो संस्करणको ‘द हन्ड्रेड’ लिगमा पनि बिक्न सकेनन्। सन्दीपले अक्सनमा ६० हजार पाउन्ड स्ट्रर्लिङ (झन्डै १ करोड नेपाली रुपैयाँ) मूल्य तोकेका थिए। तर, सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन्। लगातार विदेशी लिगले सन्दीपलाई पत्याउने स्थिति रहेन। त्यसपछि सन्दीप सिनियर टोलीमा व्यस्त रहे। हाल उनी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको तयारीका लागि नेपाली टोलीसँग क्यानाडामा छन्।

तर, सन्दीप जनवरीपछि लगातार दुई विदेशी लिगका लागि अनुबन्धित भएका छन्। मंगलबार मात्रै श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपीएल)मा ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका सन्दीप त्यसको एक दिनपछि क्यारेबियन प्रिमियर लिगको (सीपीएल)को दशौं संस्करण लागि जमैका तलावाजबाट खेल्ने पक्का भएका छन्। तर, उनलाई कति रकममा भित्र्याएको हो त्योबारे भने खुलाइएको छैन।

आईपीएलले बिगारेको छवि सुधार्ने मौका
आईपीएलमा बिक्री हुन त्यति सजिलो भने छैन। आईपीएल नखेलेको खेलाडीहरुको हकमा सम्बन्धित राष्ट्रिय टोलीबाट गरेको अन्तर्राष्ट्रिय प्रदर्शनलाई टोलीहरूले अनुबन्धको आधार बनाउँछन्। तर, नेपालले बलिया टोलीसँग खेल्ने अवसर गुमाउँदै आएको छ। त्यसैले सन्दीपका लागि एलपीएल र सीपीएल आईपीएलले बिगारेको छवि सुधार्ने मौका हो। उनले यी दुई लिगमा प्लेइङ–११ मा स्थान बनाउन विश्व क्रिकेकटमा नाम चलिसकेका क्रिकेटरसँग प्रतिस्पर्धा गर्ने छन्। 

एलपीएलमा सन्दीप आवद्द भएको टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गरेको छ। यस टोलीमा अस्ट्रेलियन टोलीबाट खेलिसकेका डार्सी सर्ट र बेन कटिङ रहेका छन्। यस्तै, न्यूजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्ट तथा पाकिस्तानका ब्याटर हैदर अलि समेत डम्बुलामा रहेका छन्। वेस्ट इन्डिजका तीव्र गतिका बलर शेल्डन कट्रेल रहेका डम्बुला श्रीलंकाको सिमित ओभर क्रिकेटका कप्तान डसुन शनकाको कप्तानी रहने छ।

Ncell 2
Ncell 2

यस्तै, श्रीलंकाका विस्फोटक विकेटकिपर ब्याटरको छवि बनाएका भानुका राजापाक्षे, श्रीलंकाको टोलीबाट खेलिसकेका नुवान प्रदीप र रमेश मेन्डिस समेत डम्बुलाको टोलीमा रहेका छन्। यस लिगमा हरेक खेलमा एक टोलीमा चार विदेशी खेलाडी प्लेइङ– ११ मा रहने नियम रहेको छ। त्यसैले सन्दीप प्लेइङ– ११ मा रहने सम्भावना उच्च रहेको छ।

यता, सन्दीपले सीपीएलको अघिल्लो संस्करण २०२० मा पनि जमैकाबाट खेलेका थिए। त्यसपछिको संस्करणमा भने सन्दीप सहभागी हुन पाएका थिएनन्। उनी २०२१ को संस्करणमा भने ट्रिन्बागो नाइट राइडर्समा अनुबन्ध भएका थिए। तर,सोही समयमा नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्यो। त्यसैकारण उनले सीपीएल गुमाए।

जमैकाले यसपटक ५ विदेशी खेलाडीको कोटामा ५ जनालाई ड्राफ्ट अगाडी नै अनुबन्ध गरेको छ। जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम रहेका छन्। अस्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् पनि जमौकामा रहेका छन्।

सीपीएल ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा आयोजना हुँदैछ। सन्दीप हाल क्यानडामा छन्। क्यानडासँगको दुई एकदिवसीय सिरिजमा १–० ले पराजित भएसँगै नेपाली टोली अब आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न स्कटल्यान्ड जानेछ। नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल खेल १७ जुलाईमा सकिनेछ। 

त्यसपछि सन्दीप नेपाल फर्केर केही दिनमा श्रीलंका जाने सम्भावना देखिन्छ। तेस्रो संस्करणको एलपीएल २०२२ जुलाई ३१ जुलाईदेखि २१ अगस्टसम्म श्रीलंकामा हुनेछ।
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ५ विकेट गुमाएर १४० रन बनाउँदै नेपाललाई १४१ रनको लक्ष्य दिएको थियो। बिहीबार, माघ ८, २०८२
नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य नेदरल्यान्ड्सका लागि कप्तान बाबेट डे लिडले सर्वाधिक ४९ रन बनाइन् । स्टेर कालिसले ३० रन बनाइन् । रोबिन रिके १९ तथा आइरिस ज्विलिङ १४ र... बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेदरल्यान्ड्सविरुद्ध नेपालले बलिङ गर्दै आजको खेलमा नेपालले पहिलो खेलबाट कुनै परिवर्तन गरेको छैन । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्