काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय अछामले विनोद शाही हत्याको घटनामा अछामको पञ्चदेवल विनायक नगरपालिका प्रमुखसहित तीन जनालाई मुद्दा नचलाउने निर्णय गर्दै अन्य चार जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अभियोगपत्र दर्ता गरेको छ।
जिल्ला अदालत अछाममा दर्ता गरिएको अभियोग पत्रमा नगरप्रमुख अम्बिका चलाउनेकाे संलग्नता नरहेको दाबी गरिएको छ। जिल्ला सरकारी वकिलको कार्यालयले चलाउनेसहित अन्य दुईजना नेत्रबहादुर शाही र रामबहादुर शाहीलाई पनि मुद्दा नचलाउने निर्णय गरेको छ।
प्रहरीको अनुसन्धानमा शाहीको हत्यामा उनीहरुको संलग्नता पुष्टि हुन नसकेको भन्दै उन्मुक्ति दिइएको हो। परिवारले जाहेरीमा नगरप्रमुखसहितको संलग्नतामा हत्या भएको भन्दै अनुसन्धान हुनुपर्ने माग गरेका थिए।
जाहेरी दर्ता भएपछि नगरप्रमुख चलाउने प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्। पछि प्रहरीले उनलाई रिहा गरेको थियो।
यस्तै उक्त हत्या घटनामा संलग्न रहेको आरोपमा सरकारी वकिल कार्यालयले अन्य चारजनाविरुद्ध अभियोगपत्र दर्ता गराएको छ।
मुलुकी फौजदारी अपराध संहिता अनुसार उनीहरुमाथि सजाय हुनुपर्ने जिकिर अभियोगपत्रमा गरिएको छ।
सम्बन्धित समाचार
विनोद शाही घटना: प्रदर्शनकारीद्वारा अदालत परिसरमा ढुंगामुढा, १२ प्रहरी घाइते
विनोद शाही घटना : ३ राउण्ड हवाई फायर, २४ सेल अश्रु ग्यास प्रहार
विनोद शाही 'मृत्यु' घटना : किटानी जाहेरी परेकी मेयर प्रहरी कार्यालय उपस्थित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।