• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

एलपीएल र सीपीएल : सन्दीपलाई आईपीएलमा बिग्रेको छवि सुधार्ने मौका

64x64
दीप सुवेदी बिहीबार, असार २३, २०७९  ०९:०९
1140x725

काठमाडौं– गत वर्ष माघ अन्तिमतिर भारतको बैंग्लोरमा सन् २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल)को नयाँ सिजनको लागि मेगा अक्सन हुँदै थियो। नेपालबाट सन्दीप लामिछानेसहित कूल १५ खेलाडीले अक्सनका लागि नाम दर्ता गरेका थिए। तर, अक्सनमा भने सन्दीप मात्र परे। 

सन्दीपले त्यसअघि दिल्ली क्यापिटल्सबाट आईपीएल खेलिसकेका थिए। सन् २०१८ मा पहिलो पटक दिल्लीमा अनुबन्ध हुँदै आईपीएलमा डेब्यू गरेका सन्दीप कूल तीन सिजन खेल्दा एक सिजन मैदानमा उत्रन पाएनन्। २०२० को सिजन उनी पूरा सिजन बेन्चमा सीमित रहे। 

२०२१ मा कुनै पनि टिममा नपरेका उनी यो पटक भने छनोट हुने अपेक्षा गरिएको थियो। यस पटक आईपीएलमा दुई नयाँ टोली थपिएका थिए, लखनऊ सुपर जायन्ट्स र गुजरात टाइटन्स। ८ बाट १० टोली भएसँगै सन्दीपले मात्रै होइन यसपटक थ्रुप्रै नयाँ खेलाडीले मौका पाउने आकलन गरिएको थियो।  

तर, आफ्नो बेस प्राइज ४० लाख मात्र राखेका सन्दीप दुई दिनसम्म चलेको अक्सनमा बिक्री भने हुन सकेनन्। अक्सनको पहिलो दिन अक्नसनर चारु शर्माले सन्दीपका लागि अतिरिक्त समय प्रदान गरेका थिए। तर, सन्दीप कुनै टिमको नजरमा परेनन्। दोस्रो दिन पनि उनलाई कुनै टोलीले लिएनन् र सन्दीपको आईपीएल खेल्ने इच्छा अन्त्य भयो।

आईपीएलमा नबिकेका सन्दीप लगत्तै दोस्रो संस्करणको ‘द हन्ड्रेड’ लिगमा पनि बिक्न सकेनन्। सन्दीपले अक्सनमा ६० हजार पाउन्ड स्ट्रर्लिङ (झन्डै १ करोड नेपाली रुपैयाँ) मूल्य तोकेका थिए। तर, सन्दीपलाई कुनैपनि टोलीले अनुबन्ध गरेनन्। लगातार विदेशी लिगले सन्दीपलाई पत्याउने स्थिति रहेन। त्यसपछि सन्दीप सिनियर टोलीमा व्यस्त रहे। हाल उनी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजको तयारीका लागि नेपाली टोलीसँग क्यानाडामा छन्।

तर, सन्दीप जनवरीपछि लगातार दुई विदेशी लिगका लागि अनुबन्धित भएका छन्। मंगलबार मात्रै श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपीएल)मा ५० लाख नेपाली रुपैयाँमा डम्बुल्ला जायन्ट्समा अनुबन्ध भएका सन्दीप त्यसको एक दिनपछि क्यारेबियन प्रिमियर लिगको (सीपीएल)को दशौं संस्करण लागि जमैका तलावाजबाट खेल्ने पक्का भएका छन्। तर, उनलाई कति रकममा भित्र्याएको हो त्योबारे भने खुलाइएको छैन।

आईपीएलले बिगारेको छवि सुधार्ने मौका
आईपीएलमा बिक्री हुन त्यति सजिलो भने छैन। आईपीएल नखेलेको खेलाडीहरुको हकमा सम्बन्धित राष्ट्रिय टोलीबाट गरेको अन्तर्राष्ट्रिय प्रदर्शनलाई टोलीहरूले अनुबन्धको आधार बनाउँछन्। तर, नेपालले बलिया टोलीसँग खेल्ने अवसर गुमाउँदै आएको छ। त्यसैले सन्दीपका लागि एलपीएल र सीपीएल आईपीएलले बिगारेको छवि सुधार्ने मौका हो। उनले यी दुई लिगमा प्लेइङ–११ मा स्थान बनाउन विश्व क्रिकेकटमा नाम चलिसकेका क्रिकेटरसँग प्रतिस्पर्धा गर्ने छन्। 

एलपीएलमा सन्दीप आवद्द भएको टोलीले ६ विदेशी खेलाडी अनुबन्ध गरेको छ। यस टोलीमा अस्ट्रेलियन टोलीबाट खेलिसकेका डार्सी सर्ट र बेन कटिङ रहेका छन्। यस्तै, न्यूजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्ट तथा पाकिस्तानका ब्याटर हैदर अलि समेत डम्बुलामा रहेका छन्। वेस्ट इन्डिजका तीव्र गतिका बलर शेल्डन कट्रेल रहेका डम्बुला श्रीलंकाको सिमित ओभर क्रिकेटका कप्तान डसुन शनकाको कप्तानी रहने छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, श्रीलंकाका विस्फोटक विकेटकिपर ब्याटरको छवि बनाएका भानुका राजापाक्षे, श्रीलंकाको टोलीबाट खेलिसकेका नुवान प्रदीप र रमेश मेन्डिस समेत डम्बुलाको टोलीमा रहेका छन्। यस लिगमा हरेक खेलमा एक टोलीमा चार विदेशी खेलाडी प्लेइङ– ११ मा रहने नियम रहेको छ। त्यसैले सन्दीप प्लेइङ– ११ मा रहने सम्भावना उच्च रहेको छ।

यता, सन्दीपले सीपीएलको अघिल्लो संस्करण २०२० मा पनि जमैकाबाट खेलेका थिए। त्यसपछिको संस्करणमा भने सन्दीप सहभागी हुन पाएका थिएनन्। उनी २०२१ को संस्करणमा भने ट्रिन्बागो नाइट राइडर्समा अनुबन्ध भएका थिए। तर,सोही समयमा नेपालले ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्यो। त्यसैकारण उनले सीपीएल गुमाए।

जमैकाले यसपटक ५ विदेशी खेलाडीको कोटामा ५ जनालाई ड्राफ्ट अगाडी नै अनुबन्ध गरेको छ। जमैकामा सन्दीपसँगै पाकिस्तानका मोहम्मद अमिर र इमाद वासिम रहेका छन्। अस्ट्रेलियाका क्रिस ग्रीन तथा दक्षिण अफ्रिकाका मिगाली पिटोरियस् पनि जमौकामा रहेका छन्।

सीपीएल ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा आयोजना हुँदैछ। सन्दीप हाल क्यानडामा छन्। क्यानडासँगको दुई एकदिवसीय सिरिजमा १–० ले पराजित भएसँगै नेपाली टोली अब आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न स्कटल्यान्ड जानेछ। नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल खेल १७ जुलाईमा सकिनेछ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसपछि सन्दीप नेपाल फर्केर केही दिनमा श्रीलंका जाने सम्भावना देखिन्छ। तेस्रो संस्करणको एलपीएल २०२२ जुलाई ३१ जुलाईदेखि २१ अगस्टसम्म श्रीलंकामा हुनेछ।
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ०९:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
रोहित पौडेलको शतकमा नेपालले दियो क्यानडालाई २ सय ३६ रनको लक्ष्य ओमानको अलअमिरातमा जारी खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालका लागि चौथोक्रममा ब्याटिङ गर्न आएका रोहितले श... आइतबार, असोज २५, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा पहिलो सेमिफाइनलमा देविदत्त बटालियनले भिक्ट्री किङ्सलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। शनिबार, असोज २४, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्